धर्म निरपेक्ष राष्ट्रमा गौहत्या झुटो आरोपमा मुद्दा लगाईएको भन्दै आपत्ति

प्रकाशित मिति : २०७७ असार १०

पोखरा । धर्म निरपेक्ष राष्ट्र भईसकेको नेपालमा गौहत्याको आरोपमा झुटा मुद्दा लगाउनु कार्य निन्दनीय भएको नेपाल दलित मुक्ति मोर्चा नेपालले जनाएको छ ।
नेपाल दलित मुक्ति मोर्चाका इनचार्ज केशबहादुर परियारले एक विज्ञप्ति जारी गर्दै असार ४ गते बेलुका बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका वडा नंं. ४ हुन्द्र धाईवाङ्ग फोकाधारा निवासी १८ जना दलित र जनजाति समुदायलाई गौहत्याको झुटा आरोपमा प्रहरीले सम्पूर्ण गाउँ नै घेरा हालेर तुलप्रसाद सुनच्युरी, झकवहादुर श्रीपाली, कमल श्रीपाली, थमनवहादुर गोतामे, सोमवहादुर रसाइली, विष्णु रसाइली, रोहन श्रीपाली, कपिल श्रीपाली र लालवहादुर पुनलाई नियन्त्रर्णमा लिई जिल्ला प्रहरी कार्यलय बाग्लुङ्गमा थुनामा राखिएको र अन्य ९ जना वृद्धा, महिला र नाबालकहरुलाई दैनिक तारिखमा राखिएको दुःखद घटना प्रति आफ्नो संगठन नेपाल दलित मुक्ति मोर्चाको गंम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल धर्म निरपेक्ष राष्ट्र घोषण भएको थुप्रै वर्ष भैसक्दा पनि हिन्दु अतिवादीहरुको यो चक्रव्यूमा सिंगै फोकाधारावासी दलित र जनजातिलाई झुटो आरोप लगाई प्रहरी प्रसाशनले दुःख दिई रहेको विज्ञप्तिमा उल्लेख गर्दै त्यो अत्यन्तै खेद जनक र निन्दनीय भएको जनाइएको छ ।
नेपालमा गौहत्याको कानुन छ भन्ने कुरा सबैलाई थाहा भएको र फोकाधाराबासी जनतालाई पनि राम्रोसँग थाहा उल्लेख गर्दै रोगले मरेको बाहेक कालगतिले लडेर मरेका जनावारहरुको मासु खाने प्रचलन नेपालका अधिकांश भागमा अहिले पनि रहेको र सोही क्रममा भएको घटनालाई गौहत्यासँग जोडेर झुटा मुद्दा लगाइउको भन्दै त्यसका विरुद्ध सम्पूर्ण दलित समुदाय एक भई आन्दोलनलार्इ सशक्त बनाई अगाडी बढाउनुको विकल्प नभएको विज्ञप्तिमा जनाइएको छ ।  

विज्ञप्तिको पूर्ण पाठ सहित  

 

