कम्युनिस्ट आन्दोलनमा संसोधनवादको प्रभाव र त्यसका विरुद्ध संघर्ष

प्रेम सुवेदी

प्रकाशित मिति : २०७६ चैत्र १८


नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थपना काल सँगै दिल्ली सम्झौताको विरोध र किसान संघर्षमा जोड दिंदै आएको थियो । पार्टीको त्यो भूमिकालाई दमन गर्न तात्कालिन सरकारले विभिन्न मुद्दाका साथै पार्टी माथि प्रतिबन्ध लगाउन पुग्यो । प्रतिबन्धित अवस्थाका बावजुद पनि पार्टीको विस्तार, जनवर्गका संगठनको काममा सक्रियाता तथा किसान संघर्षलाई निरन्तरता दिन भएका ऐतिहासिक पहल जस्ता कुरा उल्लेखनीय छन् । पार्टीले मूख्यातः किसान आन्दोलनलाई उच्च महत्व दिएको पृष्ठभूमिमा पार्टी नेतृत्वमा रहेका केहि व्यक्तिहरुले त्यो संघर्षलाई मूख्य जोड दिनुको सट्टा पार्टीलाई “वैधानिक” बनाउने विषयलाई जोड दिए । जसको परिणाम संघर्ष क्रमशः कमजोर बन्ने स्थिति उत्पन्न भयो । २००८ र ०९ साल तिर रौतहट बारा र पर्साको किसान आन्दोलनले जुन गति समातेको थियो, त्यसले देशैभर आन्दोलनको रक्त संचार गरेको पाईन्छ । यसै क्रममा २०१० सालमा पार्टीको प्रथम महाधिवेशन भूमिगत अवस्थामा काठमाण्डौमा सम्पन्न भयो । उक्त महाधिवेशनले पार्टीको नयाँ जनवादी कार्यक्रमलाई परिमार्जन गर्नु र किसान संघर्षलाई भन्दा बैधानिक कार्यक्रमलाई महत्व दिनु तथा पार्टीलाई वैधानिक बनाउन राजतन्त्रलाई नरम नीति लिनुले पार्टी दक्षिणपन्थी विचारमा फस्दै गएको देखाउछ । यस सन्दर्भलाई उल्लेख गर्दै नेकपा (एकीकृत) ले भनेको थियो “२०१० सालमा पार्टीको प्रथम महाधिवेशन भूमिगत अवस्थामा काठमाण्डौमा सम्पन्न भयो । तर, महाधिवेशनले राजतन्त्र प्रतिको धारणालाई अस्पष्ट बनाउने काम ग¥यो, किन भने पार्टीको घोषणा पत्रमा रहेको क्रान्तिकारी कार्यक्रमलाई परिवर्तन ग¥यो । र, पार्टीको घोषणा पत्रमा बलपूर्वक राज्यसत्ता प्राप्त गर्ने र नेपाली जनताले सामान्य प्रकारको सुधार होईन पुरै सामन्तवाद र साम्रज्यवाद विरुद्ध संघर्ष गर्ने कुरालाई जोड दिएको थियो ।” (कम्युनिष्ट आन्दोलनको समिक्षा, नेकपा –एकीकृतको सातौं महाधिवेशनद्वारा पारित प्रस्ताववाट)
पार्टीले अगाडि सारेका क्रान्तिकारी विचारलाई सिधै अस्विकार नगरे पनि त्यसलाई संसोधन गर्र्दै नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई दिग्भ्रमित पार्ने काम प्रथम महाधिवेशनले ग¥यो । पार्टीको महाधिवेशन पूर्व नै नेतृत्व प्राप्त गर्न सफल भएका मनमोहन अधिकारीले स्थापना कालका मूल्य मान्यता विचार र दृष्टिकोणलाई एक पछि अर्को गर्दै संसोधन गर्न पुगे । तर, ती गलत विचारहरु प्रति समयमा नै दुई लाईन संंघर्ष भएको देखिंदैन । यस क्रममा पार्टीलाई “वैधानिक” बनाउने कसरत नेतृत्वले गर्दै आयो र त्यसैको निरन्तरतामा संवैधानि राजतन्त्रलाई स्वीकार गर्ने शान्तिपूर्ण ढङ्गले समाजवाद र साम्यवादको प्रचार गर्ने निर्णयमा पार्टी नेतृत्व पुग्यो । उपरोक्त निर्णय पहिले पि. वि. ले गरेको र त्यसका विरुद्ध पुष्पलालले नोटअफ डिसेन्ट लेखेको पाईन्छ । तर, पार्टीभित्र दक्षिणपन्थी विचारहरु प्रभावशालि बन्दै जाँदा त्यसका विरुद्ध व्यवस्थित दुईलाइन संघर्ष भएको कुरा त्यति देखिंदैन । जसको परिणाम पार्टी दक्षिणपन्थी संसोधनवादी दिशामा अगाडि बढ्दै गयो । त्यो नै पार्टी इतिहासको नकरात्मक पक्ष हो । पार्टीले जतिवेला संवैधानिक राजतन्त्रलाई स्वीकार गरेर “वैधानिकता”को चंगुलमा फस्यो त्यहीबाट नै दक्षिणपन्थी दिशा समातेको कुरा छर्लङ्ग हुन्छ । त्यो दक्षिणपन्थी कार्यदिशाबाट निश्चय नै क्रान्तिकारी आन्दोलनको विकास संभव थिएन र भएन पनि । यस सन्दर्भलाई उल्लेख गर्दै पुष्पलालले भनेका छन “हाम्रो पार्टीको नेतृत्वले यस प्रथम घोषणा पत्रमा संसोधनको आवश्यकता देख्न थाल्यो । पार्टीले आफ्नो व्यवहारको दौरानमा प्राप्त गरेको अनुभवको आधारमा त्यसको सम्बृद्धि गर्नु एक कुरा हो । तर त्यसको मूल उदेश्यमा संसोधन गर्नु अर्को कुरा हो । पार्टीको प्रथम महाधिवेशनले आफ्नो अनुभवको आधारमा सम्वृद्धि गर्नुको साटो पार्टीको प्रथम घोषणा पत्रमा संसोधन गर्न पुग्यो । दोस्रो महाधिवेशन पछि त्यसले अझ विकसित रुपमा धारणा ग¥योे र तेस्रो महाधिवेशन पछि त यो आफ्नो पराकाष्टमा पुग्न गयो ।”(पुष्पलालका पाँच कृति पृ. १७६) पार्टीले क्रान्तिकारी विचार कार्यक्रम नीतिलाई एक पछि अर्को गर्दै छोड्दै गयो र क्रमशः दक्षिणपन्थी दिशा समात्यो भन्ने कुरा माथि उल्लेखित विषयले देखाउछ । प्रथम महाधिवेशनको नेतृत्वबाट अगाडि बढाईएको दक्षिणपन्थी यात्रा दोस्रो र तेस्रो महाधिवेशनमा आउदा पराकाष्टमा नै पुगेको कुरा पुष्पलालले जुन चर्चा गरेका छन त्यही सहि छ । तर विचारणीय कुरा के छ भने पार्टीमा लामो समय सम्म संसोधनवादका विरुद्ध वैचारिक राजनैतिक हिसावले संघर्ष चल्न सकेन र तेस्रो महाधिवेशन पछि त्यो पुरै विर्सजनको दिशा समात्न पुग्यो ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा दक्षिण पन्थी अवसरवादका विरुद्ध संघर्ष गर्ने कुराले भन्दा तात्कालिक लाभ हानीलाई हेर्ने प्रवृत्तिले महत्व पाउने गरेका तथ्यहरु इतिहासमा पाइन्छ । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय सम्म संसोधनवादले आन्दोलनलाई आफ्नो नियन्त्रणमा राख्न प्रयत्न गरेपनि त्यसका विरुद्ध कहिले सुसुप्त र कहिले जुझारु प्रकारले संघर्ष चल्दै आएको पाइन्छ । विशेष गरेर तेस्रो महाधिवेशन पछि त्यसप्रकारका पहलहरु भएको देख्न सकिन्छ । पार्टीमा देखिएको संसोधनवादको चर्चा गर्दै केन्द्रीय न्यूक्लसद्वारा पारित प्रस्तावमा भनिएको छ “डि. पी. अधिकारी र केशरजंग रायमाझीको डफ्फाले सबभन्दा पहिले माक्र्सवादी लेनिनवादी पार्टी त्यस प्रारम्भिक हतियारबाट नेकपालाई अलग गर्न थाल्यो र त्यसका सट्टा पार्टी कमरेडहरुमा माथि देखि तलसम्म संघर्ष विमुखता ल्याउन थाल्यो तथा जन र वर्गीय संघर्षका सट्टा नेताहरुको प्रेस बक्तव्य, प्रेस सम्मेलन, टेबुलटक, विदेश भ्रमण र बुर्जुवा नेताहरुसँग गठबन्धन बनाउने प्रयास मात्र कार्यकलापमा सिमित हुँदै गए । संघर्षशिल र सहि विचार राख्नेहरुलाई तल देखि थिच्दै लग्ने कार्यहरुमा नेतृत्व अग्रसर हुँदै गयो । यी कुरा ०१५ सालको चुनाव भन्दा पहिले देखि देखिंदै आएका थिए ।” उपरोक्त भनाईले पनि पार्टी नेतृत्व दक्षिणपन्थी संसोधनवादी विचारले पतित र स्खलित भएको थियो भन्ने कुरालाई राम्ररी उद्घाटित गर्दछ । नेतृत्वले क्रान्तिकारी आन्दोलनलाई भन्दा मूख्यातः वुजुर्ग वर्ग सँग साँठगाँठ गर्ने र आन्दोलनलाई गलत दिशामा लैजान योजनावद्ध ढङ्गले काम गरेको थियो भन्ने कुरा देखाउछ । जस्तो पुष्पलालले भने झैं पहिलो महाधिवेशनबाट आरम्भ भएको संसोधनवाद तेस्रो महाधिवेशनमा आइपुग्दा त्यो पराकाष्टमा पुगेको जुन चर्चा गरेका थिए त्यो द्वितिय महाधिवेशनमा नै गंभीर थियो भन्ने कुरा केन्द्र्रीय न्यूक्लीयसको प्रस्तावले स्पष्ट गर्दछ । द्वितिय महाधिवेशनमा संसोधनवादी नेतृत्वले प्रस्तावित गरेको संवैधानिक राजतन्त्रको नारालाई चुनौति दिंदै छुट्टै गणतन्त्रको प्रस्ताव पेश गरिएको र उक्त प्रस्ताव समेत पारित भएको घटनाले नेतृत्वमा दक्षिणपन्थी संसोधनवादी प्रवृत्ति थियो भन्ने कुरा छर्लङ्ग हुन्छ ।
तर, राजनैतिक रुपमा नेतृत्वले अगाडि सारेका विचरलाई असफल बनाएता पनि स्वयं उनीहरुलाई नै नेतृत्वमा निरन्तरता दिने कुराले पार्टीमा दक्षिणपन्थी अवसरवादका विरुद्ध संघर्ष गर्ने कुरा त्यति परिपक्कता नभएको नै देखाउछ । त्यसैको परिणाम डा. केशरजंग रायमाझिले पार्टीलाई दक्षिणपन्थी दिशामा लैजान अरु मद्दत पुग्यो । द्वितिय महाधिवेशन पछि पनि उनले पार्टीका स्वीकृत लाईनलाई होइन, आफ्नो लाईनलाई निरन्तरता दिंदै अगाडि बढे । त्यो शिलशिला निरन्तरतामा अगाडि बढ्दै जाने क्रममा उनले राजा महेन्द्रले चालेको प्रतिगामी कदम जो सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर दलहरुमाथि प्रतिबन्ध लगाउदा पनि नेकपाको नेतृत्व राजतन्त्रकै पक्षमा उभियो र कम्युनिष्ट आन्दोलनलाई समेत बदनाम गर्न पुग्यो । तर, पनि पार्टीले उनको नेतृत्वलाई अस्वीकार गरेको देखिएन । ०१७ सालको घटना पछि सम्पन्न दरभंगा प्लेनमबाट उनी महामन्त्रीबाट हटे पनि नेतृत्व उनकै कायम रहयो । यसरी खुला र नाङ्गो रुपमा देखा परेको संसोधनवाद विरुद्ध संघर्ष गर्ने कुरामा कम्युनिस्ट आन्दोलन चुकोको पाइन्छ । जहाँ सम्म तेस्रो महाधिवशवेशनले उनी लगायत केन्द्रीय समितिको बहुमतलाई कारवाही गरेको कुरा छ त्यो जिल्ला समितिको अपिलमा आयोजना गरेको महाधिवेशन थियो । स्पष्ट रुपमा महाधिवेशन पूर्व केन्द्रीय समितिले त्यसप्रकारको गलत नीतिका विरुद्ध विद्रोह गरको पाइदैन । यसको अर्थ त्यहाँ वैचारिक संघर्ष नै भएन भन्ने होइन । यहाँ मात्र के कुरा उल्ले गर्न खोजिएको हो भने जुन पार्टीमा संसोधनवादी तथा दक्षिणपन्थीहरुले पार्टी कब्जा गर्छन, त्यहाँ क्रान्तिकारीहरुले विद्रोह गर्नुको अर्को विकल्प हुँदैन र त्यो विद्रोह गर्ने साहश त्यतिवेला देखिएन भन्ने कुरा मात्र चर्चा गरिएको छ । विचार, संघर्ष र नेतृत्व समग्र क्रान्तिकारी बन्न सकेन भने त्यसले पार्टीलाई विसर्जनमा पु¥याउछ भन्ने कुरा इतिहासले राम्ररी शिक्षा दिएको छ ।
पार्टीको इतिहासमा देखिएका यी नकरात्मक घटनाहरुबाट शिक्षा लिंदै पार्टीलाई पूर्नगठन गर्ने तर्फ पनि समयमै ध्यान नपुगेको देखिन्छ । हुन त ०१७ सालको प्रतिगमन पछि अधिकांश केन्द्रीय समितिका नेताहरु हिरासतमा पर्नु र पञ्चायति व्यवस्थामा सम्पूर्ण संघ संस्था तथा पार्टीहरु प्रतिबन्धित हुनुले पनि केहि हदसम्म अन्यौलता देखिनु स्वभाविक जस्तै भए पनि क्रान्तिकारी पार्टी र संगठनको हकमा त्यो त्यति शोभनिय विषय होईन । त्यसका बावजुद पनि भूमिगत अवस्थामा तेस्रो महाधिवेशन गरेर पार्टीको नेतृत्वलाई कारवाही गर्दै पार्टी पूर्नगठनको प्रकृयालाई अगाडि बढाउने कार्यलाई निरन्तरता दिने जुन प्रयत्न गरियो त्यो स्प्रिट सही नै हो । तर, त्यो महाधिवेशन विचार राजनीति र संघर्षले जुन गति दिनु पर्ने थियो त्यो हुन सकेन । जसले गर्र्दा माझिबाट पार्टीलाई अलग गरे पनि त्यसको मौलिकता र भिन्नता देखाउन सकेन । त्यसका पछाडिको मूख्य कारण नै नीतिमा स्पष्टताको अभाव नै हो । नेपालको कम्युनिष्ट आन्दोलनको त्यो परिघटना यहाँको मात्रै विषय थिएन र अन्तर्राष्ट्रिय रुपमा चलेको महान बहस र सोभियत संघको पार्टीले समातेको संसोधनवादी राजनीतिको पनि प्रभाव थियो । तेस्रो महाधिवेशनले स्पष्ट दृष्टिकोण अपनाउन नसक्नुमा तत्कालिन अवस्थामा रुस र चिनको पार्टीमा चलेको महान बहसमा मूलतः नेपालको पार्टीले सोभियत संघको पक्षमा उभिएर दक्षिणपन्थी राजनीतिको सेवा गर्न पुग्यो । आन्तरिक रुपमा त्यो राजनीतिबाट पार्टी बाहिर आउन सकेन । सोभियत संघको पार्टीले अगाडि सारेको शान्तिपूर्ण सहअस्तित्वको बाटो मूल रुपमा माक्र्सवाद लेनिनवादका विरुद्ध थियो भन्ने कुरालाई नेकपाले आत्मासात गर्न सकेन, जसको परिणाम पार्टीको तेस्रो महाधिवेशनले त्यहि गलत राजनीतिका आधारमा पार्टी पूर्ननिर्माण गर्ने कुराले माझिको राजनीति भन्दा मौलिक रुपमा भिन्न हुन सकेन । माझिले आफ्नो नेतृत्वमा पार्टीलाई निरन्तरता दिंदै कम्युनिस्ट आन्दोलनको केन्द्र आफूलाई बताउदै आए, त्यसबाट विद्रोह गरेको शक्ति एक पछि अर्को रुपमा झन कमजोर हुँदै गयो । क्रमशः थप विभाजन र विघटनको अवस्थामा पुग्यो । विशेषतः नेतृत्व पक्ति पुन गुटवन्दी तर्फ लाग्यो पार्टीमा बहुकेन्द्र हुँदै गयो । त्यसको परिणाम थियो तुल्सीलालको कुन बाटो र पुष्पलालको मूल बाटो त्यहि बहुकेन्द्रको उपज थियो । तेस्रो महाधिवेशन पछि पार्टीले गति लिनुको सट्टा झन छिन्नभिन्न अवस्थामा पुग्यो । त्यस पछि पर्टी पूर्नगठन गर्ने क्रममा २०२५ सालमा पुष्पलालले तेस्रो राष्ट्रिय सम्मेलन गरेर पार्टी निर्माण गरेको पाइन्छ । त्यो पूर्नगठनले समग्र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न नसके पनि मूलतः बैचारिक राजनैतिक रुपमा स्पष्ट दृष्टिकोण अपनाएको देखिन्छ । त्यतिवेला स्पष्ट रुपमा सोभियत संघले समातेको नव संसोधनवादी नीतिको विरोध गर्दै माक्र्सवाद लेनिनवाद माओत्सेतुङ्ग विचारधारालई पथ प्रर्दशक सिद्धान्त मान्ने र नेपाली नयाँ जनवादी क्रान्तिको अपरिहार्यतालाई आत्मसात गरिएको छ । त्यो पार्टीले एक हदसम्म क्रान्तिकारीहरुलाई संगठित गर्न र विशेषत किसान संघर्षलाई वर्ग संघर्षको रुपमा उठाउन पहल गरेको पाइन्छ । त्यसका साथै अन्य समुदायका संगठन र संघर्षमा पनि ध्यान दिएको देखिन्छ ।
