देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं प्रदेश समितिको आयोजनामा भारतीय अतिक्रमणका विरुद्ध विरोध सभा सम्पन्न

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं प्रदेश समितिको आयोजनामा भारतीय अतिक्रमणका विरुद्ध विरोध सभा सम्पन्न

बैशाख २९, २०७७
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं प्रदेश समितिको  आयोजनामा तनहूँको सदरमुकाम दमौलीमा  भारतीय विस्तारवादले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि गरेको नांगो हस्तक्षेपको विरुद्धमा सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को समेत कुनै प्रवाह नगरी विरोध सभा गरेको छ । विरोध सभाको अध्यक्षता र सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य तथा ४ नं प्रदेश अध्यक्ष क. नेत्र रानाभाटले गर्नु भएको थियो भने नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य क. दिनेशले मनतव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन कै क्रममा क. नेत्र रानाभाटले  जनजीविकाको सवाल उठाउद,ै देशमा हत्या, बलात्कार, कालावजारी, अपहरण तथा भ्रष्ट्रचार व्याप्त भएको अवस्थामा म भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न भन्ने घोषणा गरेको झण्डै दुई तिहाइको ओली सरकारलाई त्यस्ता क्रियाकलाप रोक्न के ले छेक्यो ?, राष्टियताको सवाल उठाउदै, विस्तारवादी भारतीय सरकारले २०१९ नोभेम्वर २ मा सिमाना मिचेर  राजनैतिक नक्शा जारी गर्दा सन् १८१६ मा तात्कालिन अंग्रेज सरकार र नेपाल सरकार बीच भएको सुगौली सन्धी बमोजिमको  आफ्नो भूमि अनुसारको नक्शा जारी गर्न के ले छेक्यो ?, जनतन्त्रको सवालमा कोरोना भाइरस (कोभिड १९) महामारीबाट नेपाल सहित विश्वका झण्डै २१० देश स्वास्थ्य संकटमा फसिरहेको वेलामा संसदलाई समेत छलेर अध्यादेश ल्याउने  र भारतीय विस्तारवादले नक्शा जारी गरेको ६ महिना नवित्दै लिपुलेक हुँदै मानसरोवर जाने मोटरवाटो वनाइ उद्घाटन समेत गर्दा समेत थाहा नपाउने डवल नेकपा र ओली सरकारको नक्कली राष्ट्रवादको मुखुण्डो उदांगो भएको, भारतीय विस्तारवादी हस्तक्षेपवाट लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता, महेशपुर सहित ७१ स्थानको झण्डै  साठी हजार हेक्टर भूमि फिर्ताको लागी जस्तोसुकै बलिदानी दिन पनि आफ्नो संगठन तैयार रहेको र सम्पूर्ण देशभक्त नेपाली दाजुभाई दिदीबहिनीहरुलाई बीर बलभद्र थापाको सच्चा उत्तराधिकारी बन्दै बीर नेपालीहरुको ऐतिहासिक लड्नु पुनगौरव गाथा कायम राख्न आह्वान गर्नु भएको थियो । मन्तव्य कै क्रममा पार्टी केसस क. दिनेशले  कोरोना भाइरसका कारण बन्दाबन्दीको बेलामा समेत स्वास्थ्यको कुनै पर्वाह नगरी आफूहरु सडकमा उत्रनु कुनै रहर नभई  राष्टिय स्वाधिनताको रक्षा र भारत तथा चीन जस्ता हाम्रा असल छिमेकीहरुको नेपाल प्रतिको गिद्धे दृष्टिकोण नै हो, नेपाललाई बचाउनको लागी जात, धर्म, पार्टी नभनी सम्पूर्ण जनताहरु एकजुट भएर लड्नु पर्ने धारणा राख्नु भएको थियो । बन्दाबन्दीको समयमा पनि  तनहूँ दमौलीको अनसनचौक स्थित विरोध सभामा  देशभक्त जनता, स्थानीय पत्रकार, व्यापारी, तथा बुद्धिजीवीहरुको उपस्थिति थियो ।