राष्ट्रिय स्वाधिनता रक्षाको सन्दर्भमा योगी नरहरि नाथ

प्रकाशित मिति : २०७७ जेष्ठ ७

- पुष्प गोपाल श्रेष्ठ

आततायी बृटिस साम्राज्यवादले भारतलाई कब्जा गरी उपनिवेश खडा गरे पश्चात, यता नेपालमा पनि दुष्ट्याईपूर्ण दृष्टि गोचर गर्न आइपुगेका थिए । नेपालका सच्चा देशभक्त स्वाभिमानी नेपालीहरु सोझा–सिधा हुनुको सँगै सरल व्यवहार र सहनशीलता युक्त शिलशोभावका धनि नेपालीहरुको मिलनसार व्यवहारलाई, दुष्ट अङ्ग्रेजहरुले कमजोर ठानी त्यसबाट फाइदा उठाई, नेपालको राष्ट्रिय स्वाधिनता हडपेर नेपालमा पनि आफ्नो उपनिवेश खडा गरी नेपाल र नेपालीहरुलाई आफ्नो दास–दासी बनाई, नेपाल माथि र।जाईँ गर्ने दुःसाहस बोकी आएका ती दुष्ट अङ्ग्रेजहरुलाई, नेपाल आमाका सपूत नेपाली वीर–विरांगनहरुको आफ्नो  स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न भू–अखण्ड राष्ट्र नेपाल (मातृभूमि)को आस्था प्रति समरपित जुझारु क्रान्तिकारी जोश र जाँगर सामू नतमस्तक हुनपुगेका, ती आततायी मानसिकताका दुष्ट अङ्ग्रेजहरुले लटनपटन गरी, झुट–फरेविको जालो बुनी, धुत्र्याइपूर्ण तरिका अपनाई उनीहरुले पठाएको त्यो “सुगौली सन्धीको प्रस्ताव मात्र थियो, सन्धी भएको थिएन, सन्धी भएको छैन”   (योगी नरहरि नाथ) अङ्ग्रेजहरुले त्यतिकै सन्धी भयो भनी हल्ला मचाएर एकतर्फी आफ्नो मनोमानी ढङ्गले सुगौली सन्धीको नाउँबाट “नेपालको भूमि एकतिहाई भने जस्तो अतिक्रमण गरी नेपालको साँध सीमा खुम्चयाई दिएका थिए ।

 
 
 
वर्तमान समयमा हाम्रो सामू चुनौतिको रुपमा खडा रहिआएको समस्या भन्नु नै आन्तरिक रुपमा कम्युनिष्ट नकावधारी केपी ओलिको नेतृत्व सरकारको राष्ट्र र राष्ट्रियता प्रति गैर जिम्मेवारी हरकत रहेको छ भने बाह्य रुपमा साम्राज्यवादी र विस्तारवादीहरुको हस्तक्षेप र अतिक्रमणकारी कार्य तिब्र रुपमा हुँदै आइरहेको स्थिति छ । वर्तमान सरकारको राष्ट्र र राष्ट्रियता प्रति गैर जिम्मेवार हरकत भन्नाले, हालै मात्र भारतीय विस्तारवादी मोदी सरकारले नेपालको सार्वभौमसत्ता माथि खुल्लैयाम आक्रमण (अतिक्रमण) गरी लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो राजनैतिक नक्सामा समाहित गरी, नेपालमाथि चुनौति खडा गर्न आएका थिए भने, अहिले फेरि नेपाली भूमि कालापानी क्षेत्रमा हेपाहाप्रबृति अपनाई तिब्बतस्थित कैलाश मानसरोवर लिंकरोड निर्माण गरी भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उदघाटन समेत गर्न भ्याईसकेको वर्तमान स्थितिमा, राष्ट्रप्रतिको आफ्नो दायित्वलाई वर्तमान सरकार खेलवाडको रुपमा प्रस्तुत हुँदै, समस्या समाधान गर्नुको नाउँमा गोहिको आँसु चुहाउनमा व्यस्त रही, आफुले आफैलाई राष्ट्र र राष्ट्रियता प्रतिको कुनैपनि जिम्मेवारी बहन गर्न असक्षम मात्र होइन अझ आफुलाई भस्मासुर सावित गर्दै, राष्ट्र र राष्ट्रियता भाँडमे जा भने जस्तै गरी मिलेनिम च्यालेन्ज कर्पोरेशन ( एमसीसी ) नाउँको अमेरिकी सहयोग कुन कामको प्रयोजनको लागि हो र कसरी प्रदान गरिन्छ भन्ने कुरा स्पष्ट भईसकेको स्थिति, अर्थात यो एमसिसि अमेरिकी परियोजना वास्तवमा माछालाई अल्झाउने बल्छी  जस्तो हो र जसमा सिङ्गो नेपाललाई सिरिया, रुवाण्डा, रुमानीया तथा इराकलाई जस्तै माछा बनाई लटकायर आफ्नो स्वार्थ सिद्ध गर्न बुनेको बल्छी हो भन्ने कुरा खुलासा हुँदाहुँदै पनि अहिले यो राष्ट्रिय संकटको बेलामा अझै यो राष्ट्रघाती परियोजना एमसीसी परियोजना विशुद्ध आर्थिक सहयोग भन्दै हसुर्न लेण्डूप दोर्जे अवतार ओली नेतृत्वको सरकार (सत्तासीन) र प्रतिपक्ष दुवै लालची बनीरहनु अक्षम्य देशदोही चिन्तन हो ।
