१.के हो कोरोनाभाइरस
कोभिड–१९ एउटा नोवल(नयाँ) भाइरस हो । तर यो कोरोना भाइरस परिवार भित्रकै एक प्रकारको भाइरस हो । कोरोना भाइरसको खोज भाइरोलोजिस्ट डाक्टर जून अलमेडाले सबैभन्दा पहिले सन १९६४ मा लण्डनको सेन्ट थोमस अस्पतालमा रहेको प्रयोगशालामा गरेकी थिइन ।
अलमेडाको जन्म सन १९३० मा स्कटल्याण्डको ग्लासगो शहरको उत्तर–पूर्वस्थित एक बस्तीमा बस्ने निकै साधारण परिवारमा भएको थियो । १६ वर्षको उमेरमा स्कूलको पढाई पूरा गरेपछि जूनले ग्लासगो शहरकै एक प्रयोगशालामा प्राविधिकको रुपमा काम गर्न सुरु गरिन । पछि उनी नयाँ सम्भावनाको खोजका लागि लण्डन गइन । त्यहाँ बार्थोलोमेउ अस्पतालमा आफ्नो करियर अघि बढाइन ।
उनले आफ्नो अनुसन्धानलाई सामान्य रुघा–खोकीमाथि केन्द्रीत गरिन । विवाह गरेको केही वर्षपछि उनी पती र आफ्नी छोरीसँग क्यानडाको टोरोन्टो शहर गइन । उनी त्यहाँको ओन्टोरियो क्यान्सर इन्स्टिच्युटमा इलेक्ट्रोनमाइक्रोस्कोपिस्टको रुपमा काम गरिन ।
क्यानडाकै ओन्टारियो क्यान्सर इन्स्टिच्युटमा डाक्टर जून अलमेडाले एक इलेक्ट्रोन माइक्रोस्कोपको सहारामा आफ्नो उत्कृष्ट कौशल विकसित गरिन । यो संस्थामा काम गर्दै गर्दा उनले एउटा यस्तो विधिमा विशिष्टता हाँसिल गरेकी थिइन जसको मद्दतले भाइरसको कल्पना गर्न निकै सजिलो भएको थियो ।
बेलायतले डाक्टर जून अलमेडाको कामको महत्वलाई बुझेर सन १९६४ मा उनलाई लण्डनको सेन्ट थोमस मेडिकल स्कूलमा काम गर्ने प्रस्ताव राख्यो । यो त्यहि अस्पताल हो जहाँ कोभिड–१९ बाट संक्रमित भएपछि ब्रिटेनका वर्तमान प्रधानमन्त्री बोरिस जोनसोनको उपचार भएको थियो ।
क्यानडाबाट फर्किएपछि डाक्टर अलमेडाले डाक्टर डेभिड टायरेलसँग मिलेर अनुसन्धानको काम सुरु गरिन । टायरेलले त्यतिबेला बेलायतको सेलिस्बरी क्षेत्रमा सामान्य रुघा–खोकीबारे अनुसन्धान गरिरहेका थिए ।
डाक्टर टायरेलले रुघा लागेका बेला नाकबाट बग्ने तरल पदार्थका विभिन्न नमूना जम्मा गरेका थिए र उनको समूहले लगभग सबै नमूनामा सामान्य रुघा–खोकी लाग्दा पाइने भाइरसमात्र देखिरहेका थिए । तर तीमध्ये एउटा नमूना अन्यको भन्दा बिल्कुल फरक थियो । यसलाई बी–८१४ नाम दिइएको थियो र यो सन १९६० मा एक बोर्डिङ स्कूलका विद्यार्र्थीबाट लिइएको थियो ।
२. कोरोनाभाइरस नाम कसले दियो ?
