अभियान अपडेट : शुक्रबार रुपन्देहीका चार स्थानमा कोणसभा सम्पन्न

प्रकाशित मिति : २०७६ फाल्गुन ३


बुटवल । पश्चिम व्यूरोको अभियान टोलीले शुक्रबार रुपन्देही जिल्लाका सालझण्डी बजारमा कोणसभा ग¥यो । क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायतले सञ्चालन गरेको कोणसभालाई पार्टी पीवीएम धनेश्वर पोखरेल र बासुदेव न्यौपानेले सम्बोधन गरेका थिए .

शुक्रबारै अभियान टोलीले रुपन्देहीकै कोलोनीमा भएको कोणसभालाई पार्टी स्थायी समिति सदस्य तथा पश्चिम व्यूरो इन्चार्ज रामसिंह श्रीस र एकदेव पौडेलले सम्बोधन गरे । सो कोणसभाको सञ्चालन अखिल (क्रान्तिकारी)का सचिव महेश श्रेष्ठले गरेका थिए ।

त्यसपछि अभियान टोलीले रुपन्देहीकै फर्साटिकटमा अर्को कोणसभा सम्पन्न ग¥यो । यहाँको कोणसभालाई पार्टी केस तेजविक्रम शाही र महेश श्रेष्ठले सम्बोधन गरे । यो कोणसभाको सञ्चालन विनोद मरासिनीले गरेका थिए ।


शुक्रबारै अभियान टोलीले रुपन्देहीकै देवदहको खैरेनी बजारमा भएको कोणसभालाई नेता धनेश्वर पोखरेल, भिमलाल काफ्लेले सम्बोधन गरे । कोणसभाको सञ्चालन एकदेव पौडेलले गरेका थिए ।

अभियानको क्रममा बाटोमा पर्ने बुद्धको मावल भवानीपुर र बुद्धकालीन रुख पाकडीको अ

वलोकन गरिएको थियो ।