काठमाडौं । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मात्र एकै दिन २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थपिएका संक्रमितहरुमा कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन् । उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

सोमबार मात्रै प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र बर्दियामा गरी २३ जना तथा प्रदेश २ को सप्तरीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको थियो ।

हार्दिक शुभकामना !

 

प्रतिक्रिया

सम्बन्धित खवर