अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिको तर्फबाट महासंघका अध्यक्ष प्रा. डा. ओम गुरूंगद्धारा प्रेस बिज्ञप्ति जारी

रूकूम जिल्लाको चौरजहारी नगरपालिका –८ सोती गाउमा अन्तर जातीय विवाह प्रकरणलाई लिएर घटेको कहाली लाग्दो जघन्य अपराधमा संलग्न दोषीहरूलाई कडा भन्दा कडा सजायको माग

प्रकाशित मिति : २०७७ जेष्ठ १५

जेठ १५ काठमान्डौ,
२०७७ साल जेठ १० गते रूकूम जिल्लाको चौरजहारी नगरपालिका –८ सोती गाउमा अन्तर जातीय विवाह प्रकरणलाई लिएर घटेको कहाली लाग्दो घटनाप्रति अखिल नेपाल आदिवासी जनजाति महासंघले उक्त घटनालाई जातीय बिभेदमा आधारित यस्ता अमानवीय र पासविक हत्या काण्डलाई जातीय विभेदको पराकास्ठ ठान्दछ भन्दै त्यसको यथाशिघ्र छानवीन गरी उक्त जघन्य अपराधमा संलग्न दोषीहरूलाई कडा भन्दा कडा सजायको लागि सरकारसँग माग गरेकोछ । अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिको तर्फबाट उक्त महासंघका अध्यक्ष प्रा. डा. ओम गुरूंगद्धारा प्रेस बिज्ञप्ति जारी गरिएकोछ, जसको विस्तृत पाठ तल दिइएकोछ ः

प्रेस बिज्ञप्तिै
अन्तर जातीय विवाह प्रकरणलाई लिएर २०७७ साल जेठ १० गते रूकूम जिल्लाको चौरजहारी नगरपालिका –८ सोती गाउमा घटेको कहाली लाग्दो घटनाप्रति अखिल नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घट्नामा  जाजरकोट जिल्ला, भेरी नगरपालिका –४ निवासी नवराज बिक लगायत उनको बिबाहको लागि उनीसंगै रूकूम जिल्लाको चौरजहारी नगरपालिका –८ सोती गाउ पुगेका उनका साथीहरूलाई चौरजहारी नगरपालिका –८  का वडाध्यक्ष डम्बरबहादुर मल्लको संलग्नता र चौर जहारी प्रहरी चौकीका प्रहरीहरूको उपस्थितिमा  सोती गाउँका गाउँलेहरूले चारैतिरबाट घेरा हाली सामुहिक रूपमा सॉघातिक आक्रमण गरेका थिए । उक्त  सामुहिक आक्रमणबाट मारिएका नवराज बिक,  टीकाराम बिक, गणेश बूढा र लोकेन्द्र सुनारको शब नजिकैको भेरी नदीको किनारमा बिभत्स अवस्थामा भेटिएका छन भने २ जना अझै बेपत्ता पारिएका छन र बाँकी १२ जना पनि गाउँलेहरूको सामुहिक आक्रमणबाट सख्त घाईते भै उपचारको क्रममा छन ।
रुकुम, राल््पा र जाजरकोट माओवादी १० बर्षे जनयुध्दको उदगमस्थल मानिन्छ र यी तीन जिल्ला सामाजिक तथा राजनीतिक चेतनाको दृ्ष्टीकोणले पनि नेपालको सबैभन्दा सचेत जिल्लाहरूमध्येमा पर्दछन । तर बिडम्बना, यिनै माओवादी दश वर्षे जनयुध्दको उदगमस्थल  मानिएको र सामाजिक तथा राजनीतिक दृष्टिकोणले समेत सचेत मानिएका जिल्लाहरुमध्येको रूकुम जिल्लाको चौर जहारीमा स्थानीय जनप्रतिनिधिको संलग्नता र प्रहरी प्रशासनको उपस्थितिमा आफ्नो प्रेमिकासंग बिबाह गर्न गएका ब्यक्ति र उनका साथीहरूको सामुहिक  हत्यागरी भेरी नदीमा फालिनु जस्ता अमानवीय र बर्बर कार्यको जतिसुकै निन्दा र भ्रत्सना गरेपनि पुग्दैन । अखिल नेपाल आदिवासी जनजाति महसंघ जातीय बिभेदमा आधारित यस्ता अमानवीय र पासविक हत्या काण्डलाई जातीय विभेदको पराकास्ठ ठान्दछ र उक्त घटनाको निस्पक्ष छानबीन गरी उक्त जघन्य अपराधमा संलग्न दोषीहरूलाई कडा भन्दा कडा सजायको माग गर्दछ ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ रूकूम जिल्लाको चौरजहारी नगरपालिका –८ सोती गाउँमा जेठ १० गते भएको सामुहिक हत्याबाट दिबंगत हुनुभएका मृतकहरूको आत्माप्रति भावपूर्ण श्रध्दान्जली अर्पण गर्दै शोक सतप्त परिवारहरूप्रति हार्दिक समबेदना प्रकट गर्दछ तथा सामुहिक आक्रमणका कारण बेपत्ता पारिएका नवराज बिकका दुईजना साथीहरूको यथाशिघ्र खोजी कार्य होस र घटनाबाट पिडीत हुन पुगेका परिवारहरूलाई उचित क्षतिपूर्ति प्रदान गरियोस भन्ने पनि  माग गर्दछ ।
साथै जेठ १० गतेको सामुहिक आक्रमणबाट घाइते हुनु भएका नवराज बिकका अन्य साथीहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछ ।
प्रा. डा. ओम गुरूंग
अध्यक्ष
अखिल नेपाल आदिवासी जनजाति महासंघ