क्रान्तिकारी माओवादी सम्बद्ध जबस मोर्चाको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप, पाँच दर्जन बढी नेता कार्यकर्ता गिरफ्तार(फोटो फिचर)

प्रकाशित मिति : २०७७ बैशाख ३१

- धनमाया निरौला÷विष्णु आले


काडमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा जातीय मोर्चाले भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पाँच दर्जन बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले ठूलो संख्यामा नेता कार्यकर्ताहरुलाइ गिरफ्तार गरेको हो ।


गिरफ्तार गरिएका नेताहरुमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, महासंघका महासचिव नगेन्द्र राई, क्रान्तिकारी माओवादीका पीवीएम सुरेश श्रेष्ठ, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, महासचिव बसन्त बोगटी, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत, सचिव रुपा गेलाल, पार्टी केस गोविन्द पौडेल, कुमार बोगटी, देजमो केस तथा ललितपुर जिल्ला अध्यक्ष इन्दिरा अधिकारी, नेवाः मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, क्रान्तिकारी माओवादी काठमाडौं सचिव खगेन्द्र छन्त्याल, देजमो अध्यक्ष बन्धुदेव पाण्डेलगायत बोजगराज श्रेष्ठ, विद्यार्थी नेताहरु हिक्मत महरा, संघर्ष दाहाल, विष्णु नेम्वाङ, दिनेश थापा, निरन तुलाधार, राज बज्र, मुकेश श्रेष्ठ, पदम भण्डारी, प्रेम तामाङ, पवन गुरुङ , नरेन्द्र कार्की, दिनेश बर्तौला, धुर्व क्षेत्री, कपिल पुन, मंगल तामङ, भुवन थापा, यज्ञ बहादुर थापा, सरोज लामा लगायत पाँच दर्जन बढी नेता कार्यकर्ता रहेका छन् ।

गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ । गिरफ्तारीको प्रक्रियामा वसन्त बोगटी सामान्य घाइते समेत भएका छन् । 

प्रदर्शनको क्रममा भारतीय विस्तारवाद र नेपालको ओली नेतृत्वको दलाल सरकारका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

राष्ट्रिय स्वाधीनताको रक्षाको लागि सडकमा उत्रिएका देशभक्त क्रान्तिकारीहरुमागिथ गरिएको दमन, धरपकड र गिरफ्तारीको चौतर्फी रुपमा विरोध गर्दै गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाईको माग गरिएको छ । क्रान्तिकारी माओवादीले प्रहरी दमन र गिरफ्तारीको विरोधमा केही समयपछि प्रेस वक्तव्य जारी गर्दैछ ।