एमसीसी योजना नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित विपरीत भएको भीम रावलको भनाई

एमसीसी योजना नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित विपरीत भएको भीम रावलको भनाई

जेष्ठ ५, काठमाडौँ
 सत्तारुढ नेकपाका नेता भीम रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आवाजविपरीत हुने बताएका छन । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले सरकारले पछाडिको ढोकाबाट एमसीसी घुसाउन खोजेको पनि आरोप लगाए ।
नीति तथा कार्यक्रममा एमसीसी स्पष्ट रूपमा उल्लेख नगरिए पनि त्यसमा राखिएका विद्युत ट्रान्समिसन लाइनका योजना नीति तथा कार्यक्रममा राखिएका छन । त्यसलाई सांसद रावलले ुएमसीसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो लागेकोु भन्दै शंका गरेका हुन ।
एमसीसीबारे नेकपाभित्र विरोध गर्दै आएका रावलले भने, ुएमसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको छ । त्यो भयो भने नेपाली जनताले उठाउँदै आएको आवाज विपरीत हुने छ । राष्ट्रहितविपरीत हुनेछ । स्वाधीनता र स्वतन्त्र देशको हैसियतमा पैसामा साट्न सकिँदैन,ु उनले भने ।
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबारको बैठकमा एमसीसी तत्काल पारित गर्न सरकारसँग माग गरेका थिए । उनले आगामी दिनमा वैदेशिक सहयोग नआउने भएकाले अमेरिकी सहयोग स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।
देउवातिर संकेत गर्दै रावलले महाकाली सन्धि सम्झिन आग्रह गरे । उनले त्यतिबेला महाकाली सन्धि पनि तत्काल पास गर्नुपर्छ भन्नेमा देउवा रहेको बताए । ुनेपाली कांग्रेसका एक नेताले भन्नुभयो यो छिटो पास गर्नुपर्छ । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै भन्नुभएको थियो,ु रावलले भने । महाकाली सन्धि पूर्ण कार्यान्वयन नभएर नेपाललाई घाटा भएको उनको भनाइ थियो । ुत्यसमा १०–१० वर्षमा पुनरावलोकन हुनेछ भन्ने कुरा भएको थियो, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन नै भयो,ु रावलले भने ।
सरकारले मुलुकमा अन्तर्राष्ट्रिय औद्योगिक क्षेत्र खोल्ने भन्ने कुरा नीति तथा कार्यक्रममा राखेकोबारे पनि रावलले आशंका गरेका छन । उनले कुन कानुनअन्तर्गत त्यस्ता योजना ल्याएको भन्ने स्पष्ट नभएको बताए ।
नीति तथा कार्यक्रमले कोरोनाले पार्ने प्रभावलाई मध्यनजर गरेर शिक्षा तथा स्वास्थ्य क्षेत्रका लागि ल्याएका परियोजना सही भएको रावलको भनाइ थियो । विदेशबाट फर्किने नेपाली नागरिकका लागि रोजगारीका कार्यक्रम ल्याउनुपर्ने उनले सुझाव दिएका छन ।