दिगो राष्ट्रिय सहमतिका लागि समानताको सिद्वान्त

प्रकाशित मिति : २०७७ जेष्ठ ९

- राम बहादुर बुढा‘राजन’

 आजको २१ औं शताब्दी विद्युतिय मिडियाहरुको विश्वब्यापीकरणको दिशामा अगाडी बढीरहेको छ । मान्छेहरु संसारको एक कुनाबाट अर्को कुनामा पुगेका छन् । नेपालकै कुरा गर्दा पनि नेपालीहरु ८० लाख भन्दा बढी विश्वका विभिन्न देशहरुमा छरिएका छन् भने विश्वका लाखौं मानिसहरु घुम्नको लागि वा विकासे योजना आदिईत्यादी कार्यक्रमहरु लिएर नेपाल आएको देखिन्छ । संसारको जुन कुनामा भए पनि भिडियो कलबाट प्रत्यक्ष कुराकानी गर्न सकिन,े अनलाईन प्रोग्रामहरु संचालन गर्न सकिने अवस्था छ । यस्तो अत्याधुनीक ईलेक्ट्रोनिक मिडीयाको विकास साथै संसारमा लडाई मात्र नभई ब्यापारीक  संझौता गरे पुग्ने देखिएपछि अंग्रेजहरु विस्तारै क्षेत्रियतावादलाई छोडेर सन्धी(ट्रिटी) गर्दै कुटनीतिक नाता जोडेर संसारबाट युरोप अमेरीकाको आफ्नो भुमीमा फर्किसकेको यथार्त सर्वविद्दित छ । अंग्रेजहरु अझ पनि त्यही पुरानो एडम स्मिथको “‘‘इकनोमिक्स इज द साइन्स अफ वोल्थ’’ भन्ने विचारबाट उज्जेलित भएको पाईन्छ । त्यसैकारणले गर्दा अंग्रेजहरु संसारमा एकातिर बसोदैव कुटुम्बकम गर्दछन भने अर्को तिर आफ्नो स्वार्थपुरा गर्नको लागि साम, नाम, दण्ड, भेदको निति लगाएर आफ्नो तानासाही चरित्र प्रदर्शन गर्ने गरेकोे कुरा ईराकका राष्ट्रपति सद्दाम हुसेन, विनलादेन, लिवियाका राष्ट्रिपति कर्णेल गद्दाफिको हत्या लगायतका घटनाहरुले प्रमाणित गरिदिएका छन् । उनीहरु शक्ति र सम्पत्तीको लागि नाङ्गो हस्तक्षेप गर्न तयार हुने कुरा सर्वविद्दित कुरा हो । पछिल्लो चरणमा अंग्रेजह?को यस्तो योजना अनु?प भारतले उपहार स्वरुप भारत देश प्राप्त गरेपछि वा ईष्ट ईण्डीया कम्पनी भारतबाट फर्किएपछि त्यही पुरानो अंग्रेजह?ले छोडेर गएको थोत्रो क्षेत्रियतावादबाट उज्जेलीत भएर दक्षिण एशियाका मुलुकहरुमा दादागीरि गर्ने गरेको छ । अर्काको राष्ट्रियतामाथि अस्तक्षेप गर्नका लागि त्यो देशमा आफ्नो गोप्य एड्भोकेटरहरु भर्ती गर्ने त्यो देशमा राष्ट्रघाति विभिन्न कार्यक्रमहरु संचालन गरी बरवाद गर्दै आफ्नो देशमा गाभ्ने गरेको ईतिहास सिक्कम, भुटान र फिजीको कथा बाट प्रमाणित हुने गरेको छ ।
