रिफ्रेस सेन्टरको बहानामा वन फडानीको क्रान्तिकारी माओवादीले ग¥यो विरोध

रिफ्रेस सेन्टरको बहानामा वन फडानीको क्रान्तिकारी माओवादीले ग¥यो विरोध

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी ) बर्दघाट नगर संगठन समितिले बर्दघाट ४ स्थित पारिजात वन उपभोक्ता समुहको कार्यक्षेत्र भित्र रुख काटिएको भन्दै बिरोध गरेको छ ।
सो पार्टीका नगर सेक्रेटरी क्रान्तिले विहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै रिफ्रेस सेन्टर तथा स्मार्ट शौचालय बनाउने बहानामा ११९ वटा रुख काटिएकोमा बिरोध गरेको हो ।
क्रान्तिकारी माओवादीले प्रदेश सरकारको निर्देशन तथा स्थानीय तहको संग्लनतामा ती रुखहरु काटिदाँ समेत सरोकारवालाहरु मुकदर्शक बनेको बताएको छ ।
प्रेस बिज्ञप्तिमा ईलाका प्रहरी कार्यालय बर्दघाटकै सामुन्ने, सब वन डिभिजन कार्यालय बर्दघाट सरावलको सय मिटर दुरीमा रुख फडानी हुुनु र त्यसमा सरोकारवाला मुकदर्शक बन्नु अति निन्दनीय बिषय रहेकोले भन्दै घटनाको निन्दा एंव भत्र्सना गर्दछ – भनिएको छ ।
माओवादीले वनफडानीमा संलग्नहरु उपर छानविन गरी कानुनी कारवाही नगरे संर्घषमा उत्रने चेतावनी दिएको छ ।
सो बिज्ञप्तिमा – सोही सन्र्दभमा हाम्रो पार्टी नेकपा ( क्रान्तिकारी माओवादी) नगर संगठन समितिको मिति २०७६÷११÷२९ गते सम्पन्न बैठकले प्रदेश नम्बर पाँचको पुर्वी प्रबेशद्धार समेत रहेको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ स्थित पारिजात सामुदायिक वन उपभोक्ता समुहको कार्यक्षेत्र भित्र भएको जथाभावी रुख कटानी प्रति ध्यानाकर्षण गर्ने निर्णय गरेको यहाँहरु माझ राख्न चाहन्छौ । – उल्लेख गरिएको छ ।