त्यसो त यो २०७४ साल भदौ २९ गते नेपाली काँग्रेसका अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वाशिङटनमा एमसीसी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरी आएका थिए । अहिले डबल नेकपाका परराष्ट्रि मन्त्री प्रदिप ज्ञवाली अमेरिका गएर एमसीसी सम्झौता नविकरण गरेर आए लगत्तै यि दुबै दलालहरु डबल नेकपा र नेपाली काँग्रेस आपसमा काले काले मिलेर खाउँ भाले भन्दै एमसीसी परियोजना संसदबाट पारित गर्न मरिहत्ते गर्न लागि परिरहेका छन् ।
बृटिस साम्राज्यवादी चंगुलबाट १९४७ मा आएर आफु मुक्त भए लगतै, स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न भू–अखण्ड राष्ट्र नेपालको साँध सीमा मात्र होइन अपितु, अन्य आफ्ना छिमेकी देशहरु माथि पनि गिद्ध दृष्टि गाड्दै हेपा र मिचाहा प्रवृत्तिलाई अख्त्यार गरी थिचो मिचो र हस्तक्षेप कार्य अपनाउँदै आईरहेका हुन् । अङ्ग्रेजहरुलाई आफ्नो पिंठयुमा बोक्दाबोक्दा निधारमा परेको नाम्लोको डाम टुटि नसकेका ती विस्तारवादी वर्तमान मोदी सरकारले नेपालको सार्वभौमसत्ताको साँध सीमा भित्रको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो राजनैतिक नक्सामा समाहित गरी प्रकाशन गर्नु, अहिले फेरी त्यसै भूमिमा लिंकरोड निर्माण गर्न आउनुको अर्थ स्वाभिमानी नेपालीहरुमाथि बुइचढ्ने घृष्टता देखाउँदै दुःसाहस गर्न आइपुगेको वर्तमान स्थितिमा हामीले हाम्रो नेपालको राष्ट्रिय स्वाधिनता रक्षाको निम्ति नेपाली जनमानसमा जिम्मेवारिपूर्ण सोच निर्माण गर्न उपयुक्त हुने ठहरका साथ यो मेची–महाकालीको सीमा विवाद बारेमा योगी नरहरि नाथसँग जनएकता, साप्ताहिकले गरेका कुराकानी, “नेपालको राष्ट्रियता, चुनौति र रक्षाको सवाल” पुस्तकमा साभार गरिएको उक्त कुराकानी पुनः यस लेखमा साभार गरिएको छ ः
योगी नरहरी नाथको जन्म विक्रम संवत १९७१ सालमा कालिकोट जिल्लाको लालु गाउँमा भएको  थियो । ८२ वर्षको उमेरमा २०५३ फागुन १३ गते वहाँको निधन भयो ।
योगी नरहरी नाथ वितिसक्नु भएको छ तर वहाँले खोज अध्ययन गरेका सामग्री देशभक्त हामी नेपालीहरुका लागि महत्वपूर्ण सामग्रीहरु हुन् ।
योगी नरहरी नाथ नेपालको भूगोलको बारेमा एक जानकारी व्यक्ति हुनुहुन्थ्यो । नेपालको सीमा अतिक्रमणका बारेमा, जङ्गे स्तम्भ, सिमा रेखा दशगजा बारेमा जानकारी भएका व्यक्तित्व हुनुहुन्थ्यो । साथै इतिहासलाई हेर्ने र विश्लेषण गर्ने वहाँको आफ्नै शैली थियो । सीमा क्षेत्रको प्रत्यक्ष स्थलगत र पैदलै पुगेर अध्ययन गर्ने व्यक्तित्व शायद वहाँनै हुनुहुन्छ । वहाँले पृथ्वी नारायण शाह देखि यता नेपालले अंग्रेज सरकार सँग, तिब्बत सँग चिन सँग र, बाइसे चौविसे राज्यहरुले गरेका सन्धिहरुको संग्रह–सन्धिपत्र संग्रह संकलन गरी नेपाल र नेपाली जनतालाई ठूलो गुन लगाउनु भएको छ ।
अहिले मेचीमा सीमा विवाद देखा परेको छ र नेपालको केही भू–भाग भारतले अतिक्रमण ग¥यो भनेर त्यहाँका जनताले विरोध शुरु गरेका छन् । यो सीमा विवाद बारेमा तपाई के भन्नुहुन्छ ?