अब गमेर विचार गर्दा त्यसै अनुरुप नेपालमा पनि भारतले राष्ट्रघाती शिल्डहरु संचालन गरिरहेको कुरा विभिन्न गैरबराबरी सन्धी सम्झौताहरुले प्रमाणित गरिदिएका छन् । नेपालको जल, जमिन र जंगल मार्थि भारतको गिद्देनजर छ भन्ने कुरा विशेष अध्ययनको विषय बनेको छ । भारतद्वारा संचालित राष्ट्रघाती सिल्डमा पहिलो विजेता नेपालका पहिलो प्रधानमन्त्री मातृकाप्रसाद कोईराला रहनुभएको छ । उहाँले कोशी नदी भारतलाई बेचेर पहिलो पटक राष्ट्रघातको सिल्ड हात पार्न सफल हुनुभएको हो । त्यसपछि उहाँलाई पच्छ्याउँदै उहाँकै दाजु विशेश्वरप्रसाद कोईरालाले  गण्डकी संंझौता गोल हानेर दोश्रो गौप्य मेडल प्राप्त गर्नु भएको थियो । त्यसै गरि धेरै उच्च शिपकला सम्पन्न राष्ट्रघाती खेलाडीहरुको विचबाट उहाँकै अर्का कान्छा भाई गिरिजाप्रसाद कोईरालाले अर्को उत्कृष्ट राष्ट्रघाती गोल महाकाली हानेर दुवै भाईलाई उछिन्न सफल हुनुभएको हो । उहाँले आफ्नो सुन्दर जिवनकालमा अर्को विधा लाउडा काण्डमा पनि आफ्नो नाम उचो राख्नु भएको छ । त्यस पछिका अर्का विजेता होनहार एशियाकै टप आर्कीटेक्ट ईन्जीयर तथा १० बर्षे क्रान्तिका दोश्रो लिडर डा. बाबुराम भट्टराईले आफ्नो उच्च शिप, कलाले सुसज्जीत गराई विप्पा सम्झौता गर्ने हेट्रीक हानेर हाल सम्मकै रेकर्ड तोड्न सफल मात्र हुनु भएन गोल कोईराला खान्दानबाट वाहिर ल्याउन सफल हुनु भएको हो । अर्का १० वर्षे जनयुध्दका होनहार कमाण्डरले राष्ट्रघातको अर्को भयंकर विधा नागरिक्ता विधेयक समातेर अगाडी बढ्नु भएपनि विडम्बना उहाँ असफल हुनु भएको छ । त्यो भन्दा अगाडी अनौपचारिक खेलमा महाराजा मेहेन्द्र विरविक्रम शाहदेवले कालापानी, लिपुलेक र लिम्पीयाधुरामा राष्ट्रघाती पाईलटिङ्ग गर्नुभएको कुरा पनि सर्वविद्दित छ । यी त भए विजेताहरु यसै सिलसिलमा मेचीमहाकाली सम्झौता कार्यक्रममा सक्रियता पूर्वक सहभागीता जनाएर मदन भण्डारी हत्याकाण्ड लगायत कार्य गर्न सफल माधव कुमार नेपाल र केपी ओलीले गोप्य शान्त्वना मेडल तथा आफ्नै भातृ संगठन युवा संघबाट लण्डुपेको दर्जा पाउन सफल भएको कुरा घामको प्रकाश जत्तिकै छर्पष्ट छ । यी त अलि देखिएका खेलाडीहरु भए देखिन नसकेका थुप्रै खेलाडीह?को उत्पादन भईरहेको कुरा पटक पटक नेपालका मिडीयाह?बाट प्रकाशन प्रसारण हुने गरेका छन् ।
अर्को ठुलो भलादमी प्रायोजक अमेरीकाले पनि नेपालमा राष्ट्रघाती आयोजनाहरु संचालन गर्नका लागि एडभोकेटरहरु नियुक्त गरेको कुरा प्रकाशमा मात्र नआई हिन्द प्रशान्त रणनितिक योजनाको कार्यक्रमको खेल संचालन गरिनै रहेको छ। मैदानमा कसैले गोल हान्न सफल भएको स्थीति देखिदैन विगत केही समय अघि राष्ट्रघाती सर्बोत्कृष्ट खेलाडी नेपालका प्रधानमन्त्री के.पि. शर्मा वली ज्यूले गोलपोष्ट मै पु¥याको बेला नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का लिडर मोहनबैद्य किरणले राम्रो गोल्की निभाएका कारण असफल हुन गएको हो । खेल मैदानमा घम्सा घम्सी चलिरहेको छ के हुने हो थाहा छैन !
