अहिलेको आवस्यकता एमसीसी विरुद्ध सयुक्त सघर्ष

अहिलेको आवस्यकता एमसीसी विरुद्ध सयुक्त सघर्ष


मिलिनीयम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको समग्र अर्थराजनीती तथा सार्बभौमिकता माथी हमला गर्ने उद्देश्य सहित आएकोले त्यसको बिरोध पनि हुँदै आएको छ । सरकारले एमसीसीलाई संसदवाट पास गर्न विभिन्न प्रयत्न गर्दै आएको छ र प्रतीपक्ष नेपाली काग्रेस पनि त्यो परियोजना पास गर्न हतार गरिरहेको छ । सामन्य रुममा हेर्दा संसदको शक्ति सन्तुलनका आधारमा एमसीसी पास हुने स्थिति देखिन्छ । सडकमा चलेको आन्दोलनको दबाब र स्वयं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले औपचारिक रुपमा निर्णय गर्न नसकिरहेको अवस्था तथा नेकपा भित्र चलेको वहस र बिवादका कारणले निर्णय हुन नसकेको कुरा प्रष्ट छ । नेपाल कम्युनिस्ट पार्टी भित्रका कतिपय नेताहरूले विद्द्यमान अवस्थमा एमसीसीले अगाडि सारेका सर्तहरूलाई मानेर त्यसलाई स्वीकार गर्न नसकिने तर्क गरेपछि एमसीसी लामो समय देखि बिचाराधिन रहदै आएको छ । तर, सरकारको नेतृत्व गर्दै आएका के पि ओलि लगायतका नेताहरु जसरी पनि यो परियोजना पास गर्नु पर्ने अडानमा छन । यहाँ सम्म कि उनीहरुका लागि पार्टीको निर्णय भन्दा पनि एमसीसी ठूलो बिषय भन्न पुगेको छ । त्यसैले केपी ओलि लगायतका कतिपय नेताहरु यो विषयलाइ पार्टीमा निर्णय नै नगरी सिधै संसदबाट पास गर्ने सोचाइमा रहेको देखिन्छ । त्यसप्रति असमती राख्ने नेताहरूले पार्टीमा निर्णय नगरी संसदमा छलफल नहुने अडान राखेपछी एमसीसी सजिलै यहि अवस्थामा पास हुने स्थिति देखिदैन । यहाँ उल्लेखनीय विषय के हो भने सत्तारूढ दल भित्र चलेको अंतर्विरोध एमसीसी खारेज हुनुपर्यो भन्ने होइन , त्यसको संसोधन मात्र हो ।जुन कुरा समेत मान्न अमेरिका तयार छैन । यस्तो अवस्थामा संसोधनको पक्षमा वकालत गर्ने मित्रहरु पनिअब कुन कित्तामा उभिने भन्ने कुरा यकिन गर्न जरुरी देखिन्छ । वहाँहरुका अगाडी अब दुइवटा मात्र विकल्प छन । एक एम सी सी को खारेजी ,दुई एमसीसी को पक्षपोषण । उपरोक्त स्थितिमाथी ध्यान दिदै एमसीसी विरुद्ध चलेको आन्दोलनलाई अरु व्यापक र प्रभावकारी बनाउन सके निश्चित रुपमा एमसीसी लाई रोक्न सकिने छ । तसर्थ , एमसीसी विरुद्ध देसका विभिन्न ठाउँमा चलेका सघर्षलाई समायोजन गर्दै राष्ट्रिय आन्दोलनको रुपमा विकास गर्न जरुरी छ । जनताको व्यापक बिरोध र आन्दोलन उठेपछि सरकार पछाडि हट्न बाद्द्य हुनेछ । जस्तो पहिले लिम्पियाधुर, कालापानी र लिपुलेक सहिदको नक्सा सार्वजनिक गर्ने कुरामा बिरोध र दमनमा उत्रेको सरकार जब आन्दोलनले ब्यापक रुप लियो नक्सा सार्वजनिक गर्न बाद्य भयो । ठीक ,एमसी सी सम्झौताका विरुद्ध पनि जनताको दबाव र आन्दोलन सशक्त बन्दै गए सरकार झुक्न बाद्य हुनेछ ।त्यसैले यतिबेला एमसीसीका विरुद्ध रहेका सम्पुर्ण शक्त्तिहरु एक ठाउँमा आएर संयुक्त सघर्ष गर्नु समयको माग र आवस्यकता बन्न गएको छ । एमसीसी सम्झौताका बारे यो छोटो लेखमा व्यापक चर्चा गर्न सम्भव नभएकोले त्यसको मूख्य अभिप्राय इन्डोप्यासिफिक रणनीतिको सेवा गर्ने र नेपालको सार्वभौमिकता स्वतन्त्र अर्थराजनीतिको नियन्त्रण तथा चिनका विरुद्ध घेराबन्दी गर्ने उद्देश्य अन्तरनिहित छ । त्यसका साथै नेपालको प्राकृतिक स्रोत साधनमा आफ्नो बर्चस्व कायम गर्ने नै हो । एमसीसी सम्झौता नेपालको स्वाभिमान र स्वाधीनताका विरुद्ध आएको परियोजना भएकोले त्यसको खारेजी अनिवार्य छ । अमेरिकाले जुन जुन देसमा यो परियोजना सन्चालन गर्दै आयो ,ती देशमा अफ्नो स्वतन्त्रता गुमेको र कयौ मुलुकमा बिद्रोह समेत भएको पृष्ठभूमिमा त्यसबाट शिक्षा लिन जरुरी छ ।अहिले एमसीसीको पक्षमा रहेका ब्यक्ती तथा पार्टीहरुले यो परियोजना नेपालको विकास निर्माणको सबैभन्दा महत्वपूर्ण सहयोग बताउदै आएका छन । तर , त्यसका सर्त र अमेरिकाको रणनैतिक उद्देश्यप्रति उनिहरु भ्रम सिर्जना गरेर देशलाई अमेरिकी शैन्य क्याम्पमा सामेल गर्दै छन।त्यसैले एमसी सी सम्झौता विरुद्धको सघर्ष यतिबेला केन्द्रिय बिषय बन्न पुगेको छ । एमसीसीका विरुद्ध चलेका बेग्ला बेग्लै आन्दोलनहरुलाई एकीकृत गर्दै संयुक्त आन्दोलनको बिकास गर्नु अहिलेको प्राथमिकता हो । त्यो कुरालाई ध्यान दिदै हाम्रो पार्टी , नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले पहल गर्दै विभिन्न पार्टी तथा समूहका बीचमा छलफल चलाउदै संयुक्त आन्दोलनको जुन वातावरण निर्माण भएको छ त्यो स्वागतयोग्य बिषय हो । यो आन्दोलनलाई व्यापक र प्रभावकारी बनाउन अरु थप मेहनतको आवश्यकता छ । सबैतिर एमसीसीका विरुद्ध चलेका आन्दोलनलाई एक ठाउँमा ल्याउन सकेमा निश्चित रुपमा एम सीसी खारेजीको अभियान र आन्दोलनले सार्थकता पाउने छ र अहिलेको आवश्यकता पनि त्यही हो ।