५ नं. प्रदेश अभियान टोलीको अभियानले माघ २९ गते पनि कपिलवस्तुमा निरन्तरता दियो ।

अभियान टोलीले कार्यक्रमलाई रातमा पनि निरन्तरता दियो

प्रकाशित मिति : २०७६ फाल्गुन १

- सम्वादाता मूलबाटो डट्कम

माघ २९गते कपिलवस्त , ५ नं. प्रदेश अभियान टोलीको अभियानले माघ २९ गते पनि कपिलवस्तुमा निरन्तरता दियो । उक्त दिन टोलीले कपिलवस्तुको विभिन्न ठाउँहरुमा कोणसभाको आयोजना सम्पन्न गरेको जानकारी प्राप्त भएको छ । कपिलवस्तु पकडिया, जिल्लाको सदरमुकाम तौलीहवा, चार नम्वर, गजेहडा र त्यसैदिन बेलुका रुपन्देहीको रुद्रपुरको गरगरेमा कोणसभाहरुको आयोजना ग¥यो । ती कोणसभाहरुमा जिल्लाको सदरमुकाम तौलीहवामा नेकपा (क्रान्तिकारी माओवाद)का स्थाइ समिति सदस्य क. रामसिंह श्रीष, पकडियामा पार्टी केन्दीय सदस्य क.तेजविक्रम शाही, चार नम्वरमा पार्टी पिविएम तथा किसान महासंघका महासचिव क. धनेश्वर पोखरेल, गजेहडामा र बेलुका रुपन्देहीको रुद्रपुरको गरगरेमा पार्टी पिविएम क. प्रेम सुवेदीले सम्वोधन गरेका थिए । यी सबै कार्यक्रमहरुमा जनवादी गितहरु गाइएका थिए ।