नेपाली एकता समाज भारतको पन्जाबमा सहीद सप्ताहा कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २०७६ फाल्गुन २२

- मिलन केसी

नयाँ दिल्ली, मार्च १ २०२०का दिन नेपाली एकता समाज भारत नगर समिति होशियारपुर र तलवाडा् नगर समितिहरुको आयोजनामा सहिद सप्ताह कार्यक्रम भब्य रुपमा सम्पन्न गरियो । उक्त कार्यक्रमका अतिथि केंद्रीय समिति सचिब मिलन केसीले शहिद सप्ताह तथा बलिदान दिवशका बारेमा र प्रत्यक्ष वर्गसंघर्षमा भारत प्रवासबाट करीब ६८ जना साथीहरुले साहदत प्राप्त गर्नुभएको थियो भनी जानकारी गराए ।


मन्तव्यकै क्रममा उनले त्यसकारण शहिदहरुको सम्मान, वहाँहरूले देखाएको बाटोमा निरन्तर लागि रहने विश्वास व्यक्त गरे । कार्यक्रममा केन्द्रीय कोषाधक्ष्य बीर बहादुर गौतम केसस रामु शर्मा पौडेल, कमला गौतम लगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता राकेश बिकले गरेका थिए भने सन्चालन गोबिन्द बिकले गरेका थिए ।