कोरोना भाइरसका कारण दश दलीय मोर्चाद्वारा २२ गते गर्ने भनिएको संसद भवन घेराउ कार्यक्रम स्थगित (वक्तव्यसहित)

कोरोना भाइरसका कारण दश दलीय मोर्चाद्वारा २२ गते गर्ने भनिएको संसद भवन घेराउ कार्यक्रम स्थगित (वक्तव्यसहित)


काठमाडौं । कोरोना भाइरसको संभावित संक्रमणलाई मध्यनजर गर्दै दश दलीय मोर्चाद्वारा २२ गते गर्ने भनिएको संसद भवन घेराउ कार्यक्रम हालका लागि स्थगित गरिएको छ । दश दलीय मोर्चाले अमेरिकी साम्राज्यवादी परियोजना एमसीसी सम्झौताको खारेजी र भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत अतिक्रमित भूमि फिर्ताको माग गर्दै २२ गते संसद भवन घेराउ गर्ने कार्यक्रम तय गरेको थियो । दश दलीय मोर्चाको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले मंगलबार एक वक्तव्य जारी गरी २२ गतेको उक्त कार्यक्रम हालका लागि स्थगित गरेको जनाएका छन् ।

वक्तव्यमा भनिएको छ, “कोरोना भाइरस एउटा महामारीको रुपमा विश्वका धेरै देशमा फैलिएको र यसको संक्रमणको खतराबाट जनतामा ठूलो सन्त्रास फैलिएको विषयमा हामी जानकार छौ । नेपालमा पनि उक्त महामारीको संक्रमणको सम्भावनाबारे व्यापक जनचासो र जनसतर्कता देखिनु सकारात्मक पक्ष हो । जनस्वास्थ्य सम्बन्धी यस प्रकारको संवेदनशील र महत्वपूर्ण विषयमाथी ध्यान दिदै दश वाम पार्टीहरुको मोर्चाले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पीयाधुरा–कालापानी–लिपुलेकको नक्शा खारेजी र उक्त भूभागमाथि नेपालको स्वामित्व कायम गराउन तथा के.पी ओली सरकारले अमेरिकी सरकारसँग गरेको राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजीका लागि आगामी फाल्गुण २२ गतेको निम्ति घोषणा गरिएको विरोध प्रदर्शन र संसद भवन घेराउ कार्यक्रम नेतृत्व पंक्तिको समझदारी अनुसार हाललाई स्थगित गरिएको जानकारी सार्वजनिक गरिएको छ ।”

 

वक्तव्य

कोरोना भाइरस एउटा महामारीको रुपमा विश्वका धेरै देशमा फैलिएको र यसको संक्रमणको खतराबाट जनतामा ठूलो सन्त्रास फैलिएको विषयमा हामी जानकार छौ । नेपालमा पनि उक्त महामारीको संक्रमणको सम्भावनाबारे व्यापक जनचासो र जनसतर्कता देखिनु सकारात्मक पक्ष हो । जनस्वास्थ्य सम्बन्धी यस प्रकारको संवेदनशील र महत्वपूर्ण विषयमाथी ध्यान दिदै दश वाम पार्टीहरुको मोर्चाले भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पीयाधुरा–कालापानी–लिपुलेकको नक्शा खारेजी र उक्त भूभागमाथि नेपालको स्वामित्व कायम गराउन तथा के.पी ओली सरकारले अमेरिकी सरकारसँग गरेको राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजीका लागि आगामी फाल्गुण २२ गतेको निम्ति घोषणा गरिएको विरोध प्रदर्शन र संसद भवन घेराउ कार्यक्रम नेतृत्व पंक्तिको समझदारी अनुसार हाललाई स्थगित गरिएको जानकारी सार्वजनिक गरिएको छ । अभिवादन सहित ।

सि.पी गजुरेल
दश दलिय मोर्चाको तर्फबाट