हार्दिक शुभकामना !

२७ जेष्ठ काठमान्डौ,
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्ष इस्वर तिमिल्सिनाद्धारा मृतक मजदुर सिदार्थ आउजीप्रति श्रद्धाञ्जली व्यक्त गरेकोछ । बयलपाटा हस्पिटलले रोजगारी बाट निष्कासन गरेपछि साँफेबगर नपा–६ का सफाई मजदुर सिदार्थ आउजीले शरीरमा आगो लगाएर मृत्युवरण गरेको समाचार दुःखद छ भन्दै रोजगारी बाट निष्कासन गर्ने हस्पिटल प्रशासनलाई कारवाहीको दायरामा ल्याई मृतकको परिवारलाई उचित राहतको अविलम्ब व्यवस्था गर्न राज्यपक्षसंग जोडदार माग गर्दछ भन्दै उहाँप्रति हार्दिक श्रद्धान्जली अपर्ण गरेकोछ, जसको पूर्णपाठ तल दिइएकोछः
हार्दिक श्रद्धाञ्जली !
न्याय हेल्थ नामक अन्तर्राष्ट्रिय एनजीओले सञ्चालन गरेको बयलपाटा हस्पिटलले रोजगारी बाट निष्कासन गरेपछि साँफेबगर नपा–६ का सफाई मजदुर सिदार्थ आउजीले शरीरमा आगो लगाएर मृत्युवरण गरेको समाचार दुःखद छ । यो घटनाले जीवन भर निरन्तर श्रम गरेर पनि एक पेट पाल्न नसक्ने आम मजदुर वर्गको आजको जीवनको वास्तविक स्थितिलाई उजागर गरेको छ । जन उत्तरदायी र लोकतान्त्रिक भनिएको आजको राज्य व्यवस्था र शासकहरु विगत देखि नै निरन्तर मजदुर वर्गको मुक्तिको नारा रटेर पुँजिपती वर्गको एक आज्ञाकारी दासको रुपमा काम गर्दै आएका छन । जब सम्म शासक मार्फत पुँजिपती वर्गले मजदुर वर्गमाथी गर्दै आएको शोषण, दमन र उत्पीडनको युग अन्त्य हुँदैन र यो कथित लोकतन्त्रको भ्रम च्यातिदैन तब सम्म हजारौं सिदार्थहरु जल्दै मर्नेछन । कति सिदार्थहरुका छातीमा गोलि दागिनेछन । कति सिदार्थहरु भोकै मर्नेछन । बेहिसाब सिदार्थहरु मरि रहनेछन । यसर्थ, मजदुर साथिहरु यो उत्पीडनलाई ध्वस्त गर्न जरुरी भएको छ । हामिले हाम्रो व्यवस्था कुन हो भनेर खोज्ने समय आएको छ । निराशा, आत्मसमर्पण वा आत्महत्याको मार्गबाट यो सम्भव छैन । मजदुर साथिहरु निराशालाई तोडौं र वर्तमान विश्वव्यवस्थाको विरुद्ध प्रतिरोध संघर्ष शुरु गरौं । निश्चित रुपमा यो लडाइँमा शासक वर्ग पराजित हुनेछ । हाम्रो विश्वव्यवस्थाको उदय हुनेछ ।
र अन्त्यमा, हाम्रो गौरवशाली संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मृतक सिदार्थ आउजीलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकमग्न परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँलाई रोजगारी बाट निष्कासन गर्ने हस्पिटल प्रशासनलाई कारवाहीको दायरामा ल्याई मृतकको परिवारलाई उचित राहतको अविलम्ब व्यवस्था गर्न राज्यपक्षसंग जोडदार माग गर्दछ ।
इस्वर तिमिल्सिना
अध्यक्ष
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ

प्रतिक्रिया

सम्बन्धित खवर