
भारतद्धारा अतिक्रमित नेपालको सार्वभौम क्षेत्र लिम्पियाधुरा–लिपुलेक–कालापानीमा निमार्ण गरिएको सडक बनाएर त्यसको उद्घाटनसमेत गर्ने कार्य गरेको विरुद्ध यहि बैशाख २९ गते देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सिन्धुली जिल्ला समितिले जिल्ला सदरमुकाम सिन्धुली बजारको मिलन चोकमा एक कोणसभाको आयोजना सम्पन्न गरेको जानकारी प्राप्त भएकोछ ।
उक्त कोणसभामा मोर्चाका जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सचिव बालकृष्ण थापाले गरेका थिए ।































