नेपाली एकता समाज भारत केंद्रीय समितिको विज्ञप्ति

नेपाली एकता समाज भारत केंद्रीय समितिको विज्ञप्ति

नेपाली एकता समाज भारत

 २९मार्च  दिल्ली

गत वर्ष दिसंबरमा चीन को वुहान शहरबाट नोवेल कोरोना वायरस अथवा कोविड १९को संक्रमण शुरू भयो र हाल सम्म यसको चपेटामा विश्वका झण्डै सबै देशहरु आएका छन । यस रोगको कुनै औषधि अथवा टीका छैन र दुनिया भरि सामाजिक दुरी(सोशल डिसटेंसिग), हाइजीन र लॉकडाउन गरि संक्रमणको प्रसारलाई रोक्ने प्रयास भई रहेको छ । यसका बावजूद रोगको फैलाव तीव्र गतिमा भई रहेको छ । स्पेन, इटली र अमेरिका लगायत लगभग सबै पश्चिमी मुलुकहरुमा हजारौं मानिसहरुको मृत्यु यस संक्रमणले भएको छ तथा लाखौं मानिसहरु यसको प्रभावमा परि सकेका छन । यो आगामी दिनहरुमा झन बढ्दै जाने कुरा स्वास्थ्य विशेषज्ञहरुले भनि रहेका छन ।
यी कारणहरुले गर्दा भारत र नेपाल लगायतका देशहरुमा पूर्ण लॉकडाउनको घोषणा गरिएको छ । हवाई र रेल सेवामा रोक लगाइएको छ र सडकमा वाहनहरु गुड्न दिइएको छैन । हामी जहाँ छौँ त्यहाँ नै बस्ने विवस्ता छ । यस अवस्थाले भारत भरि फैलिएर बसी रहेका प्रवासी नेपालीहरुलाई ठूलो समस्या पैदा भएको छ । आवागमनमा चालू रोकले गर्दा संगठनका कार्यकर्ताहरु चाहेर पनि अलपत्रमा परेका नेपालीहरु समक्ष पुग्न पनि सकेका छैन्न । तर हामिले मद्दत गर्ने प्रयास गरि रहेका छौँ ।
हाम्रो समाजले संक्रमणको चपेटामा परि मर्नेहरुलाई श्रृद्धांजलि दिँदैँ, कोरोना वायरसले गर्दा बिमारीको अवस्थामा परेका रोगीहरुलाई छीटो स्वास्थ्य लाभको कामना गर्दछ ।
यस विज्ञप्तिका साथै नेपाली एकता समाज भारतका आगामी दिनहरुमा प्रस्तावित सबै कार्यक्रमहरु थप सूचना न आए सम्मकालागि स्थगित गरिएको जानकारी समेत गराउँद छौ ।
संगठनले देशभरीका आफ्ना कार्यकर्ताहरुलाई जरूरी सतर्कताको पालन गर्दा समस्यामा परेका नेपाली भाई बहिनीहरुको सक्दो मद्दत गर्न आह्वान गर्द छ । आसपास बस्ने नेपालीजनले एकअर्काको पूर्ण मद्दत गर्नु पर्दछ । तपाईहरुको नजीक नेपाली भाई बहीनीहरु बाटोमा फसेका छन भने उनीहरुलाई लॉकडाउन सम्म बस्ने र खानाको व्यवस्था मिलाई दिनु पनि आजको आवश्यकता र संगठनका सदस्यहरुको कर्तव्य हो । र केन्द्रीय समितिलाई आशा छ कि संकटको यस घडीमा समाजका कार्यकर्ताहरु आफ्नो कर्तव्यको पालन पक्कै पनि गर्नु हुने छ ।
सदस्यहरुलाई कुनै किसिमको सहायताको आवश्यकता परे, केन्द्रीय समितिमा संपर्क गर्न अपील पनि गरिन्छ ।

आनंद थापा विष्णु भट्टराई
अध्यक्ष महासचीव
नेपली एकता समाज भारत