सीमाविवाद समय–समयमा उठिरहन्छ, उठेको थियो । यो विवाद त्यतिखेर पनि उठेको थियो जुन बेला त्यहाँ सुगौली सन्धिको चर्चा चल्यो । सुगौली सन्धि भएको थिएन । सुगौली सन्धि भएको होइन गर्नु प¥यो भन्ने प्रस्ताव चलेको थियो । त्यो बेलामा राजा निर्माणयुद्धको देवहसान भएको र ४ वर्षका राजेन्द्र विक्रम गद्दिमा आएको बेला थियो र सम्पूर्ण सैनिकहरु, भारदारहरु पूर्व पश्चिमको युद्धमा भएको अवस्थामा थियो । त्यो कमजोरीको फाइदा लिएर सुगौली सन्धि भन्ने प्रस्ताव अंग्रेजले गरे ।
तिनीहरु को थिए ?
तिनीहरु थिए ः चन्द्रशेखर उपाध्याय र गजराज मिश्र । तिनीहरुले वहाँको (अंग्रेजको) पत्र लिएर आए । यहाँको पत्र लिएर गए । सन्धिको सीमा निर्धारण गर्न उनीहरुलाई अधिकार थिएन । यस्तो पत्रको दुई, प्रकारको राजदुत हुन्छ । एउटा सन्देशहार, अर्को हुन्छ निशार्थ । जस्तो बहादुर शाहको शासनकालमा दामोदरलाई चीन पठाउँदा दिएको अधिकार निशार्ध थियो । यो सर्वाधिकार थियो । तर यिनीहरुलाई भने कुनै निर्णय गर्ने अधिकार थिएन । पत्रहार (दूत) मात्र थिए । तिनले यहाँबाट (सुगौली नामले सुगौली पनि बसेर) पत्र पठाएका थिए । राजा बालक, परिवार सिपाईहरु मात्र, अरु सबै ठगहरु र सम्पूर्ण भारदारहरु पूर्व पश्चिमको कांगडा किल्लादेखि लिएर कामरु कामक्षसम्म युद्धमा थिए । पत्राहारहरु (दूतहरु)  यस्तो बेलामा अचानक यो पत्र लिएर आए । यो पत्रको उत्तर दिने मान्छे पनि छैन, पत्रमा लालमोहर लगाउन र हस्ताक्षर गर्ने पनि छैन । हाम्रा सैनिकहरु अगाडि बढ्दै छन् । हाम्रो सिमा पर सम्म छ, युद्धमा विजय हुँदैछ, यस्तो बेलामा सन्धि गर्ने चलन छैन भनेर यहाँबाट हस्ताक्षर नगरि र लालमोहर नलगाई यो पत्र फर्काइयो । त्यसलाई फिर्ता लगेर उनीहरुले अंग्रेजलाई दिए । अंग्रेजहरुले सन्धिमा हस्ताक्षर भयो, सन्धि भयो भनेर हचुवाको भरमा हल्ला मच्चाएर एकतर्फि निर्णय गरे । एकतर्फि निर्णय गर्दा पनि तीन जनाको हस्ताक्षर देखाए । उतापट्टिको एकजना र यता पट्टिको तीनै दुबै जना पत्रहार (दूत) मात्र छन् ।
यो सन्धिमा राजाबाट हस्ताक्षर गराउने कुरा पनि उल्लेख छ, हैन र ?
यो लेखिएको ५० दिनमा दुवैतिरबाट हस्ताक्षर गरेर यथाशिघ्र पठाउँला भन्ने लेखिएको छ, तर त्यो कुरा दुवैतिर (कलकत्ता र काठमाडौं) बाट भएन । युद्धको उथलपुथलको समयमा सन्धि भयो भन्ने हल्ला मच्चाएर अंग्रेजहरुले त्यसै हचुवामा भनेका हुन्, उनीहरुको स्वार्थको लागि । सन्धि भएको छैन, हस्ताक्षर भएको छैन, जनताले र राजाले मान्यता दिएका छैनन् । दुई राष्ट्र एक अर्कामा सँग बसेर गरेको काम मात्र मान्यता हुन्छ । राष्ट्रप्रमुख त्यसबेला जुटेका थिएनन् ः विशेष अङ्ग बाहिर थियो । त्यसकारणले त्यो प्रस्तावित मात्र हो त्यसलाई सन्धि भएको हामीले मान्न सक्दैनौं ।
चन्द्र शम्शेरले पछि हस्ताक्षर गरेका छन् त ?
चन्द्र शम्शेरले कलकत्तामा गएर लौ मलाई श्री ३ को मान्यता दिनु प¥यो भनेर अंग्रेजसँग भन्दा चन्द्र शमसेर भन्ने को हो हामीलाई थाहा छैन, हाम्रो सन्धि त जंगबहादुर सँग छ, जंगबहादुरले हामीलाई लखनौंको युद्धमा सहयोग गरेको हुँदा हामीले उसलाई श्री ३ को मान्यता दिएको हो, जंगबहादुरका छोरा कहाँ छन् ? श्री ३ हुन जंगबहादुरको सन्तान हुनु प¥यो, तेरो नाममा चन्द्र शेम्शेर भन्ने छ जंगबहादुृर भन्ने छैन, नातो पनि परेन । अनि तेरो स्वयंम्भू राजाले दिएको पनि छैन, जनताले दिएको पनि हैन, एउटालाई धपाएर तँ आफै बनेको तलाई श्री ३ को पद र मान्यता दिन सक्दैनौं भनेपछि मलाई जसरीभए पनि दिनु प¥यो, तपाईहरुले जहाँ भन्नु हुन्छ त्यहाँ–त्यहाँ सही गरी दिन्छु, पहिले पनि दिएको छु,  मलाई दिनुप¥यो भनेपछि लौ त्यसो हो भने आफ्नो देशको सुन, चाँदी, तामा, खानी जम्मै बन्द गर, तेरा जग्गामा उखुको खेती बन्द गर, कोदो, मकै खेती बाहेक अरु खेती गर्न पाइन्न । अनि कपडा कारखाना कपास फुलाउने यो पनि बन्द गर्नुपर्छ, सारा भाँडा, कुँडा बनाउने कारखानाहरु सबै बन्द गर्न र त्यहाँका १२ वर्ष माथिका सबैलाई सैनिक बनाएर हामीलाई लडाईमा दिने र तैले त्यहाँ सैनिक उपयोग गर्न पाउँदैनस् हामीले जे भन्छौं, त्यो ठाउँमा सही गर्छस भने तँलाई श्री ३ को पदवि दिन्छौं त्यसमा पनि जंगबहादुर भन्ने नाम लेख्नु पर्छ भने । त्यसपछि चन्द्र शम्सेरले जंगबहादुर राणा भन्ने लेख्नुप¥यो । अंग्रेजले जे जे भन्यो त्यसैमा चन्द्र शमसेरले कलकत्तामा सही गरेको हो । त्यसै बेला यताको उता, उताको यता पारियो । त्यो हस्ताक्षर गरेपछि विकास ठप्प भए, धार्केको फलाम खानी चलाउनेलाई हात काटी दिए, डोल्फुको सुन खानी र तामा खानी चलाउनेको हात खतम भो ः हुम्लाको साना गाउँको सुन खानी चलाउनेको हात खतम भयो, १०, १२ ठाउँमा हात काटीयो । नून खानी पनि बन्द भयो, कपासको खेती बन्द भयो । जनतालाई कैद बनाएर जंगबहादुर पछिको जंगबहादुर भन्ने पद लिएर स्वस्ति श्री ३ महाराज चन्द्र शमसेर जंगबहादुर राणा लेखेपछि श्री ३ भन्ने पद पाएको हो । यसरी उसले त्यो सन्धि पास ग¥यो ।
इतिहासमा चन्द्रशम्सेरले मात्र होइन, राजा रणबहादुर शाहले पनि इष्ट इन्डिया कम्पनीलाई नेपालै बेचिदिएका थिए भन्ने कुरा आएको छ नि ?
नेपाल बेचिने भन्ने प्रस्ताव अंग्रेजले राखेका थिए । त्यो त मलाई जसले राजा बनायो, त्यसले बेच्नु   पर्छ । जनताले बेच्छन् भने हुन्छ नत्र मैले बेचेर बेचिने छैन भनेर जवाफ दिएका थिए उनले ।
रणबहादुरले लेखेका पत्रहरु छन् नि ?
ती पत्रहरु उनले लेखेका हैनन् । उनलाई यसो गर भनेर अंग्रेजले लेखेको छ । त्यसबेला हामीसँग प्रमाणहरु छन् । रंगनाथ पण्डित, भिमसेन थापा, पर्शुराम थापा अनि ब्रजनाथ पौडेल आदि २५, २६ जना त्यो बेला रणबहादुर शाहको साथमा छन् । जसलाई त्यो बेला धर्मसंकट र अर्थसंकट परेको थियो । त्यसैले रणबहादुरले जे भने पनि मान्छ भनेर अंगे्रजले झुकाउन खोजेको थियो । त्यसैले चिठीपत्रहरु आए । हामी २६, २७ जनाले मानेर हुने कुरा होइन, यो त ५४ लाखको पल्टनले मान्नु पर्छ र ५ करोड जनताले मान्नु पर्छ । त्यो बेला ५ करोड जनसंख्या थियो अहिले २ करोड छ । अहिले मेची महाकाली मात्र छ, त्यो बेलाको किल्ला कांगडासम्म ५ कोटी जनता थिए । ५ कोटी जनताले र ५२ लाख पल्टनले मान्नु पर्छ, अनि मात्र यो हुन्छ । हामीले भनेर कसैले पनि मान्दैन । यसो भएमा हामीलाई देश प्रवेश गर्न मुस्किल हुन्छ भने पछि अनि रण बहादुर शाहले त्यसो हो भने हामी यहाँ छोडि दिउँ जे गर्नु पर्छ उहीबाट गर्नुपर्छ भने । रणबहादुर शाह रातारात त्यहाँबाट आए । ६ दिनमा काँसीबाट टुडिखेल पुगेका हुन् ।
अघिकै मेची सीमाको कुरामा जाउँ, त्यहाँको सीमा विवाद चाहिँ के हो त ?
