११दलीय संयुक्त राष्ट्रव्यापी एमसीसी संझौता खारेजी आन्दोलन बुटवलमा पनि सफलतापूर्वक सम्पन्न

११दलीय संयुक्त राष्ट्रव्यापी एमसीसी संझौता खारेजी आन्दोलन बुटवलमा पनि सफलतापूर्वक सम्पन्न


आषाढ ९बुटवल
एघार दलले निर्ण गरेअनुसार आयाढ ९ गते देशका सबै प्रदेशहरु र सम्भव सबै जिल्लामा गर्ने भनिएको एमसीसी संझौता खारेजी सम्वन्धी संयुक्त आन्दोलन रुपन्देही जिल्लाको बुटवलमा पनि सम्पन्न गरिएकोछ ।


नेकपा (क्रान्तिकारी माओवादी) सहितको एमसीसी संझौता खारेजी आन्दोलनको कोणसभालाई सम्बोधन गर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम एवं ५ नं प्रदेश प्रमुख प्रेम सुवेदी, राजमो के. उपाध्यक्ष एवं रुपन्देही अध्यक्ष बद्रे आलम, मालेका स्थाई समिति सदस्य एवं ५ नं प्रदेश इन्चार्ज गोपालमणि गौतम, नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जिसी, स्वाधीनताका लागि नगरिक अभियानका संयोजक पदम कार्र्की, राष्ट्रिय जागरण मञ्च नेपालका रघुपति न्यौपाने, नेकपा (संयुक्त)का कृण्ण गुरुङ, राष्ट्रिय जागरण परिषद, रुपन्देही अध्यक्ष चित्र बहादुर थापा रहेका थिए भने सभापतित्व नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव विनोद मरासिनीले गरेका थिए । उक्त सभा राजमो, नेपालका जिल्ला अध्यक्ष टान बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।