 अब यहि समयमा भारतले नेपालका विभिन्न स्थानह?मा सीमा अतिक्रमण गरि बसीरहेको अवस्थामा राजा महेन्द्रले बसालेको अस्थाई क्याम्पका आधारमा नेपालको कालापानी, लिपुलेक, लिम्पीयाधुरा क्षेत्र वि.सं. २०६५ सालमा चिनसँग सम्झौता गरि हाल ७९ किलोमिटर कैलाश पर्वत जाने बाटोको उद्घाटन गर्ने जस्तो नाङ्गो हस्तक्षेप गरेको छ । यसले भारतलाई विश्वको मानचित्रमा हेपाहा र अर्काको सार्वभौमीक्ता भौगालीक अखण्डता माथि हस्तक्षेप गर्ने चरित्र सप्रमाण सिद्द भएको छ । यसका विषयमा संयुक्त राष्ट्रसंघ र अन्य विभिन्न राष्ट्रह?ले औपचारीक तथा अनौपचारीक ?पमा गलत भएको कुरा प्रमाणित गरिदिएका छन । नेपालमा भएका भारतीय दलाल पुँजीपति शासन(ऋचयलथ ऋबउबष्तिष्कगm)का हिमाईतिहरु त्यति पेचिलो ढंगले राष्ट्रियताको मुद्दा अगाडी लिन नचाहेको कुरा विभिन्न संचार माध्यमहरुले ब्यापक गरिरहेका छन् । यस्तो गम्भिर अवस्थामा राष्ट्रिय स्वाधिन्ता, सर्वभौमिक्ता र क्षेत्रीय अखण्डता माथिको ठाडो हस्तक्षेपका विषय बस्तु संकलन गरेर एउटा स्वत पत्र सम्म जारी गर्न नसक्नाले यो देशका शासकहरु लण्डुपे भएको कुरा प्रमाणित हुन आउँछ । कुनै दुई मित्र विचमा केही कुरा विशेषमा विचार नमिलेको खण्डमा तेश्रो ब्यक्ति वा निकायमा जानुपर्ने कुरा कुनै डर, त्रास र लाजको विषय कसरी बन्न सक्छ ? किन विवाद मिलाउनका लागि अघिल्लो निकाय संयुक्त राष्ट्रसंघ वा अन्तर्राष्ट्रिय अदालत सम्म नपुग्ने ? भन्ने कुरा गहिरो अध्ययनको कुरा रहेको छ ।
 भारतले आफ्ना एडभोकेटरहरुकै भरमा देशलाई सिक्कीम, भुटान आदी देश लिएजस्तै नेपाललाई लिने कुरा त्यति सजिलो छैन । किनकी नेपाल र नेपालीको अस्थीत्व संसारभरी फैलिएको छ । यहाँका विद्वान बुद्दिजीवीहरु र विरहरुको चातुर्यता अगाडी घुडा टेक्नुको अर्को विकल्प रहने छैन । आफ्नो थोत्रो सिद्वान्त र झुटो ब्यवहारबाट केही पनि प्राप्त हुदैन भन्ने जानकारी समयमै लिए अझ सजिलो होला । हैन भने नेपाल भारतसँग अतिक्रमणमा फसेको होला, केही सन्धीहरुमा फसेको होला तर नितिह?मा केही भारत पनि फसेको देखिन्छ । फेरी नेपालीहरुले वि.सं १९५० को सन्धीको विषयलाई लिँदा त भारतले पूर्व टिष्टा देखि पश्चिम काँकडा सम्मको विशाल नेपाल छोडीदिनुपर्ने कुरा उल्लेखित छ । त्यसैले भारतीय विस्तारवादलाई खवरदारीका साथ यी पंत्तीहरुबाट भन्न चहान्छु, ‘‘ विश्वब्यापिकरणको यो युगमा क्षेत्रियताको त्यति धेरै महत्व छैन, यसै त नेपाल भारतका सबै बोर्डरहरु खूल्ला छन् एक राष्ट्रका नागरिकह? अर्को राष्ट्रमा जानका लागि, ब्यापार ब्यवसाय गर्न लगायत कुनै पनि कुरामा रोक टोक छैन साथै नेपालीहरुले नेपालका लागि मात्र हैन भारतको हर लडाईमा रगत बगाएका छन् हाल पनि गोर्खा सैनिकह? ४२ हजारको संख्यामा भारतमै बसेको अवस्था छ । हजारौं नेपाली भारतीय पुलिस तथा प्रशासनीक क्षेत्र लगाएत विभिन्न कम्पनी, विकासे कार्यह?मा मजदुरी गरेर बसीरहेका छन् भने त्यसै गरि हजारौं भारतीय नागरिकहरु पनि ब्यापारी, कुल्ली मज्दुरी आदि सिलसिलमा नेपालका सवै ठाउँह?मा बसेको देखिन्छ । कति दोहोरो परिचय लिएर बसेको देखिन्छ भने कति पूर्ण रुपले भारत तथा नेपालमा बसेको पाईन्छ । नेपालले भारतलसँग सुमधुर सम्बन्ध राख्नका लागि आफ्नो देश र जनताको हितको परवाहा नगरी पारवाहान, हवाई, पिप्पा(पिटीए, पिडीए) लगायत सम्झौता गरिरहेकै छ, त्यतिमात्र नभई प्रापूर्वकालदेखि नदिनाला सम्झौता गरेर डुवान र कटानको मारमा वर्षेनी लाखौं करोडौं धनजनको क्षेति ब्यहोर्नु परेकै छ । यस्तो पुरानो सुमधुर सम्बन्ध सिमित स्वार्थका लागि विगार्नुपर्ने केही ज?री छैन । यदी भारतले संयम्ता गुमायो भने ठुलो क्षेती ब्यहोर्नुपर्ने देखिन्छ । बरु भारतले आधुनिक संसारको आधुनिक मित्रताका विषयमा वा अन्य निति सिद्धान्तका विषयमा नेपाललाई सोध्दा हुन्छ । हैन भने नेपालले आफ्नो अधिकार पुरै लिदा नेपालीलाई केही घाटा छैन । नेपाल क्षेत्रिय हिसावले विशाल बन्ने छ । भारतले अव आफुले नेपाल माथि गरेको आजसम्मको गलत क्रियाकलापको आत्माआलोचित भई सच्चिएर आउन जरुरी छ । त्यसैले सार्वभौम न्यायको बराबरीको सिद्धान्तका आधारमा बरु भारतले नेपाललाई समुद्री नाका खोलिदिए हुन्छ । नेपालले त्यसको बदलामा लिपुलेक लिम्पीयाधुरा र कालापानीको नाका खोलिदिएपछि एक अर्काको मित्रतामा सुनमा सुगन्ध हुने विश्वब्यापीकरणको आधार पनि तैयार हुने देखिन्छ । अब नयाँ मित्रताको लागि नयाँ सिरा भनेको यही हो । यसले भारत र नेपाली विचको अदभुत मित्रता कायम हुन्छ । नयाँ आधुनीक युगको आधुनिक बैज्ञानिक निर्णय हुन्छ । दिगो राष्ट्रिय तथा समाजिक सहमतिका निम्ती बराबरी(समानता)को सिद्वान्त अति आवश्यक छ । आज संशारमा मानव अस्थित्व नै संकटमा परिहेको बेला यस्तो हस्तक्षेपकारी निर्णय गर्नु निन्दनीय छ । त्यसैले चाल्र्स डार्विनको सर्भाइवल अफद फिटेष्ट  सिद्वान्तका आधारमा फिटेष्ट कुरा यही हो । दुवै देशको विकास गर्न पाउने र हुनपाउने अधिकारको सुन्श्चित गर्न जरुरी छ । दुवैदेशको सहअस्थित्वलाई सम्बोधन गर्नका लागि क्षेत्र कसैको बढी होला कसैको कम होला त्यससँग कुनै भेदभाव नगरीकन सहअस्थित्वको लागि दुई देशको बराबरीको निर्णय गर्न आवश्यक छ । हाल क्षेत्रको भन्दा विवेकको स्पेशको महत्व बढी रहेको कुरा अवगत गराउन चहान्छु । क्षेत्रियता पुरानो ढर्राको असफल र निम्नपुँजीपति नोक्करशाही चिन्तनबाट उज्जेलीत संसारबाटै लोपोन्मुख विचार हो । यसले कसैको हित गर्दैन आज आफु भन्दा अ?लाई बढी माया गर्नेहरुको चर्चा छ, म र मेरोको हैसियत भन्दा हामी र हाम्रो भन्नेहरुको मान्यता अधिक रहेको छ । क्षेत्रियता, धनदौलत र शक्तिको आडम्बर आदि जस्ता निम्नपुँजीती नोक्करशाही चिन्तनको चौतर्फि निन्दा भएको पाईन्छ । यसै त संसारमा एडम स्मीथ जस्ता आलोचित भईसकेका अर्थशास्त्रीको सिद्वान्त कोही मान्दैनन् । जसले अर्थशास्त्रलाई धनको विज्ञानको रुपमा मात्र ग्रहण गर्ने कुरा वताएका थिए । त्यसपछि नै उनी आलोचित भई सकेका थिए । तर अंग्रज तथा भारतीय लगायतका शासकहरु त्यही धनको विज्ञानवाला अर्थशास्त्र मानिरहेका छन् ।   अर्थशास्त्री एडम स्मीथलाई कसैले मान्दैनन् हाल अल्फ्रेड मार्सल तथा कार्ल हेनरी माक्सको अर्थशास्त्र नै संसारको हितमा फिटेष्ट भएको कुरा पनि संझाउन चहान्छु ।
नोटः कतिपयलाई कलाकारीताका साथ यो लेख अलि उत्छ्र्र्रीङ्खल पनि लाग्न सक्ला तर नेपालमा पनि यस्तै नाटकीय कार्यहरु भएका कारणले गर्दा यसो यो विधा न्युटनको सिद्वान्तको आधारमा प्रत्येक कृयाको विपरित प्रतिक्रिया भए जस्तै नौटङ्कीवाजहरुको नौटङ्की चालामै लेख्नु पर्ने भएको हुनाले अपनाईएको हो ।