देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल कर्णाली प्रदेश संगठन समितिका अध्यक्ष दिपकबहादुर शाहीको प्रेश वक्तब्य

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल कर्णाली प्रदेश संगठन समितिका अध्यक्ष दिपकबहादुर शाहीको प्रेश वक्तब्य

वैषाख २८, काठमान्डौ,
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल कर्णाली प्रदेश संगठन समितिका अध्यक्ष दिपकबहादुर शाहीले एक प्रेश वक्तब्यद्धारा कर्णाली प्रदेशको ग्रामिण भेगमा महामारीको उच्च जोखिम रहेको हुँदा ट्रेसिङ्ग र परिक्षणको दायरा बढाउन कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । साथै सिङ्गो देश कोरोना महामारीको विरुद्धमा लडिरहेको अवस्थामा भारतीय विस्तारवादी शासकहरुद्धारा नेपालको कालापानी क्षेत्रमा नेपाली भुमी अतिक्रमित गरी बाटो बनाउने कार्य गरेर नेपालको सार्वभौमिक्ता र भौगोलिक अखण्डता माथिको ठाडो हस्तक्षेप भएकोमा  भारतीय पक्षलाई नेपाली भुमीबाट तुरुन्त पछि हट्न चेतावनी दिएका छन् र नेपाल सरकारसंग यसबारेमा तुरुन्त आफ्नो दृष्टिकोण र्सावजनीक गरेर सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न जोडदार माग गरेका छन् । वक्तब्यको पूर्ण पाठ तल दिइएकोछः
प्रेश वक्तब्य
झण्डै २ महिना अघिदेखि कोरोना महामारीका कारण देश बन्दा बन्दीमा छ । लाखौं नेपाली नागरीक देश भित्र र वाहीर रोजगारी गुमाएपछि गाँस र बासको अभावमा अलपत्र छन् । स्वास्थ्य सामाग्री र जनशक्तिको अभावमा स्वास्थ्य परिक्षण कार्यक्रम समेत प्रभावित भएको छ । देशब्यापी यस्तो अवस्था विद्यमान छ । त्यसमा पनि लकडाउन सुरु भईसकेपछि १५ हजार भन्दा बढी नागरिकहरु भारतबाट कर्णाली प्रदेशमा भित्रिएको अनुमान छ । उनीहरुको परिक्षण त टाढाको कुरा हो उनीहरु कहाँ कुन अवस्थामा छन् एकिन गर्न सक्ने अवस्था समेत छैन । यसकारण कर्णाली प्रदेशको ग्रामिण भेगमा महामारीको उच्च जोखिम रहेको हुँदा ट्रेसिङ्ग र परिक्षणको दायरा बढाउन कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराईन्छ ।
सिङ्गो देश कोरोना महामारीको विरुद्धमा लडिरहेको अवस्थामा भारतीय विस्तारवादी शासकहरुद्धारा नेपालको कालापानी क्षेत्रमा नेपाली भुमी अतिक्रमित गरी बाटो बनाउने कार्य गरेर नेपालको सार्वभौमिक्ता र भौगोलिक अखण्डता माथिको ठाडो हस्तक्षेप भएको छ । भारतीय पक्षलाई नेपाली भुमीबाट तुरुन्त पछि हट्न चेतावनी दिन चहान्छौं र नेपाल सरकारले यसबारेमा तुरुन्त आफ्नो दृष्टिकोण र्सावजनीक गरेर सीमा अतिक्रमणको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न जोडदार माग गर्दछौं । साथै भारतीय अतिक्रमणका विरुद्ध प्रदर्शनमा उत्रियका विद्यार्थी लगायतका जनसमुदाय माथि गरेको प्रहरी हस्तक्षपको समेत भत्सर्ना गर्दछौं । यस्तो नाङ्गो हस्तक्षेपका विरुद्धमा सम्पुर्ण देशभक्त न्यायप्रेमी जनसमुदायहरुलाई आन्दोलनमा एक्यवद्धता जाहेर गर्न हार्दिक आव्हान गर्न चहान्छौं ।
दिपकबहादुर शाही
अध्यक्ष
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल
कर्णाली प्रदेश संगठन समिति
मिति ः२०७७ वैषाख २८