काठमाडौं । मंगलबारको कोरोना परीक्षणको सार्वजनिक विवरण अनुसार विरगंजका पकार र कपिलवस्तुमा स्वास्थ्यकर्मी समेत संक्रमित भएको पाइएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।

कपिलवस्तुमा पनि समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण स्थानीयस्तरमै फैलिएको पाइएको हो । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो । संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

हार्दिक शुभकामना !

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा रहेको बताइएको छ । मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ । उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

यता पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर