जनयुद्ध दिवसमा अखिल (क्रान्तिकारी)ले सम्झियो बेनोज अधिकारी, पुर्ण पौडेललगायत सहिद तथा वेपत्ता योद्धालाई

प्रकाशित मिति : २०७६ फाल्गुन २


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले जनयुद्ध दिवसको दिन एक कार्यक्रमको आयोजना गरी जनयुद्धमा बलिदान गर्ने संगठनका नेताहरुलाई सम्झियो ।

बानेश्वर बहुमुखी क्याम्पसमा आयोजना गरिएको जनयुद्ध दिवस कार्यक्रममा संगठनका तत्कालीन उपाध्यक्ष तथा जनयुद्धका सहिद बेनोज अधिकारी, वेपत्ता पारिएका संगठनका तत्कालीन महासचिव पूर्ण पौडेल, जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल लगायत जनयुद्धको क्रममा बलिदान गर्ने संगठनका पूर्व नेताहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुले देखाएको बाटोमा अविचल रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।


संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल, उपाध्यक्ष शिलु न्यौपाने लगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा क्रान्तिको मशाल बोकेर अखिल (क्रान्तिकारी) अग्रपंक्तिमा होमिने बताएका थिए ।
संगठनका काठमाडौं जिल्ला संयोजक मिन गिरीले सञ्चालन गरेको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य हिक्मत महरा, ललितपुर संयोजक माधव भट्ट, भक्तपुर संयोजकलगायतको उपस्थिति रहेको थियो ।


यसैबीच, संगठनले साँझ माइतीघर मण्डलामा दीप प्रज्वलनसहित कोणसभा सम्पन्न ग¥यो । संगठनका महासचिव पेशल दाहालले सञ्चालन गरेको कोणसभालाई अध्यक्ष हरिकृष्ण गजुरेलले सम्बोधन गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा संगठनकी उपाध्यक्ष शिलु न्यौपाने, सचिव सुर्य कार्की लगायत पार्टीका नेताहरु सुरेश श्रेष्ठ, शारदा महत, गोविन्द पौडेल, खगेन्द्र छन्त्याल लगायतका नेताहरुको समेत उपस्थिति रहेको बताइएको छ ।