क्रान्तिकारी माओवादी पूर्वी ब्यूरोको अभियान २ नं. प्रदेशमा जारी, सोमबार ५ वटा कोणसभा सम्पन्न (फोटोफिचर)

प्रकाशित मिति : २०७६ फाल्गुन ६


काठमाडौं । ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’ २ नं. प्रदेशमा जारी रहेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पूर्वी व्यूरो इन्चार्ज हरिभक्त कँडेलको नेतृत्वमा रहेको यो अभियान टोलीले सोमबार सप्तरीका ५ स्थानमा कोणसभा सम्पन्न गरेको छ । सो अभियान टोलीले फत्तेपुर, कञ्चनपुर, महुली, कठौना र कल्याणपुरमा कोणसभा सम्पन्न गरेको हो ।
फत्तेपुरको कोणसभाको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मोहन तामाङले उद्घोषण गरेका थिए भने प्रमुख वक्ताको रुपमा पार्टीका प्रवक्ता तथा पूर्वी व्यूरो इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गरेका थिए । नेता कँडेलले कालापानी क्षेत्रको करिब ४ सय वर्ग किमी भूमिसहित दश हजार त्रिचालीस वर्ग किमी भूमि भारतले हडपेको भन्दै त्यो अविलम्ब फिर्ता गराउनु पर्ने र राष्ट्रघाती एमसीसी खारेज गरिनुपर्ने विचार व्यक्त गरेका थिए ।


ओली सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा फलाक्दै कंकाल नेपाल र गरिबी नेपाली बनाएको समेत दई वर्षे कार्यकालको फेहरिस्त प्रस्तुत गरे ।
कञ्चनपुरमा भएको कोणसभाको पनि सञ्चालन केस मोहन तामाङले गरेका थिए भने पार्टी पीवीएम तथा २ नं प्रदेशका पार्टी इन्चार्ज कृष्णदेव सिंह दनुवारले सम्बोधन गरेका थिए ।

त्यसैगरी महुली बजारमा भएको कोणसभाको सञ्चालन पार्टीका सप्तरी सचिव अछ्मीत चौधरीले गरेका थिए भने केस मोहन तामाङ र अखिल नेपाल आदिवासी जनजाति महासंघका सप्तरी अध्यक्ष वलिकान्त चौधरीले सम्बोधन गरेका थिए ।


कठौना बजारमा भएको कोणसभाको सञ्चालन दलित मुक्ति मोर्चाका केस जगतसुन्दर विकले गरेका थिए भने देजमोका केस तथा सप्तरी अध्यक्ष एवम् प्रदेशका उपाध्यक्ष कृष्णदेव सिंह दनुवारले सम्बोधन गरेका थिए ।

त्यसैगरी कल्याणपुरमा गरिएको कोणसभाको सञ्चालन अछ्मीत चौधरीले गरेका थिए भने सम्बोधन पार्टीका नेता हरिभक्त कँडेलले गरेका थिए । यहाँको कार्यक्रममा पार्टी सिरहाका सदस्य तथा दलित मोर्चाका नेता अशोक रामले दलितमाथि भएको उत्पीडनका विरुद्ध विद्रोह बोल्ने तथा राजनीतिक जागरण पैदा गर्ने गीत प्रस्तुत गरेका थिए ।


त्यसैगरी उक्त अभियान टोलीले आइतबार सप्तरी जिल्लाकै तिलाठी, सदरमुकाम राजविराज र रुपनी बजारमा कोणसभा सम्पन्न गरेको थियो । तिलाठीमा नेता कृष्णदेव सिंह दनुवार, राजविराजमा नेता हरिभक्त कँडेल र रुपनीको कोणसभालाई देजमोका केन्द्रीय सचिव तथा प्रदेशका अध्यक्ष रामनारायण सिंहले सम्बोधन गरेका थिए ।


शनिबार सप्तरीकै कुशहामा पनि कोणसभा सम्पन्न गरिएको थियो ।