सुगौली सन्धि भएको छैन, पास भएको छैन, अंग्रेजहरुले त्यसै हल्ला गरेको हो भन्ने नेपाली पक्षबाट भन्दाभन्दै पनि अंग्रेजहरुले एकतर्फि रुपमा गरेको हल्लाले युद्धलाई नराम्रो प्रभाव प¥यो । त्यो सन्धिको हल्ला चलेको (विक्रम संवत १९७२) एक वर्ष पछि सीमा सीमामा गएका साथीहरु, सैनिकहरु, भिमसेन थापाहरु आएपछि सभा बस्यो । अंग्रेजले यस्तो यस्तो ल्याएको थियो, हामीले फर्कायौं भन्ने थाहा भएपछि एक तर्फबाट सन्धि हुँदैन, यो लाछि सन्धिलाई कसैले पनि मान्यता दिँदैन भन्ने निर्णय भयो । हाम्रा सैनिकहरु अगाडि बढ्दैछन्, हाम्रो परसम्म सीमा छ, यहाँ सीमा राखेर कुरा गर्ने काम असंवैधानिक हो, अमानवीय हो, यसलाई फालिन्छ, लत्याइन्छ भन्ने निष्कर्ष निक्लियो । सोही अनुरुपको कागज लिएर आउने दुईजना दूतहरुलाई बुझाइयो । नेपालको तर्फबाट युद्ध जारी राख्ने कुरा उठेपछि अंग्रेजहरुले यो सीमाबाट नेपालको राजालाई मर्का परे जस्तो छ, भारदारहरुलाई मर्का परे जस्तो लाग्यो, त्यसकारण अलिकति तराई हामी फिर्ता गरि दिन्छौं भनेर वि.सं. १९७३ मा फिर्ता गरेका छन् ।
त्यो फिर्ता गरेको कहाँको प¥यो ?
दक्षिण तिरको सीमा वरपरको सबै । तर त्यसलाई सन्धि नभनी त्यसको नाम दरौवस्त राखिएको छ । त्यहाँका स्थानीय जनता सहित दुबै तिरका भारदारहरुले गएर बसेर जनताले देखाइदिएका ठाउँमा वि.सं. १९७३ मा किल्ला खडा गरेका र चिन्हरु कायम छन्, सुगौली सन्धिको चर्चा चलेपछि तेस्रो वर्षमा टिष्टादेखि यतातिरका सीमाहरु गाडिएका हुन्, ती सीमा जहाँ जहाँ गाडिएका थिए–तिनीहरुलाई जंगबहादुरको पालामा फेरी त्यसै ठाउँमा स्थाई गरियो । त्यसैलाई जंगे पिलर भन्ने गरेका हुन् । त्यो पहिलेकै हो, जंग बहादुरले नयाँ लगाएका हैनन्, आफू पूर्वतिर दौडाहामा गएको बेलामा स्थाई गर्ने भनेर राखिएको खम्बा हो, त्यो जंगबहादुरको पालामा लगाएको हैन, भिमसेन थापाको पालामा लगाएको हो र त्यसैलाई स्थायी गरेर लगाएको हो । जंगबहादुरले त्यसलाई जिर्णोद्धार मात्र गरेका हुन् । त्यो अहिले झिकिएको छ, त्यसलाई यता (नेपाल) तिर सारीएको छ, रातारात धेरै मिचिएर भारतबाट यता डगेको छ, भद्रपुरमा पनि, मेचिमा पनि, मेची पारि पलगलियामा पनि । सबै ठाउँमा सीमा माथि सरेको छ । यसलाई यता तिरकाले त्यति ध्यान दिन सकेनन् । उतातिरकाले मिचेर यतै ल्याएको छ ।
परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले जंगे पिलरलाई स्थायी स्तम्भ हैन, त्यो संकेत स्तम्भ मात्र हो भनेका छन् त ?
संकेतको अर्थ के हो ? ती सीमा स्तम्भमा तल तलसम्म खनेर भुस, कोइला हालेको छ । ती हजारौं वर्षसम्म गल्दैनन् । तिनलाई भुस, कोइला राखेर, त्यसमाथि खम्बाट राखिएका छन् । त्यो हाम्रो सीमाको संकेत गर्ने स्थायी खम्बा हो, अर्को संकेत स्तम्भ हुँदैन । त्यहाँ मात्र होइन अरु ठाउँमा पनि यस्तै छ । त्यो लोहनी बच्चा हो, त्यसलाई केही थाहा छैन । यो हो यो हैन मुखले मात्र भनेर हुँदैन प्रमाणले भन्नु पर्छ ।
प्रमाण ल्याउने कसरी ?
सबभन्दा ठूलो आधार जनता । स्थानीय जनताले, मुखियाहरुले, चौधरीहरुले त्यहाँका बुढा–पाकाहरुले के भन्छन् ? उनीहरुको परम्परा के छ ? जनश्रुति निर्मुल हुँदैन । अहिले पनि एक सय वर्षसम्मका बुढाहरु जीवित छन् । सत्यवादी मेचेहरु जिवीत छन्, उनीहरुले सबै कुरा भन्छन् । यी १००, १०० जना मन्त्री बनेका छन् । यीनीहरुलाई केही थाहा छैन, सन्धि पत्र थाहा छैन, यीनले भूगोलमा कहि पनि पाइला हालेका छैनन्, केही पनि थाहा छैन । यी उडेर विदेश जाने, दिल्ली जाने दुईतिरको दुई जना मिलेर अलिकति लेनदेन गरेर, खान पिन गरेर, बोतल सोतल खाएर त्यसै गरेका सहिले कुनै पनि मान्यता हुन सक्दैन । तिनलाई रद्द गर्नुपर्छ उताको रद्द हुन्छ यो पनि रद्द हुन्छ ।
सन्धि र कागजात नभएका ठाउँमा पुराना सीमा कसरी छुट्याउने त ?
ती ठाउँमा बयरका रुख पनि लगाएका छन् । ती बयरका रुखका एक एक वर्षको एक एक रेखा छन्, ती रेखाले पनि बताउने प्रमाणहरु यथावत छन् । माथिबाट नदीको भलले बगाउँदैमा १०, १२ गजसम्म तल गाडिएका यी सबै प्रमाणहरु खतम हुँदैनन् । ती प्रमाणहरुको आधारमा दुवै तिरका बसेर निर्णय गर्ने हो ।  यतातिरकालाई थाहै छैन, उतातिरकाले रातारात सारिदिएर यस्तो प्रकारको अवैध खाता चल्दैन । कसैले कसैलाई सानो ठानेको होला, सानो कसैले नठानोस्, हात्ती ठूलो हुन्छ, अङ्कुसे सानो हुन्छ । सानो र हात्ती ठूलो भनेर सानोलाई हेप्ने, दवाउने, हैकम चलाउने यस्ता प्रकारको हचुवा काम कसैले पनि नगरोस् पछि त्यो अजिर्ण हुन्छ । त्यसकारणले दिल्लीले अटेरी बनेर कुनै काम गर्छ भने त्यसले पछि झुक्नु पर्छ । त्यसैले नठानोस् आफूलाई ठूलो, आज दिल्ली अर्काले बनाइदिएको ठूलो छ । गोर्खाका २९ लाखले गएर त्यहाँको अखण्डताको एकता राखिदिएको छ । गोर्खालीहरु यतातिर आएको दिन आपसमा मारामार गरेर दिल्ली एकतिस टुक्रामा अलग हुन्छ । ती रहने होइनन्, आजको जस्तो हैकम चल्दैन ।
दिल्लीको कुरा गर्नु भयो यहाँले, दिल्लीलाई मात्र दोष दिएर हुन्छ ? यहाँको सरकारले पनि त त्यो अडान लिएको छैन ।
अडान लिने काममा सरकारलाई ज्ञान छैन, तिनले नक्सा पढेका छैनन, इतिहास पढेका छैनन्, भूगोल पढेका छैनन् । त्यसकारणले जे जे भन्यो त्यसमा हो हो भन्दै यता भन्दा यता सही, उता भन्दा उता   सहि । जहाँ भन्यो त्यहाँ सहि गर्ने केटाकेटी मन्त्री हुन् ।
जंगे पिलरलाई नै स्थायीसीमा थियो भन्ने कागज नक्सा तथा आधारहरु दिन सक्नु हुन्छ ?
यो आधार त्यहाँ राखेको भुस, कोइला छन् । यो आधार बयरका रुख छन् । माथिका कसैले यता उता मिसाए पनि तलको खनेर उठाएको छैन । तल भुस छन्,कोइला छन् ।
जहाँ परे पनि सीमा कायम त्यही हुन्छ । जनतालाई थाहा छ, त्यहाँका चौधरीहरुलाई थाहा छ, त्यस ठाउँमा खनेको थियो, यहाँमाथि बयरका रुख छन्, भुस, कोइला छन् भन्ने त्यहाँका बुढापाकाहरुलाई थाहा छ ।
कागजहरु, सन्धिहरु, नक्साहरु त्यस्तो छ कि छैन ?
त्यस्ता पनि छन् । ती कागजपत्रहरुका सब फाइल छन् । ती कागज बेलायतमा छन् यहाँ पनि छन् । कलकत्तामा पनि छन् ।
परराष्ट्र मन्त्रीले कसैसँग प्रमाण छ भने त्यो ल्याउ भनेका छन् के तपाई त्यो ल्याउन सक्नु हुन्छ ?
