लिम्पियाधुरासहितको नयाँ नक्सासम्बन्धी निर्णय सकारात्मक, चोर दुलोबाट एमसीसी पास गराउन खोज्नु ओली सरकारको षड्यन्त्रकारी तथा राष्ट्रघाती कदम ः क्रान्तिकारी माओवादी

प्रकाशित मिति : २०७७ जेष्ठ ६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अमेरिकी सैन्य रणनीतिको हिस्सा भएको बताउँदै सरकारले नीति कार्यक्रम ०७७÷०७८ मा एमसीसी सम्झौतालाई समावेश गरी चोर दुलोबाट संसदद्वारा पास गराउन खोजेको भन्दै त्यसको घोर विरोध एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले मंगलबार जारी गरेको वक्तव्यमा सरकारको यो कदमलाई षड्यन्त्रकारी र राष्ट्रघाती कदमको संज्ञा दिंदै ओली सरकारको यो षडयन्त्रकारी तथा राष्ट्रघाती कदमलाई असफल तुल्याउनका लागि चारैतिरबाट दवाव सृष्टि गर्न सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विनम्र अनुरोध समेत गरेको छ ।

वक्तव्यमा भनिएको छ, “मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अमेरिकी सैन्य रणनीतिको हिस्सा हो र यो नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध छ भनेर देशभक्त नेपालीहरुबाट चर्को विरोध हुँदै आएको कुरा सबैलाई अवगतै छ । तर, ओली सरकारले एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० के. भी. प्रसारण लाइनको निर्माण कार्यलाई नेपाल सरकारको नीति तथा कार्यक्रम ०७७÷०७८को बुँदा नं २१० र २११मा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वारा पारित गराउने धृष्टता गर्दैछ । हाम्रो पार्टी ओली सरकारको यो षडयन्त्रकारी तथा राष्ट्रघाती कदमको घोर विरोध एवम् भत्र्सना गर्दछ । राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पु¥याउने एमसीसी संझौतालाई स्वीकृति दिने गरी सरकारको नीति तथा कार्यक्रमलाई पारित नगर्न हामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सम्पूर्ण साँसदहरु समक्ष जोडदार माग गर्दछौं । साथै, ओली सरकारको यो षडयन्त्रकारी तथा राष्ट्रघाती कदमलाई असफल तुल्याउनका लागि चारैतिरबाट दवाव सृष्टि गर्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त तथा आम जनसमुदायमा विनम्र अनुरोध गर्दछ ।”
त्यसैगरी महासचिव किरणले जारी गरेको वक्तव्यमा लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेत समावेश गरी नयाँ नक्सा जारी गर्ने भनि गरेको निर्णयलाई भने सकारात्मक रुपमा लिएको छ । सरकारको यो निर्णयलाई वक्तव्यमा देशभक्त नेपाली जनता, प्रवुद्ध वुद्धिजीवि तथा सहयोगी मित्रहरु र हाम्रो पार्टीद्वारा निरन्तर सञ्चालन गरिंदै आएका सङ्घर्षको प्रतिफलका रुपमा ग्रहण गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “सरकारद्वारा लिम्पियाधृुरा, कालापानी, लिपुलेक समेतलाई समेटी नयाँ नक्सा बनाएर सार्वजनिक गर्ने भनी लिएको निर्णयलाई हाम्रो पार्टी सकारात्मक ठान्दछ । यसलाई देशभक्त नेपाली जनता, प्रवुद्ध वुद्धिजीवि तथा सहयोगी मित्रहरु र हाम्रो पार्टीद्वारा निरन्तर सञ्चालन गरिंदै आएका सङ्घर्षको प्रतिफलका रुपमा ग्रहण गर्दछ । साथै सो निर्णयको दृढ कार्यान्वयन गर्न, भारतीय सुरक्षा फोर्सलाई कालापानी क्षेत्रबाट हटाउन, सो क्षेत्रमा बाटो निर्माण कार्यलाई रोक्न र नेपाली सुरक्षा पोस्टहरु राख्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ । प्रस्तुत नक्सामा मिले नमिलेका विषयबारे सो नक्सा हेरे पछि आवश्यक अभिमत जाहेर गरिने छ ।”