संगठनको बिबिध प्रकारहरुवारे

प्रकाशित मिति : २०७७ जेष्ठ १७

- खगेन्द्र छन्त्याल



व्यक्तिका  व्यक्तिगत आवस्यकता  र चाहनाहरु विभिन्न हुन्छन । साथै उसका सामाजिक ,धार्मिक र राजनैतिक आवस्यकता र चाहनाहरु पनि हुन्छन । त्यसप्रकारको आवस्यकता  ,चाहना पुरागर्ने क्रममा व्यक्तिले समान आवस्यकता र चाहना  भएको अरु ब्यक्तिपनि भेट्छ । सामाजिक उन्नति र प्रगतिको आवस्यकता देख्ने र त्यसप्रकारको संगठनको चाहना गर्नेले त्यही प्रकारको व्यक्तिहरु भेट्छ । धार्मिक उन्नति र प्रगतिको आवस्यकता देख्ने र त्यसप्रकारको संगठनको चाहना गर्नेले त्यही प्रकारको व्यक्तिहरु भेट्छ ।  राजनैतिक शोंच र चिन्तन भएको मान्छेले सोहि प्रकारको मान्छे भेट्छ । त्यसरी समान आवस्यकता र चाहना पुरागर्नको  निम्ति समान उद्देस्य बोकेर हिडेका विभिन्न मान्छेहरुको विभिन्न समुह निर्माण हुन्छन । वास्तवमा त्यही समुह्नै सामुहिक हितको निम्ति बन्ने संगठन हो । यसरि विभिन्न सामुहिक आवस्यकता र चाहना पुरागर्नको निम्ति ,विभिन्न सामुहिक उद्देस्य पुरागर्नको निम्ति विभिन्न प्रकारका संगठनहरु निर्माण हुन्छन । जस्तैः  (क) राजनैतिक संगठन  (ख) धार्मिक संगठन (ग) सामाजिक संगठन ।
धार्मिक उद्देस्य पुरागर्नको निम्ति विभिन्न धार्मिक संगठनहरु निर्माण हुन्छ्न । धार्मिक संगठन हरु आ आफ्ना धर्म रक्षा , प्रचार र बिस्तार संग सम्बन्धित हुन्छ्न । र उनीहरुको संगठन रास्ट्रिय ,अन्तरास्ट्रिय प्रकारको हुन्छन । जस्तैः बिस्व हिन्दु महासंघ, ख्रीष्टियन महासंघ र विभिन्न स्लामिक संगठनहरु आदि । सामाजिक उद्देस्य पुरागर्नका निम्ति सामाजिक संगठनहरु निर्माण हुने गर्दछन ।  सामाजिक संगठनहरु  बिकास निर्माण संग सम्बन्धित , सेवा तथा परोपकार संग सम्बन्धित , पेशागत हकहित संग सम्बन्धित  हुन्छ्न । जस्तै  विभिन्न गुठीहरु,विभिन्न क्लवहरु, पत्रकार, वकिल ,प्राध्यापकहरुको संगठन ईत्यादि ।  धार्मिक र सामाजिक संगठनहरुको पनि आ आफ्नै ठाउमा महत्व हुनेगर्दछ । उनीहरुको सवल र दुर्वल पक्षवारे छलफल चलिरह्नुपद्र्छ  र त्यो छलफलमा  हामीले निरन्तर सहभागी भैरह्नुपद्र्छ   । तथापि यो लेखको बिषय राजनैतिक संगठन भएको कारण मेरो मुख्य जोड राजनैतिक संगठन तिर नै केन्द्रित हुनेछ ।
सबै चिजको नेतृत्व राजनीतिले गर्दछ । त्यसकारण माओत्सेतुङ् भन्नु हुन्छ  “राजनीतिलाई सबभन्दा माथि राख” राज्यसत्ता सबै चिजको स्रोत हो । न्याय,स्वतन्त्रता र समानता राज्यसत्ता बाट नै निश्चित हुने कुरा हुन । अन्याय,अत्याचार,शोषण,दमन र उत्पीडन पनि राज्यसत्ताको स्वरूप अनुसार नै कायम हुनेकुरा हुन । राज्यसत्ता  प्राप्त  गर्ने साधन राजनीति हो । राजनैतिक संगठनहरुको  निर्माण राजनैतिक उद्देस्य पुरा गर्नको निम्ति हुनेगर्दछन  । राजनैतिक संगठनहरु राज्य ब्यबस्थाको रक्षा तथा त्यसको परिवर्तन संग सम्बन्धित हुन्छ्न । उत्पीडित बर्गले बिधमान  राज्यसत्ताको अन्त्यको निम्ति संघर्ष गर्न राजनैतिक संगठनको निर्माण गर्छन । उत्पीडक बर्गले बिधमान राज्यसत्ताको रक्षाको निम्ति राजनैतिक संगठन निर्माण गर्दछन । तसर्थः फरक फरक बर्गका फरक फरक राजनैतिक उद्देस्य हुनेभएको कारण एउटा समाजमा, एउटा निश्चित भूगोलमा दुई बिपरित  बर्गले अन्तत दुईवता वेग्ला वेग्लै परस्पर बिरोधि राजनैतिक संगठन निर्माण गर्नु स्वभाविक हो । तथापीः  एउटा समाजमा एउटा निश्चित भूगोलमा बिबिध अवस्थामा विभिन्न दुई भन्दा बढी राजनैतिक संगठनहरु देखापर्नु अस्वभाविक होईन । वर्ग संघर्षको चरमोत्सर्गको वेला दुई वटा वर्गको बर्र्गीय लडाईका निम्ति उनीहरुको राजनैतिक प्रतिनिधि संगठन अन्तत दुई वटा मात्रै हुन्छन । यसरि बर्र्र्र्गीय दृस्तिकोणवाट हेर्दा अन्ततः दुई वटा मात्रै राजनैतिक संगठन हरु हुनेभएतापनि बिबिध राजनैतिक स्वार्थको कारण राजनैतिक मन्चमा दुई भन्दा बढी राजनैतिक संगठन हरु देखापर्दछन । त्यस्ता राजनैतिक संगठनहरुलाई  तिन भागमा बिभाजन गरेर विश्लेषण  गर्न सकिन्छ । जस्तै (क) प्रतिगामी पुनरुत्थानवादी राजनैतिक संगठन (ख) यथास्थितिवादी  राजनैतिक संगठन (ग) क्रान्तिकारी राजनैतिक संगठन ।
प्रतिगामी पुनरुत्थानवादी र यथास्थितिवादीहरुको सामान्य राजनैतिक मत,मतान्तर  भएतापनि अन्तत बर्र्र्र्गीय स्वार्थ एउतै हुन्छ । यिनीहरुले सामन्त ,दलाल र नोकरशाही पुजीपति बर्गको  प्रतिनिधित्व गर्दछन ।  बर्र्र्र्गीय लडाईमा यिनीहरु एउतै मोर्चामा उभिएर सर्वहाराबर्गको बिरुद्द लड्छन । त्यसकारण बर्र्र्र्गीय हिसावले यी दुवै राजनैतिक संगठनहरु क्रान्तिकारी राजनैतिक संगठनका बिरोधि (दुस्मन) राजनैतिक संगठनहरु हुन ।
प्रतिगामी पुनरुत्थानवादी राजनैतिक संगठन
“टाउको खायकाले गिदी बिर्षदैन” भने झैँ प्रतिगामी पुनरुत्थानवादी हरुले पुरानो विघटित ब्यबस्थामा उनीहरु केहि सिमित व्यक्तिलाई प्राप्त व्यक्तिगत र भौतिक शुख्ख सुबिधा , एस आराम  र रबाफको जिबनलाई कहिल्यै भुल््न सक्दैनन र त्यसको पुनः प्राप्तिको निम्ति देश ,समाजलाई प्रतिगमन तिर लैजान चाहन्छन । त्यसको निम्ति उनीहरु सधै संघर्ष गरि रहन्छन । उनीहरुले बद्लियको राजनैतिक परिवेशलाई पचाउन सक्दैनन  र हरहालतमा पुरानै राजनैतिक ब्यबस्थाको निम्ति मरिमेटी गर्दछन । त्यहीक्रममा प्रतिगामी पुनरुत्थानवादी संगठनको जन्म हुन्छ । प्रतिगामी  पुनरुत्थानवादी संगठनको उद्देस्य बिधमान शासन ब्यबस्थालाई पछाडी धकेल्नु र पुरानो विघटित राजनैतिक व्यबस्थाको पुनस्र्थापना गर्नु हो । हिजो राणा शासनको अन्त्य पश्चात राणा शासनको पक्षपातिहरु राणा शासनको पुनस्र्थापना चाहन्थे । पंचायती निरङ्कुश व्यबस्थाको अन्त्य पश्चात पन्चहरु पंचायतको पुनस्र्थापना चाहन्थे । आज राजतन्त्रको अन्त्य पश्चात राजावादीहरु पुनः राजतन्त्रको पुनस्र्थापना चाहन्छन र त्यसको निम्ति निरन्तर संघर्ष गरिरहेकाछन । नेपालको सन्दर्भमा उल््लेख गर्नुपर्दा राप्रपा ,शिवसेना लगायतका राजनैतिक संगठनहरु प्रतिगामी ,पुनरुत्थानवादी राजनैतिक संगठनहरु हुन । उनीहरुले नेपालमा विघटित राजतन्त्रात्मक ब्यबस्थाको पुनस्र्थापना चाहन्छन । 
यथास्थितिवादी  राजनैतिक सङ्गठन
यथास्थितिवादीहरु यथास्थानमा सन्तुस्ट हुन्छन । उनीहरु मुट्ठीभर सामन्त,दलाल र नोकरशाही पुजिपतिबर्गको स्वार्थको रक्षा गर्ने यो दलाल संसदीय पुजिवादी व्यबस्थाको अन्त्य गरेर यसको ठाउमा बहुसंख्यक किसान, मजदुर ,सर्वहारा सुकुम्वासीहरुको हकहितको ग्यारेन्टी गर्ने नयाँ जनवादी ,समाजवादी ब्यबस्था स्थापना गर्न चाहदैनन । यथास्थितिवादीहरु   कथित शान्ति,शुखि र समृद्धिको नारा दिएर सामान्य सुधारका नाटकहरु  गरेर यहि पुँजीवादी व्यबस्थाको रक्षा गर्न चाहन्छन । दलाल पुजिवादी संसदीय व्यवस्थालाई सामान्य सुधार गर्ने होईन यसलाई पूर्णत  ध्वस्त गर्नुपर्दछ र देश , समाजलाई आमुल परिवर्तन गर्नुपर्दछ अनि मात्र देश र जनताको वास्तविक मुक्ति हुन्छ भन्नेकुरा उनीहरु मध्य केहिले  बुझ्न सक्दैनन ।  केहिले कुरा बुझ्छन तर यथास्थितिमा प्राप्त व्यक्तिगत लाभको कारण बुझ पचाउछ्न । अर्काथरीले कुरा बुझछन तर अगाडी बढ्न सम्भव देख्दैनन । यी तिनवतै कित्ताका मान्छेहरु अन्तत यथास्थिति मै रमाउछन र परिवर्तनको बिरोध गर्दछन, बाधक बन्छन  । यहि यथास्थितिवादी सोच र चिन्तनले नै यथास्थितिवादी राजनैतिक संगठनको जन्मदिने र संरक्षण , सम्वर्धन गर्ने गर्दछ । हाम्रो देशको सन्दर्भमा नेपाली कांग्रेस , नक्कली नेकपा ,समाजवादी ,मधेशवादी लगायतका संसदीय राजनैतिक पार्टीहरु  नै  यथास्थितिवादी राजनैतिक संगठनहरु हुन । “दुई धाम को यात्रीलाई चार धामको यात्रा” बारे जानाकारी नभए झैँ नेपाली कांग्रेस लाई आमुल परिवर्तन ,नयाँ जनवाद ,समाजवाद र साम्यवादबारे जानाकारी छैन , बुझ्दैन । उसको सैद्दान्तिक,राजनैतिक शब्दकोषमा यी शब्दहरु पनि छैनन  । पुँजीवादी संसदीय ब्यबस्था भन्दा अगाडी उसले देख्न सक्दैन ।  “हिङ्ग राखेको टालोमा हिङ्ग नभए पनि हिङ्गको गन्ध  चाही हुन्छ”  भने झैँ कुनै दिनका सक्कली हाल नक्कली नेकपाले सबै कुरा बुझ्दछ । उसले आमुल परिवर्तन ,नयाँ जनवाद समाजवाद र साम्यवादलाई बुझ्दछ र यसको आवस्यकता,औचित्यता र अबस्यम्भावी भबिस्यवारेमा पनि जान्दछ । यी सबै बुझेको र जानेको कारणले नै नेपालमा आमुल परिवर्तन ,नयाँ जनवाद ,समाजवाद र साम्यवादको राम्रो आधारवारे पनि उ विज्ञ नै छ । त्यसकारणनै उसले आमुल परिवर्तन ,नयाँ जनवाद ,समाजवाद र साम्यवादको आदर्शलाई ब्यबहारमा पूर्णतया कुल्चे ता पनि ति शब्दहरु दस्तावेजमा लेख्न र मुख वाट ओकल्न  छोडेको छैन ।
तथापि दलाल संसदीय ब्यबस्थामा प्राप्त शुभलाभको कारण सिद्दान्त,बिचार,दृस्तिकोणमा आएको स्खलन र पतनले  गर्दा अब उ पुजिवादी संसदीय ब्यबस्था भन्दा माथि उठ्न कदापी सक्दैन । पुँजीवादको पतन र समाजवादको जन्म अवस्यम्भावी छ, किनकी यो समाज विकासको बैज्ञानिक नियम नै हो , क्रान्तिकारीहरुको काम त बाधा अड्चन पन्छाउने र आवस्यक धक्का दिने मात्र हो  । पूजीवादको गर्भ बाट नै नयाँ जनवाद ,समाजवाद र साम्यवादको जन्म हुन्छ । नक्कली नेकपाले यी कुराहरु राम्रै संग बुझे ता पनि संसदीय  शुभलाभको कारण  बुझ पचाउछ ,अन्धो हुन्छ । कुनैदिन त्यही अन्धो अवस्थामा नै दलाल संसदीय ब्यबस्थाको चिहानमा उ पनि संगै खरानी हुने निश्चित छ ।
बाबुराम मोडेलका मान्छेहरु जसले घोषित रुपमानै कम्युनिस्ट आन्दोलन देखि बाहिर गए तिनीहरुले पनि सबैकुरा बुझ्दछन । र उनीहरु भन्छन कुरो ठिक हो तर हाम्रो पालामा सम्भव छैन , अरुको पालामा प्राप्तहुने समाजवाद ,साम्यवादको निम्ति किन आफ्नो जीवन बर्वाद गर्ने ? बरु यहि संसदीय ब्यबस्था मा नै आफनै जीवनमा व्यक्तिगत शुभलाभ खोज्ने ।  तसर्थ यी तिन वटै प्रवृतिका राजनैतिक संगठनहरुले दलाल पुजिवादी संसदीय ब्यबस्थाको बिकल्पवारे शोच्न सक्द ैनन ।  उनीहरु बिचको अन्तर सैद्दान्तिक ,बैचारिक भन्दा पनि संसदीय ब्यबस्थामा प्राप्त हुने लाभ–हानिमा केन्द्रित छ । नेपालमा किसान,मजदुर र सर्वहाराबर्गको बाहुल्यता भएको कारण उनीहरुले सस्तो लोकप्रियताको निम्ति समाजवादको रटान लगाय पनि, नामै समाजवादी रखेतापनि अन्तत उनीहरु दलाल पुजिवादी संसदीय ब्यबस्थाको रक्षाकवच बन्दछन । र मौका मिल््नासाथ उनीहरु सबै मिलेर दलाल संसदीय व्यवस्थाका बिरोधि तथा समाजवादका अनुयायीहरु अर्थात असली कम्युनिस्ट क्रान्तिकारीहरुको कत्लेयाम गर्दछन ।
क्रान्तिकारी राजनैतिक संगठन
मजदुरहरुको संगठनको  आवस्यकता वारे कार्ल माक्र्स भन्नुहुन्छ “मजदुरहरुसंग  सफलताको एउटा तत्व छ त्यो हो संख्या । तर संख्या तव मात्र निर्णायक हुन्छ ,जव उनीहरु संगठनमा एकताबद्ध हुन्छन र ज्ञानले उनीहरुको नेतृत्व गर्दछ”  ( कार्ल माक्र्स ,अन्तरास्ट्रिय मजदुर महासंघको उद्घाटन भाषण क्रान्तिको साधनहरु पृष्ठ – ५९,  सिर्जना प्रकाशन समुह ) त्यस्तै एंगेल्स भन्नुहुन्छ  “सर्वहारा त्यसवेला एउटा शक्ति बन्छ ,जव स्वतन्त्र मजदुरहरुको पार्टी निर्माण हुन्छ”  ( क्रान्तिको साधनहरु पृष्ठ ६१, सिर्जना प्रकाशन समुह ) पुजिवादी क्रान्ति पुंजिपतिहरुको हितमा हुन्थ्यो ,  त्यसकारण उक्त  क्रान्तिमा पुजीपतिहरुले नै क्रान्तिको नेतृत्व गर्दथे मजदुर ,किसानहरु सहयोगी भूमिकामा हुन्थे । नयाँ जनवादी ,समाजवादी क्रान्ति किसान,मजदुर र सर्वहाराबर्गको हितमा हुन्छ ,त्यसकारण यो क्रान्तिको नेतृत्व किसान,मजदुर र सर्वहारावर्गले गर्दछ । पुजिवादी संसदीय व्यवस्थाले पुजिपतिबर्गको हकहितको रक्षा गर्दछ । किसान,मजदुर र सर्वहारावर्गमाथि  सोषण दमन र  अन्याय अत्याचार गर्नु पुजिवादी संसदीय ब्यबस्थाको धर्म हो । त्यसकारण पुजिवादी संसदीय ब्यबस्थाको अन्त्य गरेर नयाँ जनवादी ,समाजवादी ब्यबस्था स्थापना गर्नु नै किसान,मजदुर र सर्वहारावर्गको मुक्तिको पहिलो सर्त हो । नयाँ जनवादी ,समाजवादी क्रान्तिको क्रान्तिकारी बर्ग भनेको मजदुर,किशान र सर्वहारा बर्ग नै हो । क्रान्तिको निम्ति क्रान्तिकारी बर्ग मात्र भएर पुग्दैन त्यसको निम्ति क्रान्तिकारी सिद्दान्त र क्रान्तिकारी संगठनको आवस्यकता हुन्छ । पुजिवादी संसदीय ब्यबस्थालाई धोस्त पारेर त्यसको ठाउमा नयाँ जनवादी,समाजवादी राज्यसत्ता स्थापना गर्नको निम्ति सर्वहाराबर्ग लाई मालेमावादी सिद्दान्तमा आधारीत क्रान्तिकारी संगठनको आवस्यकता पर्दछ । पहि पृष्ठभूमिमा क्रान्तिकारी संगठनको जन्म हुन्छ ।
