जेठ ३१ गते बाँके,
नेकपा (क्रान्तिकारी माओवादी) लगायत १० दलीय मोर्चाले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजारमा एमसीसी खारेजको मागमा संयुक्त बिरोध कार्यक्रम सम्पन्न गरेकोछ । उक्त बिरोध कार्यक्रम विरोध रयालीकासाथ सम्पन्न गरिएकोछ । विरोध रयाली दुर्गामन्दीरचोक परिक्रमा गर्दै बजारमा रहेको पेट्रोल पम्प हुँदै बाँकेको खजुरा बजारमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
उक्त कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तेज बिक्रम शाही, नेकपा (मसाल)का तुलसीराम सापकोटा, नेकपा (माओवादी केन्द्र) का पीबिएम सृजन , नेकपा (माले)का जिल्ला सचिव प्रेम ठाकुरलगायतले सम्वोधन गरेका थिए ।

हार्दिक शुभकामना !


सम्वोधनका क्रममा सबै वक्ताहरुले एमसीसी यदि पास गरेमा यो दलाल सरकारका विरुद्ध तीन करोड नेपाली सडकमा उत्रने छन् र यो राष्ट्रघाती सरकारलाई यसका राष्ट्रघाती कदमका लागि सजाए दिनेछन् भन्ने चेतावनी दिएका छन ।
कार्यक्रमको संचालन नेकपा(मसाल)का जगदिस ढकालले गरेका थिए भने नेकपा( क्रान्तिकारी माओवादी) जिल्ला सचिव प्रेम थापाले सभापतित्व गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर