कथित लोकतन्त्र दिवशको भ्रम र यथार्थ बारे

प्रकाशित मिति : २०७७ जेष्ठ १५

- वसन्त बोगटी

 

 
शासकीय प्रवृत्ति
१. आज प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाको आसनमा बसेर साम्राज्यवाद र विस्तारवादको एक नोकर गणतन्त्रको शुभकामना बाड्दै छ ।
२. आज यहि व्यवस्थाको फुर्ति देखाएर एक राष्ट्रघाती देशको स्वाधीनता र स्वाभिमान बिक्री गर्दैछ ।
३. आज यही व्यवस्थाको आसनमा पल्टिएर एक भ्रष्टाचारी देश लुट्न पाउनु हाम्रो अधिकार हो भनेर कुर्लदै छ ।
४. यहि व्यवस्थाको आडमा आजको शासक वर्ग जनताको अधिकार, आवाज र आन्दोलन माथि प्रतिबन्ध लगाई देशमा बलात हिंसा भड्काई रहेको छ ।
५. आज यहि व्यवस्थाको मातले लठ्ठ भएर कथित अभिजात वर्ग समाजमा जातिवादको कुरुप र बर्बर अभ्यास गर्दै नरसंहार मच्याई रहेछ ।
 
जनताको यथार्थ
१. राज्यका कुनै पनि संवैधानिक अङ्गहरुमा किसान,मजदुर, महिला, जनजाति, दलित, अल्पसंख्यक समुदाय र सिमान्तकृत क्षेत्रको सन्तुलित उपस्थिति छैन ।
२. महान शहिदहरुको अपमान गरिएको छ । वेपत्ता योद्धाहरुको अपमान गरिएको छ । जनयुद्ध र जन आन्दोलनका घाइते अपाङ्गहरुलाई अपमान, घृणा र तेजोबध गरिएको छ ।
३. क्रान्ति र परिवर्तन विरोधीहरुलाई पुरस्कृत गरिएको छ ।
४. एक सामान्य रोगी आषधि नभएर, एक मजदुरर एक सुत्केरी रोटिको टुक्रा नपाएर र एक गरिब ओत नभएर मरिरहेको छ ।
५. हिमाल पहाडले सरकार देखेको छैन, अल्पसंख्यक र मधेसीले देश भेटेको छैन ।
६. किसानको कटेरोमा बत्ती बलेको छैन, शोषित पीडित निमुखाको कानुन बनेको छैन ।
 
निष्कर्ष
हजारौं तथ्यहरुको आधारमा हामी भन्न सक्छौं कि यो गणतन्त्र वा लोकतन्त्र नभएर सामन्त, दलाल र राष्ट्रघातीहरुको नेतृत्व र बर्चस्व रहेको एक कुरुप प्रतिक्रियावादी संसदीय व्यवस्था हा, जुन निरन्तर विभिन्न जनघात, राष्ट्रघात हुँदै फाँसिवाद तर्फ अग्रसर छ । यो जुन प्रचार गरिएको छ एक भ्रम बाहेक केही होईन । शासक वर्गले जनतालाई कयौं पटक यस्ता भ्रमहरुबाट छक्याउने कोसिस गरेको छ र उ सफल हुँदै पनि आएको छ । पहिलो कुरा त हामी आफैं पनि यस प्रकारको भ्रमहरुबाट पुर्ण मुक्त हुन जरुरी छ भने यो कुरा जनताको तहमा पनि स्पष्ट गरिनु पर्छ । तसर्थ आजको मुख्य आवश्यकता र काम भनेको यसको वास्तविक चरित्रलाई जनताको बिचमा उदाङ्गो गर्नु हो भने सम्पुर्ण देशभक्त र क्रान्तिकारी शक्तिहरुको बिचमा बृहत एकता कायम गरि विद्यमान व्यवस्थाको अन्त्य, नयाँ जनवादी क्रान्तिको पुर्णता सहित जन गणतन्त्र नेपालको स्थापना र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नु हो ।