माेहन वैद्य ‘किरण’

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरामाथि ध्यान दिंदै नेकपा (क्रान्तिकारी माओवादी)ले माघ १५ देखि देशव्यापी रुपमा सञ्चालन गरिरहेको ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’ १५ दिनका लागि स्थगित गरेको छ । पार्टी महासचिव मोहन वैद्य किरणले २३ गते शुक्रबार एक वक्तव्य जारी गर्दै चार महिने अभियान १५ दिनका लागि स्थगित गरेको जनाएका छन् ।
वक्तव्यमा भनिएको छ, “यतिबेला कोरोना भाइरस विश्वभरी विस्तार हुँदै गइरहेको छ । आजसम्म यसको प्रकोप नेपालमा नदेखिए पनि यसबाट पैदा हुनसक्ने खतराप्रति सतर्कता बढाउनु आवश्यक छ । यो स्थितिमा संभावित खतराबाट जोगिनका लागि क्वारेन्टाइन तथा आइसोलेसन क्षेत्रको व्यवस्था गर्न र आवश्यक डक्टर, नर्स तथा औषधिको व्यवस्था मिलाउन हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ ।
यस स्थितिमा कोरोना भाइरसका कारण पैदा हुन सक्ने संभावित खतरामाथि ध्यान दिंदै हाम्रो पार्टीको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र जवस तथा मोर्चाहरुले संयुक्त रुपमा सञ्चालन गर्दै आएको ४ महिने “राष्ट्रिय स्वाधीनताको रक्षा र सङ्गठन विस्तार अभियान” आजका मितिदेखि १५ दिनका लागि स्थगित गरिएको छ ”

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर