ललितपुर । अखिल नेपाल क्रान्तिकारी धातु तथा हस्तकला मजदुर संघको प्रथम भेला ललितपुरको ग्वार्को स्थित स्टार फुडल्याण्डमा सम्पन्न भएको छ ।
भेलाले दिनेश थापाको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समितीको गठन समेत गरेको छ । भेलामा नेपाली मजदुरहरुको गौरवशाली सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष एवं प्रमुख अतिथी ईश्वर तिमिल्सिना, महासंघका महासचिव वसन्त बोगटी, महासंघका केन्द्रीय सचिवालय सदस्य दिनेश बर्तौला, ढोगप्रसाद अधिकारी, कुमार घताने सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नव गठित समितिलाई अखिल नेपाल महिला संघ क्रान्तिकारीका ३ नम्बर प्रदेश संयोजक रुपा गेलाल र देजमो ललितपुरका अध्यक्ष ईन्दिरा अधिकारिले वधाई सहित शुभकामना मन्तव्य दिएका थिए ।