५ न.प्रदेशको अभियान टोलीले कपिलवस्तुका विभिन्न ठाउँहरुमा कोणसभाहरु सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य क. रामसिंह श्रीषले सम्वोधन

प्रकाशित मिति : २०७६ फाल्गुन १

- सम्वाददाता मूलबाटो डट्कम


माघ २८ गते कपिलवस्तु
५ न.ं प्रदेशको अभियान टोलीले माघ २८ गते कपिलवस्तुका विभिन्न ठाउँहरुमा कोणसभाहरु सम्पन्न गरेको खवर प्राप्त भएको छ । जस अनुसार कपिलवस्तुको चन्द्रौटामा नेकपा (क्रान्तिकारी माओवादी)का स्थाई समिति सदस्य क. रामसिंह श्रीष र पार्टी सिसिएम तथा देजमो प्रदेश समितिका उपाध्यक्ष क. ठुलदाइले सम्बोधन गरेका थिए भने सोही जिल्लाको कृष्णनगरमा पार्टी पिविएम तथा किसान महासंघका महासचिव क. धनेश्वर गरेका थिए ।

बहादुरगन्ज र महाराजगन्जमा सिसिएम क. तेजविक्रम शाहीले सम्बोधन गरेका थिए भने घेरुवा बनगाईमा पिविएम क. प्रेम सुवेदीले सम्बोधन गरेका थिए ।