डबल नेकपाको अन्तर विरोध कहाँ गएर टुंगिने छ ?

प्रकाशित मिति : २०७७ बैशाख २९

- रामसिंह श्रीस

अहिले सरकार चलाइरहेको नेकपा (नेकपा) को बारेमा जनस्तरमा ब्यापक बहस छलफल र आलोचना भइरहेको छ । जब डबल नेकपाको सरकारले राष्ट्रहित र जनहित विपरित कामहरुमा वृद्घि गर्दै गयो, भ्रष्टाचारलाई संस्थागत रुपमा अगाडी बढाउदै लग्यो र भ्रष्टाचारीहरुलाई कार्वाही गर्नुपर्नेमा सम्रक्षण गर्दै गयो तब यो पार्टी र सरकारको विषयमा ब्यापक टिका टिप्पणीहरु र आलोचना भैरहेको छ । नयाँ कोभिड–१९ को विश्वब्यापी महामारीको यस अवधिमा यो पार्टी र यसको सरकारको बास्तविक चरित्र अरु उडाङगो भइरहेको छ । अझ अहिले यो पार्टी भित्र देखा परेको अन्तरविरोधले पनि जनताको ध्यान त्यता तिर केन्द्रित गरिरहेको छ ।
डबल नेकपा र त्यसको सरकारको बारेमा छलफल, बहस र आलोचना भइरहदा मुख्य त कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारले राष्ट्र र जनताको हितमा काम गरेन, भ्रष्टाचारीहरुलाई सम्रक्षण गर्यो भन्ने कोण बाट बढी आलोचना र विरोध  भइरहेको छ । सर्वप्रथम डबल नेकपा कम्युनिष्ट हो की होइन भन्ने विषयमा विचार गरौं । सच्चा कम्युनिष्ट को हुन सक्छ भन्ने विषयमा का. लेलिन भन्नुहुन्छ “जो मात्र वर्ग संघर्षलाई मान्दछ त्यो अझै माक्र्सवादी होइन, त्यो अझै पनि पुंजीजीवि चिन्तन र पुंजीजीवि राजनितिको घेरा बाट बाहिर निस्किएको न हुन सक्छ । माक्र्सवादलाई वर्ग संघर्षको सिद्धान्तसम्म मात्रै सिमित राख्नुको अर्थ हो –माक्र्सवादलाई लंगडो तुल्याउनु, त्यसलाई बंग्याउनु र त्यसलाई पुंजीजीवि वर्गको निम्ति मान्ने हुन सक्ने किसिमको बनाउनु । मात्र त्यो माक्सवादी हो जो वर्ग संघर्षको मान्यतालाई सर्वहारा वर्गको अधिनायकत्वको मान्यता सम्म नै लागु गर्दछ । एक माक्र्सवादी र एक साधारण निम्न पुंजीजीवि विचको सबभन्दा गम्भिर अन्तर यहीनै हो । यसै कसीमा घोटेर नै माक्र्सवादको वास्तविक समझदारी र मान्यताको परिक्षा गरिनु पर्दछ ।” लेलिन – राज्य र क्रान्ति पृ. ४२÷४३ । लेलिनको माथिको यो भनाई अनुसार जसले वर्ग संघर्षको मान्यतालाई सर्वहारा वर्गको अधिनायकत्वको मान्यता सम्म लागु गर्छ त्यो मात्र सच्चा माक्र्सवादी (कम्युनिष्ट) हो । जसले माक्र्सवादलाई वर्ग संघर्षको सिद्धान्त सम्म मात्र सिमित राख्छ र सर्वहारा वर्गको अधिनायकत्वलाई मान्दैन उ साधारण निम्म पुंजीजीवि हो । लेलिनको यस भनाइको आधारमा हेर्दा डबल नेकपा माक्र्सवादी (कम्युनिष्ट) होइन । किनभने उसले वर्ग संघर्षको मान्यतालाई सर्वहारा वर्गको अधिनायकत्वको मान्यता सम्म मान्दैन । त्यसले संसदिय व्यवस्थालाई मान्दछ । सर्वहारा वर्गको अधिनायकत्वलाई तानासा भन्दछ । लेलिनले भने झै डबल नेकपाले माक्र्सवादलाई पुंजीजीवि वर्गको निम्ति मान्य हुन सक्ने किसिमको बनाइरहेको छ । त्यसैले आफुलाई सच्चा कम्युनिष्ट मान्ने र आम श्रमिक वर्ग के कुरामा प्रस्ट हुनुपर्छ भने डबल नेकपा कम्युनिष्ट पार्टी होइन र यसको सरकार पनि कम्युनिष्ट सरकार होइन ।
