काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र अमेरिकी साम्रज्यवादी परियोजना एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ । जेठ ३० गते दिनको १ बजे माइतीघर मण्डलामा गरिने विरोध प्रदर्शनलाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ । मोर्चाले ३० गतेको कार्यक्रममा सहभागिताका लागि जनसमुदायका नाममा एक अपिल समेत जारी गरेको छ । 

हार्दिक शुभकामना !

मोर्चाले जारी गरेको अपिलमा भनिएको छ, “देश यतिखेर ठूलो संकटको भूमरीमा छ । कोभिड–१९ को महामारीबाट विश्वका जनता आक्रान्त छन् । हामी नेपाली जनता पनि त्यसमा सामेल छौं । सरकारको असक्षमताका कारण हाम्रो देशमा यो समस्या झन् भयावह हुँदै गएको छ । यही मौका छोपेर भारतीय विस्तारवादले हाम्रो मातृभूमिमाथि थप अतिक्रमण गरेको छ । त्यसको हामी सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर सामना गर्दए र्छा)  यसै बेला सत्ताधारी पार्टी र प्रतिपक्षी दलका केही प्रमुख नेताहरु अमेरिकी रक्षा विभागको ‘हिन्द प्रशान्त रणनीति’ अन्तर्गतको एमसीसीको फन्दामा पारेर नेपाललाई अमेरिकी सैनिक अखडा बनाउने षड्यन्त्रलाई कार्यान्वयन गर्न टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन् । यस घडीमा विचार मन्थन गरी यी सबै समस्याको समाधान निकाल्ने उद्देश्यले हामीले आयोजना गरेको खुला कार्यक्रममा यहाँहरुको सहभागिताको लागि हामी विनम्र अनुरोध गर्दछौं ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर