विश्व स्वास्थ्य संगठनले ‘विश्व महामारी’ घोषणा गरे लगत्तै चीनले भन्यो– ‘कोरोना भाइरसको महामारी समाप्त भयो’

विश्व स्वास्थ्य संगठनले ‘विश्व महामारी’ घोषणा गरे लगत्तै चीनले भन्यो– ‘कोरोना भाइरसको महामारी समाप्त भयो’


एजेन्सी । चीनले अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो । चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत १२३ भन्दा बढी मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने करिब चार हजारको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ ।

विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरसलाई पैनडेमिक अर्थात् महामारी घोषित गरेको छ । यसअघि डब्ल्यूएचओले कोरोना भाइरसलाई महामारी भनेको थिएन ।
महामारी त्यो बिमारीलाई भनिन्छ जसले एकै समयमा विश्वका अलग अलग देशका बासिन्दालाई संक्रमित गर्छ ।
डब्ल्यूएचओका अध्यक्ष डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने कि अब कोरोना भाइरसका लागि महामारी शब्दको प्रयोग थालिएको थालिएको छ किनभने यो भाइरस नियन्त्रणको विषय चिन्ताजनक छ ।
यसअघि सन २००९ मा स्वाइन फ्लूलाई महामारी घोषित गरिएको थियो । विशेषज्ञहरुका अनुसार स्वाइन फ्लूका कारण कैयौँ लाख मानिसहरु मारिएका थिए ।
महामारी हुने अधिक सम्भावना त्यो बेला हुन्छ जब भाइरस एकदमै नयाँ हुन्छ, सजिलै मानिसहरुलाई संक्रमित गर्न सक्छ र मानिसहरुको सम्पर्कबाट निरन्तर फैलिरहेको हुन्छ ।

कोरोना भाइरसले यी सबै चरण पार गरिसकेको छ । अहिलेसम्म कोरोनाविरुद्धको उपचार र औषधि पत्ता लागेको छैन । यो भाइरसलाई विस्तार हुनबाट रोक्नु नै सबैभन्दा ठूलो विषय बनेको छ ।

फरवरीको अन्त्यमा डा. टेडरोजले भनेका थिए कि कोरोना भाइरसमा महामारीको रुप लिने क्षमता छ तर अहिले यो महामारी होइन किनभने हामी विश्वभरी यसको अनियन्त्रित विस्तार देखिरहेका छैनौँ ।

तर अब कोरोना भाइरसको संक्रमण विश्वका धेरै मुलुकमा पुगेको छ । ताजा आकडा अनुसार १ सय १४ देशमा १ लाख १८ हजार जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

तर भाइरसको बारेमा भाषा या परिभाषा बदलेकै कारण यो भाइरसको तीव्र संक्रमण रोक्नमा कुनै असर पर्ने छैन । तर डब्ल्यूएचओलाई लागेको छ कि विश्वका राष्ट्रहरु कोरोना भाइरसलाई लिएर अझ बढी गम्भीर होउन् ।

डा. टेडरोजले भने, ‘ केही देश क्षमताको कमिसँग जुझिरहेका छन् । केही संसाधनको कमिले जुझिरहेका छन् । तर केही देश इच्छाशक्तिको कमिसँग जुझिरहेका छन् ।’

उनले भने, ‘विश्व स्वाथ्य संगठन चाहन्छ कि सबै देशहरु कोरोना भाइरसविरद्ध कदम चालुन्, आपातकालीन प्रतिक्रिया तन्त्रलाई लागू गरियोस् र यसको क्षमता बढाइयोस् । मानिसहरुलाई यसको खतरा र बच्ने उपायबारे जानकारी दिइयोस् ।’