इतिहासको यस घडीमा (शिर्षक कृष्णसेनको)

इतिहासको यस घडीमा (शिर्षक कृष्णसेनको)

इतिहासको यस घडीमा
पल्टाइ रहेछु जनादेशका
ब्ल्याक एण्ड ह्वाइट पत्रहरू
हेरिरहेछु एकोहोरिएर
भिडन्तको फायरिङ्गले
छियाछिया सतिसालका आङ्हरू
अनगिन्ती भ्वाङ्ग लिएर पनि
इमान्दार सिपाही झैँ उभ्भिरहेकै छन
अर्र्को कासन पर्खिएर
तर बिडम्वना
इतिहासको यस घडिमा
तिनै सतिसालले जोगाएका
कयौँ कमान्डरहरू
मच्चि मच्चि भाषण गरिरहेछन
ज्वज्वल्यमान सिंहासनबाट
धनमोर्र्चा र डनमोर्र्चाहरूमा
प्रष्टसँग देखिरहेछु
ताली पिटिरहेका
वृहत्तर मास
होमा हो मिलाउँदै
सती गैरहेका रङ्गीन लाइनहरू
इतिहासको यस घडीमा
कोही हास्दै नाच्दै गैरहेछन्
कोही रूँदै चिच्याउँदै गैरहेछन
आखिर जानेहरू
जसरी गएपनि सती गैरहेछन
सतीसालहरू
आफ्नै जरामा उभ्भिरहेकैछन
सामाजिक विरूपता विरूद्ध
प्रतिरोधहरू सुसेल्दै
इतिहासको यस घडीमा
अर्र्को कासन पर्खिएर
सतीसालहरू उभ्भिरहे कै छन
जानेहरू गैरहेछन
सतीसालहरू उभ्भिरहेकैछन
इतिहासको यस घडीमा ।