नेपालगञ्जमा थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्जमा थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो


काठमाडौं । बाँकेको नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ ।
नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । योसँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।

संक्रमितको संख्या बढ्दै गर्दा संघीय सरकारले भने लक डाउन खुकुलो पार्ने तयारी गरिरहेको बुझिएको छ । नेपालगञ्जमा संक्रमण बढेपछि कर्णाली प्रदेशमा आवतजावतमा रोक लगाइएको छ ।

संक्रमितमध्ये १६ जना भने स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । संक्रमितमध्ये रूपन्देहीमा १, नेपालगञ्जमा २३, धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा ९ र विराटनगरमा ३१ जना उपचाररत छन् ।