२५औं जनयुद्ध दिवस भारत प्रवासमा भव्यरुपमा मनाइयो

दिल्ली स्थित नोयडा, नयाँ दिल्ली, ओख्ला, पंजावको होशियारपुर र भोपालमायत विभिन्न राज्य एवंं नगरहरुमा २५ औं जनयुद्ध दिवस सम्पन्न ।

प्रकाशित मिति : २०७६ फाल्गुन २

- सम्वाददाता सुरज कुमार

 

फागुन १ गते नयाँ दिल्ली,  नेपाली एकता समाज भारतले २५ औं जनयुद्ध दिवसको विभिन्न ठाउँहरुमा भव्यरुपमा सम्पन्न गरेको खवर प्राप्त भएको छ । दिल्ली राज्य समिति अन्तरगत आयोजना गरिएको कार्यक्रममा बक्ताहरुको जोड २०५२ साल फागुन १ गते नेपालमा थालनी गरिएको जनयुद्धले नेपालका आम जनमानस लगायत विश्वकै शोषित पीडित जनतामा आशाको संचार गरेको थियो । शोषण मुक्त संसारको नीर्माणमा माओवादी विचारको प्रासांंगितालाई जनयुद्धको थालनी र विकासले एकmपटक पुनः सावित गरेको भन्ने थियो । सम्वोधनकै क्रममा उनीहरुले प्रवासमा बसोवास गर्ने लाखौ नेपालीहरु समेतले जनयुद्धका आदर्शलाई अंगीकार गर्दै नेपालमा सकारात्मक परिवर्तनका लागि यसको महत्वलाई बुझदै प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गरेको कुरा यर्थाथता हो । नेपाल र नेपाली जनतालाई जनयुद्धले एउटा विशिष्ट पहिचान दिएको छ भनेर जोड दिएका थिए ।


दिल्ली राज्य समिति अन्तरगत आयोजना गरिएको कार्यक्रममा नेपाल कम्युष्टि पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवं प्रवास सेक्रेटरी क. कुमार बोगटीको विशेष उपस्थिति थियो । क. कुमार बोगटीले उक्त कार्यक्रमलाई सम्वोधन गर्दै “जनयुद्धलाई नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासको एउटा युगान्तकारी घटना भएको र यसले नेपाल र विश्वका जनतामा परिवर्तन सम्भव छ र यसको अन्त्य भएको कुरा गलत हो भन्ने सिद्ध गरेका छ भन्दै उनले जनयुद्धमा संघर्षको स्वरुप फरक हुन सक्छ तर यसका उद्येश्य यथावत छन् भनेर आफना विचार राखेका थिए ।
सो अवसरमा कार्यक्रममा बोल्दै नेपाली एकता समाज भारतका महासचिव क. विष्णु भट्टराईले जनयुद्धमा प्रवासी नेपालीहरुले खेलेको गौरवशाली भूमिकालाई सम्झिदै जनयुद्ध थालनी देखिनै प्रवासले यसलाई सकारात्मक रुपले बुझेको बताए र आगामी दिनहरुमा पनि नेपालमा हुने अग्रगामी क्रान्तिकारी आन्दोलनमा प्रवासीको महत्वपूण भूमिका रहने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।


कार्यक्रमको थालनीमा महान जनयुद्धका अमर सहीद तथा वेपत्ता कमरेडहरुलाई श्रदान्जली अर्पण गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेपाली एकता समाज भारतका राज्य समितिका अध्यक्ष हरी थापाले गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव ष्णिु भट्टराईले गरेका थिए । २५औं जनयुद्ध दिवसको अवसरमा प्रवासका दिल्ली स्थित नोयडा, नयाँ दिल्ली, ओख्ला त्यस्तै पंजावको होशियारपुर र भोपालमायत विभिन्न राज्य एवंं नगरहरुमा सम्पन्न गरिएका थिए