काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत अतिक्रमित भूमि फिर्ताको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले विरोध प्रदर्शन गरेको छ । प्राप्त जानकारी अनुसार भक्तपुरमा क्रान्तिकारी माओवादीले आइतबार भारतले नेपाली भूमि मिचेर भारतले बनाएको सडकमो विरोधमा छडके जुलुस निकाल्यो । जिल्लाको सूर्य विनायक चोकमा महामारीका कारण सामाजिक दुरी कायम गर्दै छडके जुलुस निकालिएको जिल्ला सचिव श्रीकृष्ण सुलुले बताए ।
प्राप्त जानकारी अनुसार जारी लकडाउनकै बीच मंगलबार भारतीय विस्तारवादको विरोध र राष्ट्रिय स्वाधीनताको रक्षाको माग गर्दै सिन्धुलीको भिमानमा विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय युवा, विद्यार्थी र जनता समेतको उल्लेखनिय उपस्थिति रहेको थियो । प्रहरी प्रशासनले कार्यक्रम लाई रोक्ने प्रयास गरे पछि केही समय प्रहरी र युवाहरुको बिचमा सामन्य विवाद समेत भएको थियो । जुलुससहित बजार परिक्रमा पश्चात् सहिद स्मृति पार्कमा पुगेर कार्यक्रम कोणसभामा रुपान्तरण भएको थियो ।


कोणसभालाई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटी सम्बोधन गरेका थिए । बोगटीले “नेपाली जनता कोभिड(१९ को विश्वव्यापी महामारी र राष्ट्रिय स्वाधीनताको संघर्षमा एक साथ जुधिरहेको बताएका थिए । कार्यक्रममा भारतीय विस्तारवाद–मुर्दावाद !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !, कालापानी–लिपुलेक– लिम्पियाधुरा– हाम्रो हो !, भारतिय सेना–कालापानी छोड ! जस्ता नाराहरु लगाइएका थिए ।
कैलालीको धनगढीबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजनामा विरोध प्रदर्शनका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीको पुत्लादहन समेत गरिएको थियो ।
कैलालीको धनगढीमा आयोजना गरेको विरोध कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट, क्रान्तिकारी माओवादीका कैलाली सेक्रेटरी रुद्र कँडेल लगायतले सम्बोधन गरेका थिए ।
त्यसैगरी तनहुँबाट प्राप्त समाचार अनुसार भारतीय विस्तारवादको विरूद्ध क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ ले तनहूँमा विरोध कार्यक्रम गरेको छ ।
बन्दाबन्दीको बीच देजमोले तनहूँको सदरमुकाम दमौलीमा देजमो नेपाल ४ नं प्रदेश समितिको आयोजनामा भारतीय बिस्तारवादी हस्तक्षेप र ओली सरकारको बिरुद्दमा बिरोध सभा सम्पन्न गरेको हो । सभाको अध्यक्षता र सञ्चालन देजमो नेपालका केन्द्रिय सदस्य एवम् ४ नं प्रदेश अध्यक्ष नेत्र रानाभाटले गरेका थिए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का बैकल्पिक केन्द्रिय सदस्य दिनेशले मन्तब्य राखेका थिए ।

हार्दिक शुभकामना !

 

 

प्रतिक्रिया

सम्बन्धित खवर