आज मंगलबार थप २७ जनामा कोरोना संक्रमण । काठमाडौं ३, भक्तपुरको १, ललितपुर १ गरी उपत्यकामा जम्मा पाँच जना

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४०२, मध्ये ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु

प्रकाशित मिति : २०७७ जेष्ठ ६

- मूलबाटो डट्कम सम्वाददाता

६ जेठ, काठमाडौं,
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।
यसरी मंगलवारसम्म कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको बताए ।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३२ हजार ६ सय ४ परीक्षणहरु छ ।
हालसम्म आइसोलेसनमा देशभरी ४५७ जना रहेका छन् । उपत्यकामा १७ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ४४० जना रहेका छन । क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना छन । मंगलबारसम्म मुलुकका ३८ जिल्लामा संक्रमण फैलिइसकेका छ ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन ।