प्रहरी घेरामा क्रान्तिकारी माओवादीले मनायो नवलपुरमा जनयुद्ध दिवस

प्रहरी घेरामा क्रान्तिकारी माओवादीले मनायो नवलपुरमा जनयुद्ध दिवस

कावासोती । नेकपा क्रान्तिकारी माओवादी नवलुरले विहीबार पूर्वी नवलपरासीको दलदले र चोरमारामा जनयुद्ध दिवस मनाएको छ ।
क्रान्तिकारी माओवादीले प्रहरीको बाक्लो सुरक्षा घेराका बीच जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य अशोक लम्साल अनुकुल, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला इन्चार्ज उत्तम थापा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारी, महिला संघ नवलपुरका अध्यक्ष गीता पाण्डे लगायतले बोलेका थिए ।