एक्काईसौ शताव्दीका शोषित,उत्पीडित देश र जनताको वास्तविक मुक्तिको निम्ति संघर्ष गर्ने क्रान्तिकारीहरु भनेका कम्युनिस्टहरुनै हुन यो निर्विवाद सत्य हो । त्यसकारण क्रान्तिकारी संगठन भनेको कम्युनिस्टहरुको संगठन अर्थात कम्युनिस्ट पार्र्टी  नै हो । कम्युनिस्ट पार्र्टी  भन्दा  नक्कली नेकपा जस्तो नामको कम्युनिस्ट , कामको बुर्जुवा पार्र्टी लाई  क्रान्तिकारी संगठन मानिदैन । त्यो पार्र्टी   ‘भेडाको खोल ओडेको ब्वासो’  हरुको पार्र्टी  हो ।  त्यो पार्र्टी  वाट  सर्वहारावर्गको मुक्तिको कल््पना गर्नु भनेको ु ब्वासो बाट भेडाको रक्षाको कल््पना ु गरे सरह नै हो ।  त्यसकारण त्यो पार्र्टी कम्युनिस्ट पार्र्टी होईन ,कम्युनिस्ट पार्र्टी  नामको प्रतिक्रियावादी र बुर्जुवा पार्र्टी हो । यो यथास्थितिवादी पार्र्टी  हो ,प्रतिगामी पुनरुत्थानवादी शक्तिहरु यसको मित्र शक्ति हुन , क्रान्तिकारी शक्ति यसको दुस्मन शक्ति हो ।
क्रान्तिकारीहरुको  संगठन अर्थात कम्युनिस्ट पार्टी बारे  लेनिन भन्नुहुन्छ  “सर्वहारा वर्गको संगठन सर्वहारावर्गको अग्रदस्ता हो ।  क्रान्तिको साधन हो र त्यो संगठन  नेताहरुको संगठन हो” (लेनिन,एक पाईला अघि दुई पाईला पछि , पृष्ठ – ३४०) नेपालको  सन्दर्भमा नेपाली सर्वहारावर्गको अग्रदस्ता, नेपाली क्रान्तिको साधन  तथा नेपाली मजदुर ,किशान लगायत सम्पूर्ण शोषित ,उत्पीडित जनताको  वास्तविक प्रतिनिधित्व गर्ने  सच्चा क्रान्तिकारी पार्र्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) हो । तसर्थ  यहि क्रान्तिकारी पार्र्टी नै नेपालका समस्त श्रमजीवी बर्गको क्रान्तिकारी संगठन  हो ।
क्रान्तिकारी संगठनको सैद्दान्तिक ,बैचारिक र राजनैतिक पक्ष अत्यन्तै महत्वपूर्ण पक्ष हुन । क्रान्तिकारी सिद्दान्त,बिचार राजनीति प्रतिको सुस्पस्ट दृस्तिकोण बिना क्रान्तिकारी संगठनको  कल्पना पनि हुदैन ।  प्रतिगामी सिद्दान्त,बिचार र राजनीति तर क्रान्तिकारी संगठन सम्भव हुदैन । क्रान्तिकारी सिद्दान्त ,बिचार र राजनीति तर प्रतिगामी संगठन त्यो पनि असम्भव । सिद्दान्त,बिचार, राजनीति र संगठनको द्वन्दात्मक सम्बन्ध हुन्छ । क्रान्तिकारी सिद्दान्त,बिचार, राजनीतिले क्रान्तिकारी संगठनको माग गर्दछ , त्यस्तै क्रान्तिकारी संगठनले क्रान्तिकारी सिद्दान्त,बिचार, राजनीतिको माग गर्दछ । त्यसकारण हामीले क्रान्तिकारी सिद्दान्त,बिचार, राजनीतिको बारेमा पनि प्रशस्त छलफल र बहस गर्ने ,प्रशिक्षित हुने गर्नुपर्दछ । आगामी दिनमा हामीले यसवारे पनि   छलफल र बहसहरु अबस्य गर्नेछौ ।