पुष्पलालले पूर्नगठन गरेको पार्टीको सन्दर्भमा पुनः वैधानिकताको कुरा उठ्यो र त्यहि केन्द्रलाई मानेर जाने वा पुनः पार्टी निर्माण गर्ने भन्ने जस्ता कुरा छलफलमा चल्दै गरे पनि त्यसलाई केन्द्र मान्ने कुरालाई अस्वीकार गर्दै २०२८ सालमा केन्द्रीय न्यूक्लस बन्यो । जसको नेतृत्व मनमोहन अधिकारी, मोहन विक्रम सिंह, निर्मल लामा लगायतले गरेको देखिन्छ । पुष्पलालले नेतृत्व गरेको पार्टी र केन्द्रीय न्यूक्लसका बीचमा आधारभूत सैद्धान्तिक मतभेद देखिंदैन र राजनैतिक विषयमा कतिपय मतभेद देखिन्छन । त्यसैको संगसँगै पूर्वी कोशि प्रान्तीय कमिटिबाट विद्रोह गरेर कोर्डिनेशन केन्द्र बनेको पाईन्छ, जसलाई लामो समय सम्म झापाली समूह भन्ने गरिन्थ्यो । उक्त समूहले पनि वैचारिक राजनैतिक हिसावले माक्र्सवाद लेनिनवाद माओ विचारधारा नयाँ जनवादी क्रान्ति लगायतका कुरा गरेको थियो र मूलतः संसोधनवाद विरुघको संघर्षका क्रममा नै यी पार्टी तथा समूहरु बनेको देखिन्छ । आधारभूत रुपमा वैचारिक प्रश्नमा समान धारणा रहे पनि राजनैतिक तथा संघर्षका प्रश्नमा यी तीनवटै शक्तिहरुको जोड र कोण फरक फरक थिए । तर, समग्र कम्युनिष्ट आन्दोलनको पक्षबाट हेर्दा ती विषयहरु आपसमा छलफलद्धारा हल गर्न नसक्ने प्रकृतीका थिएनन्, तर, त्यो पहल र भूमिका नभएको नै देखिन्छ ।
यसरी नेपालो कम्युनिस्ट आन्दोलनको इतिहास सरसर्ती हेर्दा देखिने तथ्य के हो भने समान विचारका दक्षिणपन्थी तथा संसोधनवादीहरु पनि अलग अलग पार्टी संगठन बनाएको पाईन्छ भने क्रान्तिकारीहरु प्नि त्यस्तै विभाजित अवस्थामा रहेको पाइन्छ । सायद यो कुरा नेपालको सन्दर्भमा मात्र होइन, अन्तरराष्ट्रिय रुपमा पनि देख्न सकिन्छ । तर, त्यो लामो समय त्यसरी रहदैन र आ–आफ्नो ध्रुवमा ध्रुविकृत हुँदै जान्छन । नेपालको सन्दर्भमा त्यो कुरा दक्षिणपन्थी संसोधनवादीहरु बढी संगठित र ध्रुविकृत हुँदै गएको र क्रान्तिकारीहरु बढी विभाजित भएको पाइन्छ, यो कम्युनिस्ट आन्दोलनको गंभीर समस्या हो । माथि प्रथम महाधिवेशन देखि तेस्रो महाधिवेशन सम्म जसरी दक्षिणपन्थी संसोधनवादीहरुले कम्युनिस्ट आन्दोलनलाई विर्सजनमा पु¥याएको चर्चा ग¥यो त्यो प्रवृत्ति त्यही सकिएन र नयाँ रुपमा ती प्रवृत्तिहरु विकास हुँदै आए । तेस्रो महाधिवेशन पछि पूनर्गठित पार्टीमा पनि त्यो संसोधनवादी विचार राजनीतिबाट मुक्त भएन र अहिले पनि संसोधनवादका विरुद्धको संघर्ष कम्युनिष्ट आन्दोलनको मूख्य चुनौती नै बनेको छ ।
पुष्पलालले पूर्नगठन गरेको पार्टी तथा झापा आन्दोलनको जगमा बनेको पार्टी कालान्तरमा विभिन्न समूह उप–समूहमा विभाजित हुँदै माले एमाले र नेकपा (नेकपा) बनेको छ । त्यस्तै केन्द्रीय न्यूक्लसद्वारा पूर्नगठित पार्टीको पनि एउटा हिस्सा चौम, माक्र्सवादी, मशाल र माओवादी हुँदै नेकपा (नेकपा)मा समाहित हुन पुगेको छ । त्यो पार्टीले स्पष्ट दक्षिणपन्थी संसोधनवादी विचरका आडमा प्रतिक्रियावादी तथा साम्राज्वादी शक्तिहरुको राजनीति बोकेर विद्यामान संसदीय व्यवस्थाको सरकारमा उनीहरु आसिन छन् । ती पार्टी तथा समूहहरुले अहिले पनि कम्युनिस्ट पार्टीको नाममा जनतालाई भ्रम र कम्युनिस्ट आन्दोलनलाई बद्नाम गरिरहेका छन् । त्यसका विरुद्ध क्रान्तिकारी पार्टी र शक्तिहरुले निर्मम संघर्ष नगरे सम्म आन्दोलनले गति लिन सक्दैन । तसर्थ, आज संसोधनवादका विरुद्धको संघर्षलाई तेज पार्दै क्रान्तिकारी आन्दोलन र पार्टी निर्माणको ऐतिहासिक दायित्व वहन गर्न पर्ने आवश्यकता छ । तर, क्रान्तिकारी शक्तिहरु अहिले पनि विभाजित अवस्थामा छन् । त्यो विभाजित आन्दोलनलाई एकीकृत तथा ध्रुविकृत गर्ने कुरा एकातिर छ भने अर्कोतिर दक्षिणपन्थी संसोधनवादका विरुद्ध जुद्दै संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्र्र्र्र्र्दै समाजवाद हुँदै साम्यवादी लक्ष्य प्राप्त गर्नु छ । त्यो महान उद्देश्यलाई प्राप्त गर्ने दृढ संकल्प, त्याग बलिदान र संघर्षको निरन्तरताले मात्र संभव हुनेछ । घोषित रुपमा संसोधनवादको बाटो समातेका तथा प्रतिकृयावादी व्यवस्थाका गोटी बनेकाहरु सँगको संघर्ष खुला र आमने सामने छ, तर छदम रुपमा रहेका अवसरवादका विरुद्धको संघर्ष गर्ने प्रश्न ज्यादै जटिल र कठिन हुन्छ । क्रान्तिकारी र संसोधनवादका बीचमा भीषण संघर्ष चल्दा कतिपय शक्तिहरु बीचको बाटो खोज्ने प्रयात्न गर्दछन् तर, त्यो स्वयं आफ्नो र कम्युनिस्ट आन्दोलनको लागि घातक हुन्छ भन्ने कुरा विगतका राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटनाक्रमले देखाउदै आएको छ । सोभियत संघ र चीनको पार्टीका बीचमा चलेको महान बहसमा धेरै पार्टीहरुले सोभियत संघको समर्थन गर्न पुगे र उनीहरुले कम्युनिष्ट आन्दोलन र आफ्नो पनि विनासको बाटो समाते, कतिपय पार्टीहरुको क्रान्तिकारी गौरव पूर्ण इतिहास रहदा रहदै पनि आफूलाई तटस्थ राखे जसले क्रान्तिकारी आन्दोलनलाई भन्दा संसोधनवादलाई नै बल पुग्यो । ठीक, त्यो अवस्था आज नेपालको कम्युनिस्ट आन्दोलनमा छ । संसोधनवाद विरुद्ध निर्मम संघर्ष गर्ने वा त्यो सँगको सम्बन्धलाई कायम गरेर तात्कालिन फाइदा लिने भन्ने कुरामा नेपालको कम्युनिष्ट आन्दोलनमा कैयौ भ्रम छन् । तर, क्रान्तिकारीहरुले गलत विचारका विरुद्ध निर्मम संघर्ष गरेरे नै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सकिन्छ र सकिने छ ।