प्रेस विज्ञप्ति

यही असार ४ गते बेलुका बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका वडा नंं. ४ हुन्द्र धाईवाङ्ग फोकाधारा निवासी १८ जना दलित र जनजाति समुदायलाई गौहत्याको झुटा आरोपमा प्रहरीले सम्पूर्ण गाउँ नै घेरा हालेर तुलप्रसाद सुनच्युरी, झकवहादुर श्रीपाली, कमल श्रीपाली, थमनवहादुर गोतामे, सोमवहादुर रसाइली, विष्णु रसाइली, रोहन श्रीपाली, कपिल श्रीपाली र लालवहादुर पुनलाई नियन्त्रर्णमा लिई जिल्ला प्रहरी कार्यलय बाग्लुङ्गमा थुनामा राखिएको र अन्य ९ जना वृद्धा, महिला र नाबालकहरुलाई दैनिक तारिखमा राखिएको दुःखद घटना प्रति हाम्रो संगठन नेपाल दलित मुक्ति मोर्चाको गंम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल धर्म निरपेक्ष राष्ट्र घोषण भएको थुप्रै वर्ष भैसक्दा पनि हिन्दु अतिवादीहरुको यो चक्रव्यूमा आज सिंगै फोकाधारावासी दलित र जनजातिले यो कोरोनाको महामारीका बेला कसरी रोगबाट बाच्ने र बचाउने साथै के खुवाएर परिबारको साँस धान्ने समस्यामा परेका ती असाय उपेक्षित उत्पीडित दलित तथा जनजाति समुदायलाई झुटो आरोप लगाई प्रहरी प्रसाशनले जुन प्रकारको दुःख दिई रहेको छ त्यो अत्यन्तै खेद जनक छ र त्यस प्रकारको घटनाका ेहाम्रो संगठन घोर निन्दा एवंम भत्र्सना गर्दछ ।
यति बेला मुलुकमा पश्चिम रुकुमको नरसंहारकारी सामुहिक हत्याकाण्डको घटना विरुद्ध आन्दोलन ताति रहेकोले सम्पूर्ण दलित समुदाय साथै मानव अधिकारवादीहरुको ध्यान रुकुमको जगन्य हत्याकाण्डका अपराधिहरुलाई सर्वस्व सहित जन्म कैदको सजाय हुन पर्छ भन्दै दिनहुँ लकडाउनको समेत प्रवाहन गरी सडक देखि सदनसम्मको आन्दोलनमा लागि रहेको बेला यो देशको प्रहरी प्रसाशन, सरकार र यो देशमा हजारौ वर्षदेखि हिन्दु वर्णश्रम धर्मको आडमा शासन सत्तामा हालीमुहाली गरेको बाह्मणवादी एवंम मनुवादी सोच र चिन्तनले अभिप्रेरित शासकवर्गलाई ठूलो शंकट भैरहेको छ । त्यहि रुकुम घटनालाई कमजोर बनाउनका लागि बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका वडा नंं. ४ हुन्द्र धाईवाङ्ग फोकाधारामा सुनियोजित तरिकाले घटाईएको घटनाहो भन्ने बुझिन्छ । .
नेपालमा गौहत्याको कानुन छ भन्ने कुरा सबैलाई थाहा छ र फोकाधाराबासी जनतालाई पनि राम्रोसँग थाहा छ । रोगले मरेको बाहेक कालगतिले लडेर मरेका जनावारहरुको मासु खाने प्रचलन नेपालका अधिकांश भागमा अहिले पनि छ । यसरी सिंङ्गै गाउँलाई नै समेटेर झुटा आरोप लगाई दुःख दिनुले पनि दलित समुदाय कहि कतै सुरक्षित छैनन् भन्ने कुरा देशैभरि एक पछि अर्को छुवाछुत र जातीय विभेदका कारण भएका हत्याहिंसा झुटा आरोप लगायतका घटनाहरुले देखाई रहेको छ ।दलित जातिमाथि गरिने जुनसुकै विभेद, अपमान, दमन, शोषण उत्पीडन, हत्याहिंसा र आरोप सम्पूर्ण दलित समुदायमाथिको प्रहार हो । त्यसका विरुद्ध सम्पूर्ण दलित समुदाय एक भई आन्दोलनलार्इ सशक्त बनाई अगाडी बढाउनुको विकल्प छैन ।
यो घटनाको प्रकृति हेर्दा नितान्त व्यक्तिगत रिसिइवी र दलित भएकै कारणले सिङ्गै गाउँलाई नै आरोप लगाएर फसाउने नियतले गरिएको निकृष्ट कार्य देखिन्छ । त्यसैले उक्त घटनाको छानबिन गरी निमुखा गरिव असाय उत्पीडितहरुलाई लगाइएको झुटा आरोप रद्ध गरी उनीहरुलाई तुरुन्त रिहा गरियोस् । बृद्धा, महिला र नाबालकहरुलाई दैनिकी तारिखबाट उनीहरुलाई सफाई दिइयोस् । अहिले यो कोरोनाको महामारीले घरमा खाने गाँससमेत नभएका ति पीडितका परिबारलाई अभिलम्ब राहतको व्यवस्था गरियोस् भनि सम्बधीत सरोकारवाला निकायसँग यो प्रेस विज्ञप्ति मार्फत माग गर्दछौं ।

केश वहादुर परियार
इन्चार्ज
नेपाल दलित मुक्ति मोर्चा