नेपाली एकता समाज भारत केन्द्रीय समितिका सदस्य लिला रानाको निधन

नेपाली एकता समाज भारतका सदस्यहरुद्धारा श्रद्धाञ्जली अर्पण

प्रकाशित मिति : २०७६ चैत्र १८

बाग्लुङ जिल्ला जैमुनी नगरपालिका राङखानी वार्ड नम्बर १० बुबा डम्बर बहादुर रानाको छोरा लिला रानाको २०७६चैत १७ गते भारतको एम्स अस्पत्ताल चेन्नाईमा औषधीउपचारको क्रममा निधन भएको छ । उहाँ लामो समयदेखि डाँबिटीजबाट पीडित हुनुहुन्थ्यो र पछिल्लो समयमा उहाँको लिभरमा इन्फेक्शन देखिएको र त्यसकै कारण उहाँको निधन भएको छ । यस सन्दर्भमा नेपाली एकता समाज भारत केन्द्रीय समितिका अध्यक्ष आनन्द थापाले श्रद्धाञ्जली वक्तव्य निकालेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । वक्तव्यको पूर्ण पाठ तल दिइएकोछ ः


श्रद्धाञ्जली वक्तव्य
चेन्नई ३० मार्च २०२० (२०७६चैत १७) गते बाग्लुङ जिल्ला जैमुनी नगरपालिका राङखानी वार्ड नम्बर १० बुबा डम्बर बहादुर रानाको छोरा लिला राना बर्ष ५५को नेपाली एकता समाज भारत केन्द्रीय समितिका सदस्य लामो समय देखी डाँबिटीज र पछिल्लो अवस्थामा उहाँेको लिभरमा इन्फेक्शनको कारण अस्वस्थ भएकोले अचानक २९मार्च २०२० तदनुसार २०७६चैत १७ बिहान स्वास्थ्यमा समस्या आएको ले उपचारको लागी वंहाँको जेठि छोरी बसंन्ती रानाले एम्स अस्पत्ताल चेन्नाई १ जवाहरलाल नेहरु रोड वादापलानी चेन्नईमा उपचारको क्रममा आकस्मिक रुपमा वंहाँको ४ः३० बजे निधन भएको खबरले हाम्रो नेपाली एकता समाज भारत केंद्रीय समिति इस्तभ्दं भएको छ ।
वंहाँको यस दुखद पुर्ण निधनले केन्द्रीय समितिले एक जना इमान्दार र कर्मठ सदस्य गुमाउनु परेकोमा नेपाली एकता समाज भारत मृतक लिला राना प्रति हामी भाबपुर्ण श्रद्धाञ्जाली अर्पण गर्दछौ ।
साथै वंहाँको अन्त्यसतीमा मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका महेन्द्र बश्याल, नेत्रलाल शर्मा सहभागी भई सहयोग गर्नु भएकोमा सम्पूर्ण मित्रहरु प्रति आभर ब्याक्त गर्दछौ ।
यस दुस्खद अबस्थामा शोकाकुल मृतक परिवार, आफन्तजनहरु प्रति हाम्रो नेपाली एकता समाज हार्दिक संवेदना ब्याक्त गर्दछ ।

आनन्द थापा
अध्यक्ष
नेपाली एकता समाज भारत केंद्रीय समिति