काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पत्रकार सागर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले निर्वाचित गरेको १५ सदस्यीय कमिटिको उपाध्यक्षमा जयनारायण दाहाल, सचिवमा प्रदिपकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोपालदास श्रेष्ठलाई निर्वाचित गरेको छ । 

भेलाले सदस्यहरुमा सुमन लिम्बू, अनिल भट्टराई, रेखा भण्डारी, अनिसा पाैडेल, ज्ञानु श्रेष्ठ, पार्वती बस्नेत लगायतलाई  निर्वाचित गरेकाे छ ।
भेलालाई संगठनका अध्यक्ष इन्द्र राउत, नेकपा (क्रान्तिकारी माओवादी)का काठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका काठमाडौं जिल्लाका अध्यक्ष बन्धुदेव पाण्डेले सम्बोधन गरेका थिए भने संगठनका सचिव तथा प्रदेश संयोजक रनसुर महतराले बधाइ मन्तव्य राखेका थिए । निर्वाचित कमिटिको तर्फबाट सागर श्रेष्ठले प्रतिबद्धता मन्तव्य राखेका थिए ।


भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य डिल्लिराम बोहरा, क्रान्तिकारी माओवादीका प्रदेश सदस्य राम नेपाली, अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


निर्वाचित कमिटिको बैठकबाट संगठनका आगामी कार्ययोजना तय गरिने नवनिर्वाचित अध्यक्ष सागर श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर