अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा जारी प्रेस विज्ञप्ति

अनलाइन कक्षा सञ्चालनको नाममा लकडाउन अवधिभरको शुल्क असुल्ने काम बन्द गरीयोस

प्रकाशित मिति : २०७७ जेष्ठ ८

बैशाख ७ गते काठमान्डौ,
नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त नेपाली जनतामाथि नीजि शैक्षिक संस्थाहरुले लकडाउनको अवस्थामा समेत अभिभावकहरुसँग विद्यार्थीहरुलाई अल्झाउनको लागि अनलाइन कक्षा सञ्चालनको नाममा शुल्क असुल्ने काम गरिरहेका छन् । उक्त कार्यको निन्दा एवम् भत्सर्ना गर्दै लकडाउन अवधिभरको शुल्क नलिनका लागि अखिल (क्रान्तिकारी)का अध्यक्षद्धारा नेपाल सरकार समक्ष जोडदार अपिल गरिएको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ तल दिइएकोछ ः
विषय ः प्रेस विज्ञप्ति
हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) विगत लामो समयदेखि शिक्षा र स्वास्थ्यमा भएको नीजिकरण, व्यापारिकरण, दलालीकरण र भ्रष्टीकरणका विरूद्ध निरन्तर सङ्घर्ष गर्दै आइरहेको कुरा स्पष्ट नै छ । यतिबेला विश्वमा नै नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त भइराखेको अवस्था छ । नेपाल पनि यतिबेला कोरोना भाइरसबाट ग्रसित छ भने गम्भीर चूनौतिको रुपमा यो महामारी खडा भएको छ । यस्तो कठिन घडिमा आम जनता एकतावद्ध भइ समस्या समाधान गर्नुपर्ने देखिन्छ । तर बिडम्बना नीजि शैक्षिक संस्थाहरुले लकडाउनको अवस्थामा समेत अभिभावकहसँग विद्यार्थीहलाई अल्झाउनको लागि अनलाइन कक्षा सञ्चालनको नाममा शुल्क असुल्ने काम गरिरहेका छन् । उक्त कार्यको हाम्रो संगठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ । लकडाउन अवधिभरको शुल्क नलिनका लागि नेपाल सरकार समक्ष हाम्रो संगठन जोडदार अपिल गर्दछ । अन्यथा हाम्रो आग्रहलाई बेवास्ता गरिएमा कडाभन्दा कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिन चाहन्छौं ।
क्रान्तिकारी अभिवादन सहित !
हरिकृष्ण गजुरेल
अध्यक्ष
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)