क्रान्तिकारी माओवादीद्वारा मध्यविन्दु ११ को विवादित जग्गा कब्जा

प्रकाशित मिति : २०७६ फाल्गुन १

 नेकपा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसर पारेर पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको वडा कार्यालय निर्माणाधिन क्षेत्रको जग्गामा आज झण्डा गाडेको छ ।
क्रान्तिकारी माओवादीले विहीबार दिउँसो एउटा पर्चा टाँगेर बन्दै गरेको वडा कार्यालयमा भवनमा झण्डा गाडेको छ ।
उक्त पार्टीले वडा कार्यालय बन्दै गरेको भवनलाई केही भूमाफियाले अधिग्रहण गरेर व्यक्तिको नाममा लैजाने लगायतका तयारी गरेका कारण कब्जा गरेको जनाएको छ ।