फागुन २१
नेकपा (क्रान्तिकारी माओवादी)ले प्रत्येक सालको फागुन १६देखि २१सम्मलाई सहीद सप्ताह मनाउने गरेअनुसार यो साल पनि त्यसलाई विभिन्न कार्यक्रमका साथ मनाएको छ र फागुन २१ गते सहीद सप्ताहको अन्तिम दिन ६ नं. प्रदेश अभियान टोलीले विहान सुर्खेतको जामुने बजारमा वीर सहीदहरुप्रति श्रद्धान्जली अपर्ण गर्दै कोणसभा सम्पन्न गरेको जानकारी प्राप्त भएको छ । उक्त कोणसभाको संचालन तेजविक्रम शाहीले गरेका थिए भने वक्ताको रुपमा चक्रपाणी शर्मा र दिपक बहादुर शाहीले सम्वोधन गरेका थिए ।

हार्दिक शुभकामना !

त्यसै दिन दिउसो सूर्खेत बोटेचौरमा अर्को कोणसभाको आयोजना गरियो । दिपक बहादुर शाहीले संचालन गरेको उक्त कोणसभालाई अखिल क्रान्तिकारीका विद्यार्थी नेता नेत्र बहादुर शाही र पार्टी नेता तेजविक्रम शाहीले सम्वोधन गरेका थिए । त्यसको लगत्तै सुर्खेत मेलकुनामा पनि कोण सभा सम्पन्न गरियो । नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेत जिल्ला पार्टी सचिव श्याम केसी, विद्यार्थी नेता हिक्मत र पार्टी नेता चक्रपाणी शर्माले सम्वोधन गरेको उक्त कार्यक्रमलाई दिपक शाहीले संचालन गरेका थिए । त्यसै दिन बेलुका सुर्खेत छिन्चुमा अर्को कोणसभाको आयोजना गरिया,े जसमा संचालक दिपक बहादुर शाही र वक्ताहरुमा चक्रपाणी शर्मा रामसिंह श्रीष थिए । माथि उल्लेखित सबै कार्यक्रमहरुमा अमर राहदीले जनवादी गित गाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर