नेवाः जातिको विकास र आजको स्थित

प्रकाशित मिति : २०७६ माघ २८

- नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनमा नेवाः मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले प्रस्तुत गरेको सम्मेलनद्धारा पारित पुरक प्रस्ताव

पृष्ठभूमि
नेवाः जाति नेपालको एक समय भाषा, कला, संस्कृति धर्म, अर्थतन्त्र, सम्पदा र समग्रमा नेपाली सभ्यताको एउटा उत्कर्षमा पुगेको आदिवासी जनजातिबाट राष्ट्र वा जातिमा विकसित नेपालकै महत्वपूर्ण जाति हो । यसकै विकसित सभ्यता र संस्कृतिले आज पनि मुलभूत रुपमा नेपालको कला संस्कृतिको प्रतिनिधित्व गर्दै आएको छ । नेवाः वा नेपाः जातिको नामबाट विकसित नेपाल खाल्डोको सभ्यताका कारणले दुई हजार वर्षभन्दा अगाडिदेखि अन्तर्राष्ट्रिय रुपमा स्थापित नेपालकै नामबाट आज पनि देशको नाम नेपाल रही आएको छ । यति महत्वपूर्ण नेवाः जाति हुँदाहुँदै पनि आज नेवाः जातिको आफ्नै आदिथलो काठमाडौं उपत्यकाबाट नेवाः जातिको पहिचान लोप हुने डरलाग्दो स्थितिमा सत्तासीन ब्रम्हाणवादी राज्यसत्ताले पु¥याएको अवस्था छ । त्यसैले नेवाः जातिको ऐतिहासिक रुपमा भएको विकास प्रक्रिया, यसको निर्माण, यस जातिको ऐतिहासिक योगदान तथा नेवाः जातिको आजको अवस्थाबारे हामी सबै अवगत हुनु अति जरुरी छ र यस जातिको पहिचानको संरक्षण तथा विकासका लागि आवश्यक नीति तथा यसका लागि सशक्त संघर्षका साथै ठोस योगदानका लागि आज हामी सबै सचेत नेवाः लगायत न्यायप्रेमी आम जनसमुदायले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ ।
पृथ्वीको उत्पति
२१ औँ शताब्दीको वर्तमान अवस्थामा वैज्ञानिकहरुको व्याख्या अनुसार करिब ४.६ अर्ब वर्षभन्दा पहिले आकाश गंगामा रहेका हाइड्रोजनलगायत धुलोका कणहरु सुर्य रहेको ठाउँमा सुर्य बन्नु पूर्व एकत्रित हुन थालेपछि त्यसको गुरुत्वाकर्षणले त्यसका वरिपरि रहेका ग्यास र धुलोका कणहरु केन्द्रीत भएको र तिनको एक आपसमा भएको घर्षणले ठुलो मात्रामा ताप उत्पन्न भयो र यसले पारमाणविक क्रियाप्रतिक्रिया भई हाइड्रोजन ग्यास हिलियम ग्यासमा परिणत हुँदै झन विशाल मात्रामा ताप र प्रकाश उत्पन्न हुन थाल्यो र सुर्यको उत्पति भयो । सूर्यको गुरुत्वाकर्षणले गर्दा ९९.९ प्रतिशतभन्दा बढी धुलोका कण र ग्यास सुर्यमा केन्द्रीत भएर रहेको छ । हाइड्रोजनको मात्रा यति धेरै छ कि सुर्य अझै अर्बौ वर्षसम्म बल्नलाई पुग्दो छ । सुर्यले समेत्न नसकेका धुलोका कण र ग्यास सुर्यको वरिपरि घुम्न थाल्यो । यस क्रममा धुलोका कणहरु जोडिएर ठुल्ठुला र साना असंख्य चट्टानहरु बने । हाल पृथ्वी रहेको कक्षमा चट्टानहरु ठोक्किने र जोडिने प्रक्रिया शुरु भएपछि यसको गुरुत्वाकर्षणले गुरुत्वाकर्षण क्षेत्रभित्रका अरु चट्टानहरु पनि यसमा ठोक्किन आइपुगे र झण्डै आगोको डल्लो जस्तो तातो ठुलो आकाशीय पिण्ड निर्माण भयो, जुन पृथ्वीको शुरुको अवस्था थियो । यसरी पृथ्वीको जन्म ४.५६ अर्ब वर्ष पहिले भयो । चट्टानहरु करोडौँ वर्षसम्म उल्कापिण्डका रुपमा पृथ्वीमा झर्दै रहे । पृथ्वी उत्पति भएको वेला यसको सतह म्याग्माका रुपमा पग्लेको चट्टानले भरिएको थियो । झण्डै ४.५ अर्व वर्ष पहिले सिया भन्ने ५०० किमी व्यास भएको पिण्ड पृथ्वीमा आएर खस्यो । उक्त पिण्ड पृथ्वीमा पग्लेर म्याग्मा नै बन्यो तर यो पृथ्वीमा आएर ठोक्किने क्रममा खर्बौँ खर्ब टन चट्टान उछिट्टिएर गयो, जुन पछि एकै ठाउँमा जोडिन आइपुगेपछि चन्द्रमा बन्न पुग्यो ।
पृथ्वीमा शुरुमा पानी र अक्सिजन थिएन । वायुमण्डलमा कार्बन डाइअक्साइड, नाइट्रोजन, मिथेन जस्ता ग्यासले भरिएका थिए । तातो आगोको डल्लो जस्तो पृथ्वी क्रमसः चिसिँदै जाने क्रममा विभिन्न खनिजसहितको चट्टान बाहिरी सतहको रुपमा पृथ्वी बन्यो । पृथ्वीको सतह अझै चिसिँदै जाने क्रममा पृथ्वी खुम्चिने र फुक्ने क्रममा कहिँ गहिरो खाल्डो र कहिँ अग्लो पहाडहरु निमार्ण भए । पछि गहिरा ठाउँ पानीले भरियो । पृथ्वीको सतहको ७१ प्रतिशत पानीले कसरी भरिएको होला भन्ने वैज्ञानिक खोज जारी छ । यद्यपि उल्का पिण्डकै रुपमा पुच्छ«ेताराहरु जुन बरफले बनेको हुन्छ, असंख्य मात्रामा पृथ्वीमा झरेर पृथ्वीको सतह पानीले भरिएको हुनुपर्छ भन्ने बैज्ञानिक अनुमान छ । गहिरा खाल्डाहरुमा पानी भरिएर समुन्द्र बन्यो । यो परिघटना झण्डै ४.३ अर्ब वर्ष पहिले भएको थियो । पृथ्वीमा उल्कापिण्ड झर्ने क्रम करोडौं वर्षसम्म जारी रह्यो । उल्कापिण्डसँगै विभिन्न खनिज, आमोनिया, कार्बन डाइअक्साइड आदि पृथ्वीमा आइपुगे । आमोनिया जीवनको अति महत्वपूर्ण तत्व हो, यसले गर्दा समुद्रभित्र जीवको रुपमा ब्याक्टे्िररयाहरु बन्न थाले । समुद्रको पानीमा यति धेरै ब्याक्टेरिया बने कि कालान्तरया यसकै असंख्य चट्टानहरु बने । ३.६ अर्ब वर्ष पहिले आरम्भिक चरणको ब्याक्टेरियाको जीवनका लागि अक्सिजनको आवश्यकता थिएन, बरु बाँच्नका लागि सुर्यको किरणको सहायतामा पानीका रहेको कार्बन डाइअक्साइडबाट खाना बनाउने क्रममा यति धेरै अक्सिजन उत्सर्जन भयो कि झण्डै एक अरब वर्ष अगाडिसम्म आउँदा पृथ्वीको वायुमण्डल झण्डै अहिलेकै जस्तो बन्यो । पृथ्वीमा अक्सिजनको मात्रा प्रसस्त भएपछि जीव विकासमा ठुलो फड्को आयो । १ अर्ब वर्ष पहिले एक कोषीय ब्याक्टेरियाबाट बहुकोषीय जीवहरुमा विकास हुन थाल्यो ।
