जनयुद्धले आफ्नो काम गरेर गएको छ

प्रकाशित मिति : २०७६ फाल्गुन २४

- अटल


मालेमावादको आधारभुत सिद्धान्त वर्गसङघर्ष, बलप्रयोगको भुमिका, निरन्तरक्रान्ति सर्वहारावर्गको अधिनायकत्व, मालेमावाद विरोधीहरुले हजारपल्ट मृत घोषणा गरेपनि, पुरानो भयो भने पनि, माथिका आधारभुत सिद्धान्त, हरेकपल्ट मृत घोषणा गरेपछि पनि खरानि मुनिको आगो भैm झन चम्किलो र जाज्वल्यमान भएर देखा पर्ने गरेको छ । गाउवाट सहर घेर्ने दिर्घकालीन जनयुद्धको सफल प्रयोग १० वर्षको जनयुद्धमार्पmत नेपालमा भएको छ । प्रतिक्रियावादीवर्गका कमजोर जरा भएका नेपालका ग्रामिण भेग मुक्त भएका छन । जनताले क्रान्तिमा आफनो हित देखेर लाग्ने हो । सिद्धान्त, राजनीति, दर्शन र विचार बुझेर लाग्ने होइन त्यसैले त माहान दार्शनिक एङगेल्सले भन्नु भएको छ “हाम्रो लागि सोचिदिने बुद्धिजीवीवर्ग र लडिदिने मजदुरवर्ग भयो भने संसारको कुनै पनि तागतले हामीलाई हराउन सक्तैन” भनेर । हो हाम्रोलागि सोचिदिने माक्र्स–एङगेल्स–लेनिन–स्तालिन र माओ हुनु भयो र लडिदिने संसारका मेहनतकश मजदुर किसान भएकोले नै एक समय संसारको तीन भागको एकभाग मुक्त भयो र प्रतिक्रियावाद र साम्राज्यवादलाई हराएर नयाजनवाद र समाजवाद स्थापना भयो । भलै अहिलेसंसारमा एउटा पनि सच्चा नयाजावादी र समाजवादी सत्ता र सरकार नभएपनि विश्वव्यापीरुपमा एकैचोटि समाजवादी क्रान्ति हुने भौतिक वातावरण तयार हुदैछ । पहिलो विश्व युद्धमा संसारको ६ भाग मध्ये १ भाग सोभियत संघमा समाजवाद आयो दोश्रो विश्वयुद्धमा संसारको तीनभाग मध्ये १ भागमा नया जनवाद र समाजवाद आयो । अहिले जसरी हरेक कुरा विश्वव्यापीकरण भएको छ त्यसैगरी वर्गसङघर्ष पनि विश्वव्यापीकरण भएको छ । १ का विरुद्ध ९९ का नाराले विश्व ढाकेको छ । संसार एउटा गाउजस्तो भएको छ । विश्वको एउटा गाउमा भएको कुरा विश्वव्यापी र कुनै देशमा भएको कुरा गाउमा पुग्ने गरेको छ यसले महान माओले भने भैm आगामी ५०—१०० वर्ष उथलपुथलका वर्ष हुनेछन कि क्रािन्तले तेश्रो विश्वयुद्ध रोक्ने छ कि तेश्रो विश्व युद्धले क्रान्ति जन्माउने छ भन्ने कुरा सत्य साबित हुदैछ ।

जनयुद्ध वर्गसंघर्षको उच्चरुप वलप्रयोगकोरुपमा व्यक्त भयो । धर्ती आकाश हल्लाउने जनयुद्धले साम्राज्यवाद र विस्तारवादले हस्तक्षेप नगरेको भए ८० प्रतिशत भुभाग मुक्त भइसकेको र आधार इलाका बनिसकेको वेला बाकि बिस प्रतिशत पनि मुक्तहुने थियो । भुगोल भौतिक शक्ति त मापन गरियो तर जनयुद्धको चेतना त मापन गर्न सकिएको छैन । माओवादी जनयुद्ध र आधार इलाकाका तीनवटा विन्दु सिन्धुली, गोर्खा र रुकुम रोल्पालगायतका आम जनतामा जुन चेतना विकसित भएको छ । जनयुद्ध र वलप्रयोगको नाम नलिइकन त्यो चेतना भेटटाउन दक्षिणपन्थी नव–संशोधनवादीहरुले पनि सक्तैनन । दुइहजार अटठाइस सालमा झापामा देखा परेको सानो झिल्को देसैभरि पैmलियो भने देसैभरि पैmलिएको जनयुद्धको अग्निज्वालाको चेतनाको मापन कसैले गर्न सक्तैन । झापामा उठको बन्दुक सुरुवातकर्ताले फालेर “आजका मितिदेखि स्क्वाएड र जनमिलिसियनहरु सम्पुर्णविघटन गरेर शान्तिपुर्ण जन–आन्दोलन गर्ने भनेर अवदेखि हिंसात्मक आन्दोलनको नाम नलिने” भनेर दुइहजार पैतिस साल पौष ११मा बनेको माले र त्यसका अगुवा जनयुद्धको वलमा खडा भएको पुर्व माकेको सहयोग विना वहुमतको सरकारमा पुग्ने थिएनन । जसरी पुर्व मालेले हिंसात्मक आन्दोलनको नाम समेत नलिने ठाउमा पुग्यो । ठिक त्यहि ठाउमा पुगेको भुतपुर्व माओवादीहरु अभैm त्यहि भाषा बोल्न सक्ने अवस्थामा छैनन । व्यावहारिकरुपमा माओवाद छोडिसकेकाहरु भुतपुर्व माओवादी न जनयुद्ध गल्ती थियो भन्न सक्छन न अब हिंसात्मक आन्दोलन अब उप्रान्त आवश्यक छैन भन्न सक्छन ? यो जनयुद्धको सैद्धान्तिक विजय हो यद्यपि उनिहरुबाट त्यो सम्भव छैन ।


अहिले दुरदराजका गाउ खालि छन । पहाडका गैरि खेत र तराइका घोल र ढाप खेत बाभैm छोडेर किसानका छोराछोरी श्रम वेच्न विश्व बजारमा पजनी भएका छन । आमाको काखबाट मध्य पहाडमा दिउसै बाघ र चितुवाले बच्चाहरु खोसेर खाने जङगल बनिसकेका छन गाउहरु । ठुला, मध्य र साना बजार र सहरहरु घना बस्तिकोरुपमा विकास भएका छन । माथिको “राजाको” आडमा गाउका छोटे राजाहरु जसले ४ मानाको कोदोको १७ हजारव्याज लिन्थे र रातो पृष्ठभुमिको मातृभुमि पत्रिका लिएर हिडेको आरोपमा ६ महिना शान्ति सुरक्षा ऐन लगाएर जेल हाल्थे भागेर सहर पसिसकेका छन । ति भुतपुर्व फटाहाहरु कि सफायामा परे, कि जनतासंग आत्मसमर्पण गरेर गाउमै मिलेर बसेकि भागेर सहर राजधानी, र विदेस पसे । त्यसकारण अब हिजोकोजस्तो जनयुद्ध आवश्यक र सम्भव दुबै छैन । जनताले लडने युद्धलाई जनयुद्ध वा जनविदरोह भनिन्छ । स्थायी भाववल प्रयोग हो । त्यो सम्भव र आवश्यक दुबै छ । जसरी बास जुधेर होस वा भिरमा गुडेको ढुङगा जुधेर चैत्र वैशाखको खडेरीमा आगो उत्पत्ति भयो र डढेलो लाग्यो त्याहादेखि आजसम्म आगोको पोल्ने गुण कहिल्यै नष्ट भएको छैन तर रुप भने परिवर्तन भएर ग्यासबाट आगो बल्ने रुपमा परिवर्तन भइसक्यो । संसारलाई १७ पटक ध्वस्त (खरानी) पार्न सक्ने हतियार थुपारेर बसेका साम्राज्यवादीहरुले जतिसुकै फुर्ति लाएपनि आफु ध्वस्त हुनेगरि कोहि लडदैनन । आजसम्म बनाइएका सबै हतियार मजदुरहरुले बनाएका हुन। आजसम्मको स्पार्टकसदेखिको लडाइमा उत्पीडित, शोषितवर्गले जित्दै आएको छ । एउटा भनाइ छ तेश्रो विश्वयुद्ध कसरी लडिन्छ थाहा छैन तर चौथो विश्वयुद्ध भयो भने खुकरि र ढुङगाले लडिनेछ । भन्ने कुरा सत्य जस्तै छ । मजदुरवर्गको चेतनाले जब उनिहरुको मस्तिष्क भरिनेछ तब ति हतियार साम्राज्यवादी र प्रतिक्रियावादीतिर नै सोझिने छ । “आजका मितिबाट जनयुद्धको अन्त भयो”भनेर दुइहजार त्रिसटठि मार्ग ५ गते प्रचण्ड र गिरिजाले सहि गरेदेखि यता वर्गसंघर्ष भिन्नरुपमा विकास भइरहेको छ । वीरहरुले सामना गर्छन र गद्दारहरुले घुडा टेक्छन । आज साम्राज्यवादको अगाडि घुडा टेकेर किस्तीमा सम्झौता पत्र बुझाउने निमित्तपात्र चन्दरशेखर उपाध्याय र गजराजभिश्रको नाम कसैले लिदैनन । ७० वर्षे बुढा भक्ति थापा, बेलायती साम्राज्यवादलाई आच्छु आच्छु खेलाउने वलभदर कुवर र गोसाइकुण्डमा गएर प्राण त्याग्ने तर राष्टघातीको कलो नखाने अमरसिंह थापाहरु देसभक्त बच्चाबच्चाहरुको जिब्रोमा झुण्डिरहेका छन र मस्तिष्कमा घर जमाएर बसेका छन । नेपाली विशेषता अनुसारको सशस्त्र जनविदरोह मार्पmत अर्थात नया ढङगको वलप्रयोग मार्पmत नयाजनवादी क्रान्ति गर्ने नेकपा (क्रान्तिकारी माओवादी) को कार्यदिशा रहिआएको छ ।

दसवर्षको जनयुद्धले दुरदराजका प्रतिक्रियावादीहरुका छरिएका जराहरु काटिदिएको छ । देसको नक्सा नै बदलिदिएको छ । सामन्त, नोकरशाह र दलालपुजीवाद मिलेर बनेको प्रतिक्रियावादी राज्यसत्ता बुर्जुवा नै भएपनि गणतन्त्र आएर बनेको सामन्तवादलाई धकेलेर रोल नं ३ मा पुरयाइदिएको छ र साम्राज्यवाद र विस्तारवादका एजेण्ट दलाल पुजीपतिहरु अग्रिम मोर्चामा आइपुगेका छन । दलाल तथा नोकरशाही पुजीवाद र सामन्तवाद मिलेर नया समिकरणका साथ प्रतिक्रियावादी सत्ता हाम्रा सामु खडा छ । सामन्तवाद र साम्राज्यवाद दुइ विशाल पहाड नेपाली जनताका शत्रृु हुन । साम्राज्यवाद र तिनका पाल्तु कुत्ताहरु नेपाली जनताका अगाडि दुश्मनकोरुपमा खडा छन । तिनलाई पन्छाएपछि मात्र नेपाली जनता र नेपाल देस मुक्त हुने छ । नेपाललाई साम्राज्यवादी सिकुन्जा कस्नेगरि, हिन्दप्रशान्त रणनीतिमा फसाउने योजनाकासाथ, सहयोगको नाममा एम.सी.सी. (सहस्राब्दी चुनौती संस्था) खडा गरेर उदियमान पहिलो अर्थतन्त्रमा विकसित चिनलाई जमिनबाट घेरा हाल्न भारतसंग सहकार्य गर्दै अमेरिका नेपाल प्रवेश गर्दैछ । ७१ ठाउमा सीमा मिच्दै हालसालै संविधानको ३७० धारा खारेज गरेर लिम्पियाधुरादेखि लिपुलेकसम्मको तीनसय बहत्तर वर्ग किलोमिटर सिमा आफनो नक्सामा पारेर ६० हजार वर्गमाइलभन्दा बढि सिमाना भारतीय विस्तारवादले मिचेको छ । त्यसकारण राष्टिय स्वाधीनतालाई केन्दरमा राखेर जनजीविका र जनतन्त्रलाईसमेत समेटेर प्रतिक्रियावादी सत्ता र तिनका संचालकविरुद्ध नया ढङगले वर्गसंघर्ष उठाउनु र जनयुद्ध लडनु आजको आवश्यकता हो ।