चुनौती दिन्छन् भने चुनौती दिनुपर्ला प्रमाण दिनु पर्ला, अहिलेसम्म उनले मलाई सोधेका छैनन् । इतिहास मरेको छैन जीवीत छ, तामपत्र छन्, सुवर्ण पत्र छन्, ताम्र पत्र छन्, सम्पूर्ण काठपत्र छन्, भूत पत्र छन् सबै छन् । तिनीहरुको प्रमाण पेश गर्नु पर्ने समय आउँदै छ ।
अहिले परराष्ट्र मन्त्रीले पनि एउटा नक्सा बाँडेका छन् । यस बारेमा के भन्नुहुन्छ ?
पछिको नक्सा हो, त्यो पहिलेको होइन । उर्दूमा लेखिएको त्यो किर्ते हो । त्यसमा त्यो बेलाका दुवैतिरका खास प्रमाण छैनन् । त्यो बनावटी हो, किर्ते हो त्यसमा दुबै तिरका हस्ताक्षर पनि छैन, लालमोहरु छैन, छ भने तिनले राजाको हस्ताक्षर देखाउन् ।
अहिले महाकाली नदीको बारेमा पनि विवाद देखा परेको छ । यो विवाद कस्तो हो ?
चन्द्र शमसेरको पालमा हामी यताको त्यता दिने, त्यताको यता लिने, सट्टापट्टा गर्ने भनेर उनले मौखिक कुरा गरेका छन् । त्यसको राम्रोसँग सीमा निर्धारण हुन सकेको छैन । त्यो बेलादेखि अहिले पनि त्यसको विवाद छ । महाकालीलाई किर्ते महाकाली बनाएर माथि एक जिल्लाको दुई जिल्ला बनाइदिएका छन् । यता तिरको दार्चुला बनाए उतातिर भारततिरको धार्चुला । उताको सीमा सरे र यहाँ ल्याएको छ । साना–साना खोलाहरुलाई निहुँ बनाएको छ । उतापट्टिका जनतासँग पहिलेका लालमोहर रसिदहरु, सम्पूर्ण कागजपत्रहरु छँदैछन् । हामीले मालपोत तिरेको रसिद यिनै हुन् र हाम्रो यहाँ हो सीमा भनेर धार्चुला पट्टिका जनता अहिले पनि देखाउँदै छन् । तर तिनीहरुको कुरा कोही नसुन्ने । पन्चेश्वरको पनि त्यस्तै   छ । तल ब्रम्हदेव मन्दिरमा पनि त्यस्तै प्रकारले यताको उता पारिएको छ । त्यसको नक्सा सिंहदरबारमा, परराष्ट्र विभागमा, जैसी कोठामा, हनुमान ढोकामा छन्, दरबारमा छन् । सबै नक्सा पनि छन् ।
योगीजी चन्द्रशम्सेरले शारदा बाँध बनाउँदा २८९८ हेक्टर जमिन चाहिँ अंग्रेजहरुलाई दिएको थियो । अहिले आएर जलस्रोत मन्त्री मशुपति शमसेरले भारतले फिर्ता दिई सक्यो भनेका छन् । तपाईलाई यसबारे के थाहा छ ?
दिएको छैन, पाएको छैन ।
राजापुर र आसपासमा दियो रे नि त ?
राजापुरमा दिएको छैन । यिनीहरुलाई (मन्त्रीहरुलाई) इतिहास थाहा छैन, केटाकेटी हुन् ।
कसरी केटाकेटी भन्ने ? यिनीहरुले सन्धि सम्झौता गरेका छन्, देश बेचिरहेका छन् ?
यी विदेशका दलाल पनि हुन्, बच्चा पनि हुन्, कच्चा पनि हुन् । यिनीहरुलाई थाहा छैन यिनले सन्धि गरेर हुँदैन ।
अघि पुर्वको सीमा जंगबहादुरले जिर्णोद्धार गरेको बताउनु भयो । अंग्रेजहरुले दिन भनेको दुई लाख नदिएको झोंकमा जंगबहादुरले नदीको घाट ठेक्का लगाएर पैसा उठाउन सीमा जिर्णोद्धारको नाममा नयाँ लगाएको त होइन ?
यो इतिहासमा लेखिएको छैन । त्यो रणबहादुरको पालामा र गिर्वाणयुद्ध विक्रम शाहको पालामा २ लाख रुपैयाँ वर्षको दिने भन्ने लेखिएको थियो । २ लाख रुपैयाँ दिएनन् । तराई पनि फिर्ता भयो । तराई फिर्ता भएको भिमसेनको दरोवस्त भन्ने छ । यताका र उताका दुवै तिरका जनता राखेर सीमा कहाँ अगाडि कहाँ पछाडि बढाउनु पर्छ भनेर निर्णय भयो । पहिलेका कागजपत्र, प्रमाणपत्रहरु राखी जनताको सहमती लिएर पुराना हस्ताक्षर भएका छाप लागेका कागजपत्रहरु छन् । इतिहासमा प्रमाण छन् त्यसै हचुवामा होइन । त्यहाँ पनि त्यस्तै छ पुर्व तिरको पनि जंगबहादुरको पालाको हैन जंगबहादुरको पालाको त नयाँ मुलुक भनिन्छ । बाँके, बर्दिया, कैलाली, कन्चनपुर ती चार जिल्लाको मात्र हो, त्यो लखनऊ पछिको    हो । पूर्वको जिर्णोद्धार नै हो ।
नयाँ मुलुक सन्धि भएको १४ वर्ष पछि इष्ट इन्डिया कम्पनी र नेपाल सरकारको तर्फबाट चाहिं दुई देशको सीमा निर्धारण गर्ने एउटा नक्सा बनाएको छ रे । त्यो अंग्रेजले मिलेर बनाएको भन्ने पनि छ । नेपालका केशव गुरुङ भन्नेले हस्ताक्षर गरे भनिन्छ । तपाईलाई के थाहा छ ?
