जेष्ट २६ जाजरकोट,
नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति, जाजरकोटले उक्त जिल्लाका गाउँ–गाउँसम्म कोरोना संक्रमण भई भयावह स्थितीको सिर्जना हुनुपुगेकोमा चिन्ता व्यक्त गर्दै नेपाल सरकारले यतिबेला टाउको दुखेको दवाई घुडामा लगाई गरिरहेको छ ध्यान दिनुपर्ने काममा जोड र जोड दिनुपर्न कार्यलाई वेवास्ता गरेको छ अन्य काममा ध्यान दिनुपर्ने र कोरोना महामारीमा जोड दिनुपन हो । तर यो समयमा देशमा लकडाउन लगाएर प्रभावकारी व्यवस्थापनमा जोड दिन पर्नेमा कानमा तेलहालेर सुतेको छ । सरकारको यस्तो जनविरोधी कार्यका विरुद्ध एक जुट हुन आव्हन गर्दै प्रेश–विज्ञप्ती प्रकाशित गरेकोछ, जसको पूर्णपाठ तल दिइएकोछः

हार्दिक शुभकामना !

 
प्रेश–विज्ञप्ती
विश्व कोरोना भाईरस(कोभिड १९)ले त्राहीत्राही भएको यस गंभिर घडीमा कर्णाली अञ्चलको जाजरकोट जिल्लामा पनि कोरोना संक्रमित फेला परेको खवरले हामीलाई चिन्तीत तुल्यायको छ । गैर जिम्मेवार सरकारको लापरवाहीपूर्ण कार्यका कारण गाउँसमाज गंभिर संकटमा फसेको छ । भारतबाट असुरक्षित रुपमा भित्रिएको मजदुरहरुको संख्याका कारण नेपालको अधिकांश जिल्लाहरु कोरोना संक्रमित भईसकेको अवस्था छ । यसै सिलसिलामा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका अन्तर्गत १ नं. वडाको धौलाकोटमा एकै घरपरिवारका ३ जनामा कोरोना संक्रमण देखिएको छ । कोराना विरुद्धको क्रियाकलापमा अग्रमोर्चामा रहेर कार्य गरिरहनुभएका ईलाका प्रहरी कार्यालय बारेकोटका ईन्चार्जलाई पनि संक्रमण देखिएको छ ।
आज कति संख्यामा कुन–कुन ठाउँमा भारतबाट मानिसहरु नेपाल  भित्रिय भन्ने कुरा एकिन गर्न नसकेको अवस्था छ । हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विभिन्न समयमा प्रेश विज्ञप्ती जारी गरी भारत तथा विभिन्न मुलुकमा समस्यामा रहेका नेपाली नागरिकहरुलाई छिट्टै नेपाल ल्याउने र क्वारेन्टाईनमा राखि स्वास्थ्य चेकजाँच गरि घर पठाउने व्यवस्था मिलाउन सरकारलाई पटक पटक सचेत गराउँदा गराउँदै पनि सरकारको नालायकी पनले त्यसो नगरेको हुनाले आज गाउँ–गाउँसम्म कोरोना संक्रमण भई भयावह स्थितीको सिर्जना हुनुपुगेको हो ।
नेपाल सरकारले यतिबेला टाउको दुखेको दवाई घुडामा लगाई गरिरहेको छ ध्यान दिनुपर्ने काममा जोड र जोड दिनुपर्न कार्यलाई वेवास्ता गरेको छ अन्य काममा ध्यान दिनुपर्ने र कोरोना महामारीमा जोड दिनुपन हो । विश्वभरी नै संक्रमण फैलिएको अवस्थामा संक्रमण हुने कुरालाई त्रासको रुपमा नलिएर उच्च सुरक्षाको घण्टी बजेको कुरा बुझ्न हुन आम जनसमुदायहरूमा सूसुचीत गर्न चहान्छौं । यो महामारीको संक्रमण हुन्छ तर निको पनि हुन्छ भन्ने कुराबाट आशावादी रहन अनुरोध गर्दछौं । संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको लागि अवश्यक उपचार गरियोस भनि सरकार संग जोडदार माग गर्दछौं ।
मिति ः जेष्ट २६ गते सोमवार २०७७
रामबहादुर बुढा‘राजन’
संयोजक
नेकपा(क्रान्तिकारी माओवादी)
जिल्ला संगठन समिति, जाजरकोट
 

प्रतिक्रिया

सम्बन्धित खवर