सच्चा कम्युनिष्ट पाटी होइन भन्ने थाहा हुदाहुदै पनि आज सबै खाले प्रतिकृयावादी शक्तिहरुले डबल नेकपालाई कम्युनिष्ट पार्टी नै हो र त्यसको सरकार कम्युनिष्ट सरकार हो भनेर प्रचार गरिरहेका छन् । त्यसो गर्नुको पछाडी उनीहरुको निहित उद्धेश्य छ । त्यो उद्धेश्य भनेको जो कम्युनिष्ट होइन त्यसलाई कम्युनिष्ट भनि प्रचार गरेर उनीहरु बाट सर्वहारा वर्ग र आम श्रमिक वर्गको विरुद्धमा हुने कार्या बाट कम्युनिष्ट आन्दोलन माथि प्रहार गर्ने र जनतामा कम्युनिष्टहरु प्रति नकारत्मक भाव पैदा गराउनु हो । त्यस कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिकृयावादी शक्तिहरुले डबल नेकपालाई जसरी कम्युनिष्ट पार्टी भनेर प्रचार गरिरहेका छन् त्यसभ्रम बाट सर्वहारा वर्ग र आम श्रमिक जनतालाई मुक्त गराउनु पर्दछ ।
कम्युनिष्ट पार्टीको उद्धेश्य भनेको वर्ग विहिन, सोषण विहिन समाजको निमार्ण गर्नु हो । त्यो उद्धेश्य प्राप्त गर्नका लागी कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो देशको परिस्थिति अनुसार कार्यक्रम निश्चित गर्छन् । फरक फरक देशको फरक फरक परिस्थितिमा कार्यक्रमहरु फरक भए पनि त्यस को सार भनेको सर्वहारा वर्ग, मजदुर, किसान र आम सोसित पिडित जनताको हितको पक्षमा काम गर्नुहुन्छ । त्यसरी उत्पिडित वर्गको पक्षमा काम गर्दा उत्पिडक वर्ग माथि अधिनायकत्व लगाउनु पर्ने हुन्छ । तर अहिलेको डबल नेकपा सारमा साम्राज्यवाद र विस्तारवाद द्वारा निर्देशित र परिचालित छ । यसले साम्राज्यवादी भूमन्डलिकरण, उदारीकरण र निजिकरणलाई स्वीकारेको छ । यसको अर्थराजनिति भनेको अन्तराष्ट्रिय रुपमा साम्राज्यवाद तथा विस्तारवादको सेवा गर्नु हो भने राष्ट्रिय रुपमा दलाल तथा नोकरशाही पुंजीपति र सामन्त वर्गको सेव गर्नु हो । त्यसरी डबल नेकपाले मजदुर किसान लगाएत आम उत्पिडनमा परेका जाती समुदायको हितको पक्षमा पनि काम गर्दैन ।
अहिले आम जनसमुदायको ध्यान केन्दि«त भएको अर्को विषय भनेको डबल नेकपा भित्र चलेको शक्ति संघर्ष हो । अहिले त्यस पार्टी भित्रको अन्तरविरोध यति उत्कर्षमा पुगेको छ कि स्थायी समितिका सदस्यहरुले बैठको लागी लिखित रुपमा निवेदन दिदा पनि स्थायी समितिको बैठक बस्न सकेको छैन । आखिर उनीहरु भित्रको अन्तर विरोधको वास्तविक विषय वस्तु के हो त ? भनेर हे¥यौ भने त्यहाँ एमसीसी सम्झौता बाहेक कुनै सिद्धान्त, विचार, निति र कार्यक्रमको विचमा चलेको अन्तर संघर्ष होइन । त्यो खालाी पदको लागी चलेको अन्तरसंघर्ष हो । एमाले र माओवादी केन्द« बीच एकता हुँदा पनि पदकै विषयमा कुरा नमिल्दा दुई जना अध्यक्ष बनाइएको थिायो । अहिले एक जना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीको आधिकारीक निर्णय नगराई आफ्नो गुटलाई लिएर अगाडी बड्न थालेपछि त्यो पार्टीमा अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ । यो अन्तरसंघर्ष कहाँ गएर टुंगिनेछ ? यसको सहजै अनुमान गर्न सकिन्छ कि अन्ततः अहिलेको सचिवालयका नेताहरु र उनका पक्षका अन्य नेता तथा कार्यकर्ताहरुलाई पदिय भागबन्दा मिलाएरनै यसको हल गरिनेछ । उनीहरुको यस अन्तरविरोधले व्यक्तिहरुको हकमा केही फेर बदल भएपनि राष्ट्र र आमश्रमिक जनताको पक्षमा अग्रगामी परिवर्तन हुने छैन । यहि दलाल तथा नोकरशाही पुंजीपति र सामन्तवर्गको राज्यसत्तालाई मदत पुग्नेगरी कामहरु अगाडी बढ्ने छन । भ्रष्ट्राचार रोकिने छैन अरु संस्थागत हुदै जाने छ । धनी र गरिब बिचको खाडल अझै बढ्दै जाने छ । 
२०७७।०१।२८