केशव गुरुङले नक्सा ठीक गरेको हो । सैनिक हो त्यो केशव गुरुङ । केशव गुरुङको हातले बनाएको नक्सा यहाँ पनि छ । ठीक तरिकाले बनाएको हुनाले दुवैतिरका जनताले उसलाई पाँच समय विगा जमिन देहरादुनमा विर्ता दिएको छ । अहिले देहरादुनमा केशवका सन्तानहरु छँदैछन् । उसको ताम्र पत्र छ, लालमोहर छ, सबै छ, केशव गुरुङले सम्पूर्ण राष्ट्रको नक्सा बनाएको हो ।
सिंहदरबारमा आगोलाग्दा कागजपत्र जल्यो भन्छन् नि ?
सिंहदरबारमा आगो लाग्दैमा सबैमा लागेको छैन, एक ठाउँमा जल्यो त्यस्ता ३, ४ ठाउँमा थियो । अहिले आवश्यकता प¥यो भने निस्कन्छन् ।
अहिले त आवश्यकता प¥यो नि । मेचीका जनताहरु चाहियो भनेर माग गरिरहेका छन् ।
चाहियो भने त्यसका लागि उहाँका बुढापाकाहरुलाई बोलाउनु प¥यो, हामीहरुले पुराना प्रमाण निकाल्नु प¥यो, निकालेपछि मैदानमा आउँछ । यी केटाकेटी मन्त्रीले भनेको चाहिं हुँदैन ।
यो त भयो सुगौली सन्धिबारे यथार्थ जानकारी, फेरिपनि नेपाल र इष्ट इन्डिया बीच ती अङ्गे्रजहरुले भन्ने गरे जस्तै सुगौली सन्धि भए गरेकै हो भनेता पनि र अन्य अन्य सन्धि सम्झौताहरुको बारेमा समेत स्पष्ट हुनेगरी –“सन् १९५० जुलाई ३१ मा भएको नेपाल भारत बीच शान्ति तथा मैत्री सन्धिको धारा ८ मा यो सन्धि भएको मिति भन्दा पहिले भारत सरकारका तर्फबाट नेपाल सरकार र बेलायत सरकार बीच भएका सबै सन्धि पत्र, स्वीकारपत्र र कबुलनामाहरुलाई खारेज गरेको अवस्था र ३० अक्टोवर सन् १९५० को नेपाल बेलायत बीच भएको सम्झौता धारा ८ मा पनि काठमाडौंमा भएको २१ दिसेम्बर १९२३ को सन्धि तथा यस पूर्वका सम्पूर्ण सन्धिहरु व्यवस्थाहरु र सम्झौताहरु वर्तमान सन्धि लागू भएसँगै कार्यरुपमा प्रयोग हुनुबाट बञ्चित गरिएको प्रावधान छ ।
बेलायतको संसदले १८ जुलाई १९४७ मा पारित गरेको ‘इण्डिया इन्डीपेन्डेन्ट ऐक्ट’ मा स्पष्ट रुपमा हामी जुन अवस्थामा भारत आएका थियौं, त्यही अवस्थामा छाडेर जान्दैछौं भनी लेखिएको निर्णय छ ।
भारत, बृटिस साम्राज्यवादबाट स्वतन्त्र भएपछि नेपालको भूभाग भारतको अधिनमा रहने भन्ने कुनै सन्धि सम्झौता वा समझदारी भएको छैन र त्यस्तो कुनै प्रावधान नभएकाले अंगेजले हडपेको जमिन नेपालको साँध सीमा हामीले हाम्रो प्राणभन्दा प्यारो देश नेपालको सार्वभौमसत्ता भू–अखण्ड राष्ट्रको पूर्ववत नेपालको साँध सीमा तत्वल्दै राष्ट्रिय स्वाधिनताको रक्षार्थ सच्चा देशभक्त स्वाभिमानी आम–नेपाली एकजुत भई निरन्तर अगाडि बढ्नु आजको अनिवार्य शर्त हुनुसँगै यो राष्ट्रिय आवश्यक्ता पनि हो र हाम्रो यो राजनैतिक दायित्व पनि हो ।
 २०७६÷१०÷६
ताहाचल,  काठमाडौँ