जनगणतान्त्रिक सम्पर्क मञ्चले गर्याे जनयुद्ध दिवसकाे अवसरमा दीप प्रज्वलन (फाेटाेफिचर)

प्रकाशित मिति : २०७६ फाल्गुन १


काठमाडौं  । जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले २५ अाैं जनयुद्ध दिवसको वर्षगाँठको अवसर पारेर काठमाडौको चाबहिलमा बृहत दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठन र स्थानीय जनताको उल्लेख्य उपस्थित रहेको थियो ।


दीप प्रज्वलनकाे क्रममा काेणसभा समेत सम्पन्न गरियाे । विष्णु खड्काले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङघका अध्यक्ष ईश्वर तिमिल्सिना र महासचिव वसन्त बोगटीले संक्षिप्त मन्तव्य राखेका थिए । कार्यक्रममा देशभक्त तथा जनवादी गीत सङ्गितको समेत प्रस्तुति गरिएको थियो ।