डाक्टर टायरेलले उक्त नमूनाका परीक्षण गर्न चाहे । यसका लागि उनले डाक्टर जून अलमेडाको मद्दत लिने सोचे । उक्त स्याम्पल परीक्षणका लागि डाक्टर अलमेडालाई पठाइयो जसले परीक्षणपछि भनिन, ‘यो भाइरस इन्फ्लूएन्जाजस्तो देखिन्छ तर यो त्यो होइन, यो निकै भिन्न छ ।’ र यो त्यहि भाइरस हो जसको पहिचान पछि डाक्टर जून अलमेडाले कोरोनाभाइरसको रुपमा गरिन ।
डाक्टर टायरेल, डाक्टर अलमेडा र सेन्ट थोमस मेडिकल संस्थानका प्राध्यापक टोनी वाटरसनले यो भाइरसको अग्लो–होचो बनावट देखेरै यसको नाम कोरोनाभाइरस राखेका थिए ।
सन २००७ मा जून अलमेडाको निधन भयो । त्यतिबेला उनी ७७ वर्षकी थिइन । अब उनको मृत्यु भएको १३ वर्ष बितिसकेको छ र उनको कामले अहिले मान्यता पाइरहेको छ जसको उनी हकदार थिइन । एक उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उनको स्मरण गरिँदैछ किनभने उनको अनुसन्धानकै कारण अहिलेको समयमा संसारभरी फैलिरहेको कोरोना भाइरसको संक्रमण बुझ्न मद्दत पाइरहेको छ ।
३. कोरोना भाइरसलाई हेर्ने दृष्टिकोणवारे
कोरोना भाइरस विश्व मानव समुदायका लागि एउटा स्वास्थ्य माहामारीको रुपमा अगाडि देखिएको छ, यसमा कसैको विमति देखिदैन । तर यो एउटा स्वास्थ्य माहामारीको रुपमा देखिनुका साथै यसले विश्व मानव समुदायलाई केही कुराहरुमा सचेत रहनु पर्ने केही पाठहरु पनि सिकाउँदै छ भन्नेहरुको संख्या पनि दिनोदिन बढदैछ ।
एउटा के स्पष्ट हुँदैछ भने यसले विश्वका देशहरुको आन्तरिक र बाह्य अन्तरविरोधहरुलाई क्रमसःबाहिर ल्याउने काम गर्र्दैछ । त्यतिमात्रै होइन यसले प्रकृति(पर्यावरण), मानिस, जनावर, पशुपन्छी तथा पृथ्वीमा रहने अनगिन्ति जलचर तथा थलचरहरुबीचको अन्योन्यास्रीत सम्वन्धमाथि बहुराष्ट्रिय कम्पनीहरुद्धारा विकसित विश्व बजारको हैकमले उत्पन्न गरेका समस्याहरुलाई क्रमसः बाहिर ल्याउने काम पनि गरेको छ । दर्शनको दृष्टिकोणले हेर्ने हो भने विश्वमा धर्मको नाममा, जातिको नाममा, लिंगको नाममा, मानिसबाट मानिसमा गरिने भेदभाव, शोषण र मानिसले आफ्नो व्यक्तिगत नाफा, स्वाद र सन्तुष्टीका लागि प्रकृतिमाथि गरिने अनेकौ शोषण र दोहनका विरुद्धको एउटा विद्रोह पनि हो कि भन्नेहरुको आवाज पनि सुनिन थालिएको छ ।
्विश्व साम्राज्यवाद(उत्तर अमेरिका तथा पश्चिमी युरोपका देशहरु)ले विकासको नाममा हातहतियारको बलमा, आ–आफ्ना बहुराष्ट्रिय कम्पनीहरुमार्फत विश्वका गरीव देशहरुमा भएका प्राकृतिक स्रोतहरुको विध्वम्स गरेर आफ्नो देशका जनतालाई मात्रै अन्यको तुलनामा सुःखी, समृद्धि र श्रेष्ठ देखाउने अति महत्वाकांक्षाको परिणाम हो यो अहिलेको माहामारी । सारम्शमा सहभागितामूलक विकासका विरुद्ध भडुवा विकासवादको नकारात्मक परिणाम भन्दा फरक पर्ने छैन । मानिस एउटा सामाजिक प्राणी हो भन्ने पूर्वीया दर्शनमाथि पश्चिमी छाडा लोकतन्त्रमा आधारित एकाधिकार पुँजीवादलाई राम्रो देख्ने अमेरिकी तथा बेलायती नवउदारवादी राजनीतिको पराकाष्ट हो यो महामारी । धर्मभिरुहरुको दृष्टिमा यो सत्ययुगका लागि ढोका ढक्ढकाइरहेको सन्देश हो । यो महामारी भने एउटा द्धन्द्धात्मक भौकिवादीका लागि भने सर्वहारा तथा गरीववर्गहरु एक जूट भएर उठन आवश्यक छ र बहुराष्ट्रिय कम्पनीहरुले गरीव देशभित्रका प्राकृतिक स्रोतमाथिको दोहनका विरुद्ध ती देशका जनताहरुले टुलु हेरेर नवसी अब एक जङट भएर उठनु आवश्यक छ भन्ने वैज्ञानिक समाजवादको औचित्यता र आवश्यकताको सन्देश हो यो महामारी ।
४.कोरोना भाइरसले गर्दा सतहमा आएका अन्तरविरोधहरु
४(क) अमेरिकाभित्र ट्रम्पका विरुद्द चर्को विरोध
यो महामारीको केन्द्र अहिले विश्वका सम्पन्न र धनी भनिने देशहरु भएका छन् । अहिलेसम्मको आंकडाले संरा अमेरिकाले त्यसको नेतृत्व गरिरहेकोछ । र परिणाम अमेरिकाभित्र र बाहिर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्द आवाजहरु उठीरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्दमा न्युयोर्क लगायतका राज्यका गभर्नर खनिएका छन् । न्युयोर्कमा मात्र १२ हजारभन्दा बढी मानिसको कोरोना संक्रमणका कारण ज्यान गइसक्दा पनि त्यहाँ लगाइएको प्रतिबन्ध खोलेर जनताको जीवनमाथि खेलवाड गर्न खोजेको भन्दै राष्ट्रपति ट्रम्पमाथि त्यहाँका गभर्नर एन्डू कुमोले चर्र्को विरोध गरेका हुन् । उनलाई अन्य आधा दर्जन राज्यका गभर्नरहरुले समेत साथ दिएका छन् । अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाका विभिन्न ठाउँहरुमा त्यहाँ लगाइएको प्रतिबन्ध खोल्न दवाव स्वरुप हतियार सहीत प्रदर्शन गरीरहेका छन् । अमेरिकामा अहिले अचम्मको अवस्था उत्पन्न भएको छ, राष्ट्रपति र उनका समर्थक लकडाउन खोल्न दवावदिन सडकमा उत्रने, गभर्नरहरु र अमेरिकी स्वार्थकर्मिहरु भने लकडाउन लगाउन दवाव दिने ।
अमेरिकामा दैनिक करीव तीनहजारको कोरोनाका कारण मृत्यु भइरहेको छ । मर्नेहरुको अत्यधिक संख्या काला जातिका अमेरिकीहरु छन् र यति धेरै मानिसहरुको ज्यान गैसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ लगाइएको प्रतिबन्ध हटाउन खोजिएको र संक्रमण नियन्त्रण गर्न बेवास्ता गरेको भन्दै अहिले त्यहाँ उनको सर्वत्र विरोध भैरहेको छ । न्युयोर्कका गभर्नर कुमो राष्ट्रपति ट्रम्पको विपक्षमा उभिएका छन । सुरुदेखि नै राष्ट्रपति ट्रम्पले न्युयोर्कमा प्रतिबन्ध खुल्ला गर्नेतर्फ संकेत गरेका थिए ।
गत बैशाख २ गते मंगलबार राष्ट्रपति ट्रम्पको उक्त कदमको तिव्र विरोध गर्दै गभर्नर कुमोले भने, ‘ट्रम्प राजा होइनन, राष्ट्रपति हुन, हामी उनको भनाईबाट प्रतिबन्ध हटाउन सक्दैनौ ।’ उनले भने,‘यदि ट्रम्पले मलाई प्रतिबन्ध हटाउन आग्रह गरे भने म त्यस्तो काम गर्न सक्दिन, मेरो यसमा स्पष्ट अडान छ । यस्तो कामले जनताको जीवनलाई खतरामा पार्दछ । यो डरलाग्दो समयमा हामीले तानाशाही मनोवृत्तिबाट अलग रहनुपर्छ ।’ उनले ट्रम्प अमेरिकाका राष्ट्रपति भएको तर राजा नभएको बताउँदै आफुले सँगै काम गर्न चाहेको बताए । उनले भने, ‘यस भाइरसले कुनै अमेरिकन, डेमोक्रयाट वा रिपब्लिकन भन्दैन, अहिले सचेत हुनुपर्छ, राजनीति पछि पनि गर्न सकिन्छ ।’ राष्ट्रपति ट्रम्प न्युयोर्क लगायतका राज्यहरुमा लगाइएका प्रतिबन्धहरु खुलाएर आर्थिक गतिविधि सुरु गर्ने पक्षमा छन । तर राज्यहरुले भने कोरोना संक्रमण नियन्त्रण गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छन ।
पूर्वी र पश्चिम तटीय राज्यहरुले त केन्द्रीय सरकारको विरुद्दमा गठबन्धन समेत बनाएका छन । राष्ट्रपति ट्रम्पले यसलाई विद्रोहको संज्ञा दिँदै आएका छन । यही कुरा बुझेर राष्ट्रपति ट्रम्पले बैशाख १ गते सोमबार राज्यका गभर्नरहरुलाई अप्रत्यक्ष रुपमा धम्की दिँदै भनेका थिए, ‘राष्ट्रपतिको रुपमा म प्रतिबन्ध खोल्ने आदेश पुनः दिन सक्छु ।’ तर ‘न्युयोर्क टाइम्स’ ले संविधानविदहरुको भनाईलाई उदृत गर्दै राष्ट्रपति ट्रम्पसँग त्यस्तो अधिकार नभएको दाबी गरेको छ । अमेरिकाका ७ वटा राज्यका गभर्नरहरुले राष्ट्रपति ट्रम्पलाई चुनौती दिइरहेका छन । न्युयोर्क, न्यु जर्र्सी, रोड आइल्यान्ड, कनेटिकट, डेलावेयर, म्यासाचुसेट्स र पेन्सिलभेनिया राज्यका गभर्नरहरुसँग ट्रम्पको टकराव देखिएको हो ।
ट्रम्पले एकातिर आफ्नो र अन्य व्यापारिहरुको व्यापारमा घाटा नपरोस भनेर लकडाउनको विरोध गर्दै देशभित्र अमेरिकीहरुलाई मर्न प्रोत्साहित गरिरहेका छन्, देशबाहिर अमेरिकीहरुको उनीहरु विरुद्ध बढन सक्ने विरोधको विद्रोहलाई अन्त्यै मोडन चीन र विश्व स्वास्थ्य संगठनको विरोध गरीरहेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएको जानकारी दिएर विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका छन् ।
यही बैशाख ६ गते(अप्रिल १८)सम्मको आंकडामा विश्वमा जम्मा संक््रmमित संख्या २२ लाख ५९हजार ३ सय ५२ छन् भने र मृत्यूसंख्या १ लाख ५४ हजार ४सय १ पुगेको छ । यसमा अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मन र युके संक््रmमितको संख्याको हिसाबले उच्चस्थानमा पर्छन । त्यसरी नै इटाली, अमेरीका, स्पेन, फ्रान्स, बेलायत मृत्यूदर उच्च हुने मुलुकहरु हुन । बैशाख ६ गत (अप्रिल १८) सम्म अमेरिकामा मृतकको संख्या ३७ हजार १सय ७५ पुगेको छ ।
यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ७ लाख १० हजार २ सय ७२ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती नाजुक छ भने मर्नेको संख्या ३७ हजार १ सय ७५ छ ।
४(ख) डोनाल्ड ट्रम्प र विश्व स्वास्थ्य संगठन बीच चर्को विवाद
ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न पनि असफल भएको आरोप लगाएका छन् र उनले भनेका छन्– ‘जब चीनबाट कोरोना भाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हालन असफल रह्यो र वास्तविक तस्बिर लुकाइरह्यो ।’ यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई ‘चीन परस्त’ भएको आरोपसमेत लगाएका थिए ।
संसारकै स्वास्थ्य र मानवतामा समर्पित विश्व स्वास्थ्य संगठनमाथि उनले चाहिदो नचाहिँदो आरोप लगाउँदै आएका छन । उनले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस आधानोमलाई गर्नु नगर्नु गाली गरेका छन । उनको बोली र प्रतिक्रियालाई आधार मान्दै डा. ट्रेडोसलाई ‘वुहानमा रोग छेक्न भन्दा चीनको इमेज रक्षागर्न लागेको शुरुमा प्रचार भयो । त्यसपछि डब्लुएचओको निर्देशन नमान्ने मनोविज्ञान संप्रेषण गरियो, जसका कारण अमेरिका झन ठूलो थलामा पर्र्यो । डब्लुएचओ गाइडलाइन उनले धेरै लत्याइए । डब्लुएचओमाथि तेस्रो प्रहार भयो । अब पैसा किन दिने ? यसपछि चौथो प्रहार भयो ‘दूध खुवाएर ढाडे विरालो पालिदैन ।’ आदि इत्यादी धेरै प्रहारहरु भएका छन् । बैशाख २ गतेसम्म आइपुग्दा त सहयोग रोक्ने चेतावनी प्रष्टै सम्प्रेषण भएको छ ।
उता चीनसँग चिढिने र अमेरिकासँग लहसिने विश्लेषक र पत्रकारहरुले कार्टुनिष्टहरु प्रयोग गरी महानिर्देशक ट्रेडोस चिनियाँ कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको संप्रेषण गरेका छन । फेब्रअरी ४ मै हङकङका ३१ वर्षीय युरीक चोले सार्वजनिक गरेको स्केच फोटोलाई अहिले अमेरिकी पक्षधरले फैलाएका छन । फोटो अफ द डे, फोटो अफ द विक, फोटो अफ द मन्थ भन्दै डा ट्रेडोसले आँखामा सिपीसीको झण्डावाला पट्टी लगाएको र त्यसमाथि सर्जिकल चश्मा लगाएर बोलिरहेको फोटो निकै प्रचारमा ल्याइएको छ । ‘चीनले गरेको प्रयास र पादर्शिताबारे सहि बोलेको’ कारण ट्रम्प उत्तजेति भएको विश्लेषण पनि यतिबेला गरिएको छ ।
ताइवान न्युजले हङकङको स्केचलाई प्रचार गरेर शुरु गराइएको यो कच्चि खेलले अमेरिकालाई नै घाटा पुग्ने विश्लेषण पनि भइरहेका छन । घमण्ड र उसको मनोवल गिराउन जे पनि बोल्ने ट्रम्पलाई विश्व मानव समुदायले राम्रो मानेका छैनन ।
४(ग).ट्रम्पको विश्व स्वास्थ्य संगठनमाथिको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोनाभाइरस फैलिएपछि विश्व स्वास्थ संगठनले सूचना लुकाउन खोजेको र संक्रमण व्यवस्थापनका लागि राम्रो भूमिका खेल्न नसकेको आरोप लगाएका छन ।
ट्रम्पका अनुसार गत डिसेम्बरमै मानिसबाट मानिसमा सर्नसक्छ भन्ने शंका गर्नका लागि पर्याप्त जानकारी थियो, ताइवानले डब्लूएचओलाई पठाएको भनिएको चेतावनीको हवाला दिँदै उनले यस्तो दाबी गरे ।
पहिलोपटक भाइरस देखिनासाथ ताइवानी वैज्ञानिकले बुहान भ्रमण गरेका थिए । तर प्रकाशित तथ्यले देखाएअनुसार ताइवानले डब्लूएचओलाई गराएको जानकारीमा मानिसबाट मानिसमा सर्नसक्ने विषय उल्लेख छैन ।
ताइवान डब्लूएचओको सदस्य छैन किनकी यसको भूभागलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन । डब्लूएचओका अनुसार उसले डब्लूएचओका स्वास्थविद्हरुसँग सबै जानकारी भने बाँडिरहेको छ ।
तर, गत महिना महामारीबारे ताइवानको प्रतिक्रियामा बहस गर्न एक वरिष्ठ अधिकारीले अस्वीकार गरे, त्यसपछि डब्लूएचओमाथि चीनबाट प्रभावित भएको आरोप लाग्यो ।
तर, ट्रम्पको आरोपलाई उनले अमेरिकाको पूर्व तयारी कम हुँदा खेप्नुपरेका दोषबाट जनताको ध्यान मोड्न गरिएको प्रयास भन्न चाहे । डब्लूएचओले ट्रम्पलाई प्रतिक्रिया दिँदै आफ्ना कदमको समीक्षा गर्ने जनाएको छ, तर उसले आफ्नो निर्देशिकाले मानिसमा संक्रमण सीमित गर्ने मनसाय राखेको पनि उल्लेख गरेको छ ।
भाइरसबारे चीनले सुरुवातमा देखाएको प्रतिक्रियाको प्रशंसा गरेको भन्दै डब्लूएचओको आलोचना भइरहेको छ । तर, ट्रम्प आफैले २४ जनवरीमा ट्वीटमार्फत चीनको प्रशंसा गरेका थिए ।
यद्यपी, चिनियाँ अधिकारीले सुरुवातमा बुहानमा महामारीलाई ढाकछेप गर्ने प्रयास गरेका थिए र उठेका सरोकारहरुलाई मत्थर गर्न खोजेका थिए । डब्लूएचओले भ्रमण प्रतिबन्ध जरुरी नरहेको गलत सल्लाह दिएको र चीन र अन्य देशबाट आउनेमाथि अमेरिकाले प्रतिबन्ध लगाउन उनीहरुका पक्षमा लडेको ट्रम्पको आरोप छ । तर डब्लूएचओले प्रत्यक्ष रुपमा कहिल्यै अमेरिकाको यो कदमको विरोध गरेको छैन र सीमा वा भ्रमणमा कडाई गर्ने काम राष्ट्रिय सरकारको हो भनेको छ ।
डब्लूएचओले सुरुवातमा सल्लाह भने दिएको थियो । १० जनवरीमा उसले कुनै अन्तर्राष्ट्रिय कडाई गर्नुपर्ने अवस्था नरहेको सिफारिस गरेको थियो र जनवरीको अन्त्यमा स्वास्थ्य संकट घोषणा गर्दा पनि उसले यो कुरा दोहो¥याएको थियो ।
डब्लूएचओले भनेको थियो, ‘स्वास्थ्य संकटका बेला सामाग्री तथा मानिसको आवतजावतमा कडाई गर्नु कतिपय अवस्थामा निष्प्रभावी हुनसक्छ ।’ डब्लूएचओले सीमा बन्द गर्दा अवैधानिक रुपमा भ्रमण गर्न चाहनेको संख्या बढ्ने र यसले महामारी रोक्नुको सट्टा उल्टै फैलन सक्नेतर्फ सचेत गराएको थियो ।
तर डब्लूएचओको यो सल्लाहलाई अमेरिकासहित धेरै देशले अन्ततः बेवास्ता गरे । ट्रम्पले २ फेब्रअरीदेखि लागु गरेको नियमअनुसार उक्त मितिभन्दा १४ दिनअघिसम्म चीन घुमेका कुनै पनि विदेशी यात्रुहरुलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको थियो । ट्रम्पले यस्तो नियमले कोरोना फैलने जोखिम घटाएको समेत बताएका थिए ।
ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले भनेका थिए, ‘चीन र भर्खरमात्रै मात्र युरोप आउनेहरुका लागि हामीले लगाएको प्रतिबन्धले भाइरसको बिजारोपण हुन नदिनका लागि ठूलो भूमिका खेल्छ ।’ तर फेब्रअरीमा जर्नल अफ इमर्जेन्सी म्यानेजमेन्टले प्रकाशित गरेको अध्ययनअनुसार विगतका भाइरस, जस्तै इबोला र सार्सलाई हेर्दा भ्रमण प्रतिबन्धले संक्रमण फैलन नदिनका लागि छोटो समयमात्रै काम गरेको थियो ।
४(घ) डब्लूएचओबि?द्ध टिप्पणीः ट्रम्प कति सही, कति गलत ?
लण्डन स्कूल अफ हाइजिन र ट्रपिकल मेडिसिनका पिटर पियोट यस निर्णयलाई खतरनाक र अदूरदर्शी भन्छन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भाइरसबारे देखाएको प्रतिक्रियाका विषयमा ट्रम्पले यस्तो टिप्पणी किन गरे त ? बिल र मिलिन्डा गेट्सले डब्ल्यूएचओमाथि ट्रम्पको निर्णयलाई खतरनाक बताएका छन् ।

हार्दिक शुभकामना !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतामाथि अर्को तनाव थपिरहेका छन ।
उनको जिद्धि, हठ र अराजक स्वभावले उनीसँग अहिले विश्वमात्र चिढिएको छैन, स्वयम अमेरिकी जनतामा उनीप्रतिको मोह भंग हुँदै गएको छ ।
४(ङ).डब्लूएचओले के गर्छ ?
सन १९४८ मा डब्लूएचओ स्थापना भएको थियो । यो संयुक्त राष्ट्रसंघकै एउटा अंग हो । यसले जनस्वास्थ्यसँग सम्बन्धित विषय जस्तै, भ्याक्सिन अभियान र स्वास्थ संकटमा सहकार्य गर्ने र देशहरुलाई प्राथमिक स्वास्थ्यमा सहयोग गर्ने गर्छ । यसका लागि विश्वका १ सय ९४ सदस्य राष्ट्रले सहयोग गर्छन र अमेरिका सबैभन्दा ठूलो सहयोगकर्ता हो ।
४(च) के चीनलाई च्यालेन्ज गर्न डब्लूएचओ असफल भएको हो ?
ट्रम्पको आरोप छ, मानिसबाट मानिसमा कोरोनाभाइरस सर्दैन भन्ने चीनको सुरुवाती ठहरलाई चुनौती दिन डब्लूएचओ असफल भयो । चीनले ३१ डिसेम्बरमा पहिलोपटक ‘अज्ञात कारणले निमोनिया देखिएको’ जानकारी डब्लूएचओलाई गराएको थियो । ५ जनवरीमा डब्लूएचओले तत्कालीन समय चीनबाट प्राप्त जानकारीअनुसार भाइरस मानिसबाट मानिसमा सर्ने पर्याप्त प्रमाण नदेखिएको जनाएको थियो ।
फेरि, १४ जनवरीमा डब्लूएचओले यसबारे जानकारी दियो । प्रारम्भिक चिनियाँ अनुसन्धानअनुसार ‘नयाँ भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने स्पष्ट पुष्टि नभएको’ ट्वीट डब्लूएचओले गरेको थियो ।
त्यही दिन बुहान स्वास्थ्य कमिसनले मानिसबाट मानिसमा संक्रमण सर्ने सिमित सम्भावनालाई नकार्न नसकिने, तर निरन्तर संक्रमणको जोखिम कम रहेको जनाएको थियो । त्यसपछि यही समय डब्लूएचओले अर्को विज्ञप्ती उसले सार्सजस्ता अन्य कोरोनाभाइरसको उदाहरण दिँदै मानिसबाट मानिसमा संक्रमण सर्नसक्ने जोखिम औँल्याएको थियो ।
२२ जनवरीमा बुहानमै गएर विस्तृत अध्ययन गरेपछि डब्लूएचओले थप स्पष्ट विज्ञप्ती निकाल्दै यो भाइरस बुहानमा मानिसबाट मानिसमा सरिरहेको जनायो । तर, महत्त्वपूर्ण कुरा, अन्तर्राष्ट्रिय विज्ञहरुको पूर्ण टोली फेब्रअरीको दोस्रो सातासम्म पनि चीन भ्रमणमा गइसकेको थिएन ।
जनवरीकै अन्त्यमा डब्लूएचओले कोरोनाभाइरस नियन्त्रणका लागि चीनले गरेको प्रयासको प्रशंसा ग¥यो । चीन यसमा प्रतिवद्ध र पारदर्शी रहेको समेत डब्लूएचओले जनाएको थियो । ‘डब्लूएचओले गरेको चीनको प्रशंसाबारे सिर्जनात्मक आलोचना आवश्यक छ,’ जनस्वास्थ्यविद् लरेन्स गोस्टिनले बीबीसी न्युजसँग भने, ‘डब्लूएचओ अझै आलोचात्मक हुनुपथ्र्यो र यस अवस्थालाई अझै नजिकबाट हेर्नुुपथ्र्यो ।’
५. अमेरिकामा मानिसको ज्यान जान ट्रम्प कति जिम्मेवार ?
माथि उल्लेखित अनेकौ घटना परिघटनाबीच ट्रम्प आफै भने मौन थिएनन । उनले लगातार आत्मविश्वासका साथ मानिसहरूलाई यो रोग खासमा रुघाखोकीभन्दा बढी केही नभएको र सबै कुरा नियन्त्रणभित्रै रहेको बताइरहेका थिए । तर महाविपत्ति सम्हाल्नमा उनी पुरै असफल भए । सबभन्दा गम्भीर विषय त के हो भने उनलाई अरु कसैलाई भन्दा अघि नै यो विश्वव्यापी महाव्याधि भएको वास्तविकता थाहा थियो भनिन्छ । अनि आफ्नो फितलो तयारीबारे पनि उनलाई थाहा थियो । तर, उनले अँगालेको तरिका सरल थियो– असत्य यति तीब्र गतिमा फैलाउने, जसको पहिरोमा सत्य नै छोपियोस । घटना जे जसरी अघि बढे पनि ट्रम्पले आफ्ना बफादार समर्थकबीच कुनै न कुनै तर्कले आफूलाई सही प्रमाणित गरिरहेका हुन्छन र अहिले पनि गरीरहेका पाइन्छन् । युद्ध कौशलमा भन्ने गरिन्छ–तपाईंले चारै दिशा जथाभावी वाण हान्दा कुनै न कुनै वाणले लक्ष्यभेदन गर्ने सम्भावना त हुन्छ नि । अहिले ट्रम्पले चीन, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघआदि माथि चौतर्फी जथाभावी हमला गरिरहेका छन् र उनले सोंचेका छन् कुनै एकले त लक्ष्यभेदन गर्ने छ ।
एकातिर भाइरस संक्रमण फैलिरहेको समयमा गत फेव्रअरी १० मा राष्ट्रपति कार्यालयले वार्षिक बजेट प्रस्ताव पेश ग¥यो । सो बजेटमा स्वास्थ्यसँग सम्बन्धित मुख्य सरकारी कार्यक्रममा थप कटौती गरियो । जनतालाई लाभ हुने विषयमा बजेट कटौती गरी सेना र सिमानामा पर्खाल लगाउने जस्ता ‘वास्तवमै महत्वपूर्ण’ विषयमा बजेट बढायो ।
अर्कोतिर रोगको परीक्षण ज्यादै विलम्ब र सीमित संख्यामा मात्र गरियो । निकै कम संख्यामा परीक्षण हुँदा रोग लागेका बिरामीको पहिचान गर्न असम्भव भयो र उनीहरूको सम्पर्कमा आएका व्यक्ति खोज्न मुस्किल बनायो । अमेरिकाजस्तो गतिशील समाजमा सरुवा रोगको महाव्याधिको शृङ्खला तोड्न यसले असम्भव बनायो । अब्बल मानिएका अस्पतालका शैयामा समेत आधारभूत सामग्रीको अभाव देखियो । फलतः संरा अमेरिका आज यो महाविपत्तिको संसारकै केन्द्र बनेको छ । संरा अमेरिकाको आजको अवस्थाले ट्रम्पको घातक चरित्र उजागर गरेको मात्र हो । तर, अब योभन्दा बढी घातक हुने ठाउँ नै यहाँ रहेन ।
६ं यी सबैका पछाडि नवउदारवादी पु‘जीवाद कति जिम्मेवार छ त ?
म्यासाचुसेटस इन्स्टिच्युट अफ टेक्निोलोजी (एमआएटी)का इमेरिटस प्रोफेसर एवम अरिजोना विश्वविद्यालयका लरिएट प्रोफेसर नोम चोम्स्कीले भनेका छन्–“महाव्याधि सामना गर्न खराब तयारीबारे हामी ट्रम्पमाथि दोषारोपण गर्न सक्छौं । तर, भविष्यमा आउन सक्ने अरु महाव्याधिको सामना गर्न हामी चाहन्छौं भने हामीले ट्रम्पभन्दा पर गएर पनि सोच्न जरुरी छ । ट्रम्प एउटा बिरामी समाजको नेतृत्व गर्न राष्ट्रपति बनेका हुन, जुन समाज विगत चालीस वर्षदेखि नवउदारवादको जालोमा फसेको छ । त्यसको जरा अझ गहिराइसम्म झांग्गिएको छ ।”
नोम चोम्स्कीको माथिको भनाइबाट के स्पष्ट हुन्छ भने ‘जब नवउदारवाद हावी हुन्छ तब सरकारले समग्र बजारका असफलतामा केही गर्न सक्दैन, आज विश्वमा यसैकारण गञ्जागोलको अवस्था निम्तिएको छ’। त्यही कारण आज संरा अमेरिका लगायत विश्वका नवउदारवादी पुँजीवादको जालोमा फसेका देशहरुको अवस्थाले यसैलाई संकेत गर्दछ । ट्रम्पवारे पनि सत्य हो ।
संरा अमेरिकाको सबभन्दा ठूलो बैंक जेपी मोर्गन चेजबाट चुहिएको सूचनामा प्रयोग भएको शब्दावली सापटी लिएर भन्नुपर्दा ‘मानव जातिको अस्तित्व’ को लागि अधिकतम नाफा कमाउने आशा पनि ‘सधैं स्थिर’ होइन । अहिले बैंकहरूले जीवाष्म इन्धनमा गरेको लगानीबाट पनि ‘मानव जातिको अस्तित्व’ नै खतरामा छ । त्यसकारण जीवाष्म इन्धन उत्पादक चेभरन कम्पनीले दिगो ऊर्जा परियोजना नै खारेज ग¥यो । किनभने त्यसमा पृथ्वीलाई ध्वस्त बनाएर कमाइने जतिको नाफा भएन । इक्जोनमोबिल यो अबगालबाट जोगियो । नाफा नोक्सानीको स्पष्ट हिसाबकिताबका कारण उसले यस्तो (दिगो ऊर्जा) परियोजनामा हात नै हालेन ।
नवउदारवादी दर्शनअनुसार हुने त्यस्तै हो । मिल्टन फ्रीडम्यान र नवउदारवादका अरु हिमायतीले हामीलाई सिकाएका छन् व्यापार प्रबन्धकको मूल जिम्मेवारी भनेको नाफा अधिकतम बनाउनु हो । यो नैतिक जिम्मेवारीबाट थोरै पनि यताउता भए ‘सभ्य जीवन’ को जग हल्लिन्छ ।
७. सारम्श
संसारमा यतिबेला कोभिड–१९ को आँधीबेहरी चलिरहेको छ । लाखौं मानिस भाइरसबाट संक्रमित छन् । (सम्भवतः पुष्टि भएको संख्याभन्दा खासमा संक्रमित बढी होलान्) मर्नेको संख्या दिन दुईगुणा रात चौगुणाको दरले बढिरहेको छ । पुँजीवादी अर्थतन्त्र त ठप्पै भएको छ । विश्व–मन्दी अब रोकेर रोकिन सक्ने अवस्थामा छैन ।
यो महाव्याधि देखिनु धेरै अघि नै कुनै महाविपत्तिको पूर्वानुमान गरिएको थियो । तर नोम चोम्स्कीको शब्दमा ‘भविष्यमा आउन सक्ने महाविपत्तिको पूर्वसावधानी अपनाउने काममा कुनै नाफा नदेख्ने’ आर्थिक प्रणालीको सोच्ने क्रुर तरिकाले त्यस्तो संकटको पूर्वतयारी गरेन । वर्तमानमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी जनतामा आइरहेको महाविपत्तिको पूर्वसावधानी अपनाउने काममा कुनै नाफा देखेनन र अहिले पनि महाव्याधि सामनामा संयुक्त राज्य अमेरिकाको असफलता पछाडि व्यक्तिगत रुपले ट्रम्प रुपमा यसको जिम्मेवार देखिएका छन् तर यसका पछाडि लुकेको सार भनेको नवउदारवादी पुँजीवाद नै यो सबका लागि जिम्मेवार छ भन्ने आधारहरु र प्रमाणहरु बलिया

प्रतिक्रिया

सम्बन्धित खवर