नेपालको भुगोलको उत्पति
पृथ्वीको जमीनमा पनि परिवर्तन हुँदै गयो । झण्डै २५ करोड वर्ष अगाडि पृथ्वीका सबै जमीनहरु एकै ठाउँमा आएर जोडियो । यस विशाल भूमिमा आजका सातै महादेश एकै ठाउँमा रहन पुग्यो । यो विशाल महादेश (सुपरकन्टिनेन्ट()का

रुपमा रह्यो । यसलाई प्यान्जिया भनिन्छ । यसको ५ करोड वर्षपछि (अथवा २० करोड वर्ष अगाडि) यो सुपरकन्टिनेन्ट उत्तर र दक्षिणतिर छुट्टिदै गयो । आजको एसिया, युरोप र उत्तर अमेरिका महादेश रहेको भूभाग जसलाई लाउरासिया भनिन्छ, उत्तर दिशातिर छुट्टिएर गयो र आजको अफ्रिका, दक्षिण अमेरिका, अष्टे«लिया, अन्टार्टिका र भारतीय उपमहादिप जसलाई गोन्डवानाल्याण्ड भनिन्छ, दक्षिणतिर छुट्टिदै गयो । झण्डै ६.५ करोड वर्ष अगाडि उत्तरतिर रहेको लाउरासिया युरोसिया र उत्तर अमेरिका तथा दक्षिणतिर रहेको गोन्डवानाल्याण्ड अफ्रिका, दक्षिण अमेरिका, अन्टार्टिका, अष्ट्रेलिया र भारतीय टापु गरी झन्दै सातैवटा महादेशमा क्रमशः छुट्टिदै गए ।
अफ्रिकाको पूर्वी भागमा रहेको भारतीय उपमहादिप युरोशिया (यशिया र युरोपको भुगोल) तिर सर्दै जान थाल्यो । झण्डै ३.५ करोड वर्ष अगाडि भारतीय भूमिको आधार प्लेट तिब्वतियन प्लेट नजिक पुग्यो । भारतीय भूमि र तिब्बत बीचमा रहेको त्यति वेलाको सागरलाई तेथिस सागर भनिन्छ । भारतीय टापु निरन्तर रुपमा तिब्बततिर बढ्दै गयो र भारतीय टापुको प्लेट तिब्बतीय प्लेटमा घुस्न थाल्यो । यसले गर्दा लाखौँ वर्षपछि झण्डै २ करोड वर्ष अगाडि तिब्बतीय भूमि उठ्नुका साथै ठुलो उठलपुठलसहित तेथिस सागरको भूमि उठेर हिमाल पहाडका रुपमा २००५ किलोमिटर लामो हिमाली पर्वत सृंखला निर्माण भयो । यसै क्षेत्रभित्र नेपालको भूगोल रहेको छ र नेपालले लगभग १२३६ किलोमिटर हिमाली पर्वत सृंखला ओगटेको छ । दुई करोड वर्षभन्दा पहिले नेपालको स्थान र भूगोल तेथिस सागरको पिँढमा थियो । यसको पुष्टि नेपालको पहाडी भूगोलको महाभारत सृंखलामा शालीग्राम पाइनु र सगरमाथाको पत्थर परिक्षण गर्दा समुद्रमा पाइने जीवाणुका प्रशस्त अवशेष पाइनुले पनि यसको राम्ररी पुष्टि हुन्छ । भारतीय प्लेट तिब्बतीयन प्लेटभित्र अहिले पनि घुसिरहेको छ । यसले गर्दा सगरमाथाको उचाइ वर्षेनि बढ्दैछ भने अर्कोतिर हिमाली पर्वत सृंखला भूकम्पीय क्षेत्र पनि बनेको छ ।
यसरी नेपाली भूगोलको उत्पति दुई करोड वर्ष अगाडि भयो । हिमाली पर्वत सृंखला र नेपालको भुगोलसँगसँगै नेपालको केन्द्र स्थल नेपाल खाल्डो काठमाडौं उपत्यकाको पनि त्यसै वेला उत्पति भएको प्रष्टै छ ।
मानिसको उत्पति र विकास
करिब १ अर्ब वर्ष पहिले बहुकोषीय जीवको समुन्द्रमा विकास भइसकेको थियो । झण्डै ५० करोड वर्ष अगाडिसम्ममा समुद्रमा विभिन्न किसिमका किराहरुको विकास भयो भने ४४ देखि ४९ करोड वर्ष पहिले ढाड नभएका जीवहरुको विकास भयो । ४२ करोड वर्ष पहिला विभिन्न प्रजातिका कीराको जमीनमा पनि विकास भयो भने ३८ करोड वर्ष पहिले जमीनमा रुखहरु देखिन थाले । ३३ करोड वर्ष पहिले दलदल जमीनमा जमीन र पानीमा रहने ढाड भएका उभयचरको विकास भयो । यही वेला समुद्रमा सार्क जस्ता ठुला माछाहरुको पनि विकास भयो । ३० करोड वर्ष अगाडि पखेटा भएको कीराहरु देखा परे भने यही वेला ठुला रुखहरुको पनि विकास भयो । यसले पृथ्वीको अक्सिजनको मात्रा ह्वातै बढायो । २१ करोड वर्ष अगाडि जमीनमा रहने र उड्ने पहिलो डाइजासोर देखा प¥यो भने यही वेला स्तनधारी जनावर पनि विकास भयो । १७ करोड वर्ष अघि पहिलो पन्छी र माउसुली यस धर्तीमा देखा प¥यो । ६ करोड वर्ष पहिले डाइनोसोरहरु यस धर्तीबाट लोप भयो भने यही वेला विभिन्न प्रकारका स्तनधारी जीव जन्तुको विकास भयो ।
लगभग ५ करोड वर्ष अगाडि पुच्छरसहितको बाँदरको पनि विकाश भयो । २ करोड ३० लाख वर्ष पहिले पहिलो पुच्छर नभएको बाँदर र मानिसको पुर्खा देखा प¥यो भने १ करोड वर्ष अगाडि विकासका क्रममा चिम्पान्जी र मानिसको पुर्खा छुट्टिदै गयो । यही क्रममा चिम्पान्जीबाट छुट्टिएपछि मानिसको पहिलो पुर्खाको रुपमा आरडिपिथेकस(नरवानर)को अफ्रिकामा विकास भयो । यो प्रक्रिया झण्डै ६० लाख वर्ष अगाडि अफ्रिकाको इथिओपियाको भुगोलतिर विकास भएको देखिन्छ र यसको अस्तित्व ४० लाख वर्ष अगाडिसम्म भएको देखिन्छ । दुई खुट्टाले टेकेर हिड्ने यसको विशेषता रह्यो । त्यसै गरी लगभग ४० लाख वर्ष अगाडि पूर्वी अफ्रिकामा मानव पुर्खाको विकसित रुप आस्ट्रलोपिथेकस(नरवानर) विकास भएको देखिन्छ । यस अगाडिका आरडिपिथेकसको भन्दा यसको मष्तिस्क, हत्केला र औँलाहरु विकासित अवस्थामा थिए । यही मानव पुर्खा(नरवानर)को विकास भएको चरण नै मानिसमा विकास हुनको लागि मुख्य मोड बन्यो, जसबाट मानिस विकास भयो । मानिस पनि विभिन्न चरणहरुमा थप विकास भएको देखिन्छ, जुन यस प्रकारका छन् ः
ब्गकतचबयिउष्तजभअगक ज्। जबदष्ष्कि ज्। भचनबकतभच ज्। भचभअतगक जगmबल
१) होमो (मानिस) हिबिलस ः यो सबैभन्दा पुरानो मानिस जातिका हुन् । यो २१ लाख वर्षभन्दा अगाडिदेखि १५ लाख वर्षसम्म अस्तित्वमा रहेको देखिन्छ । यसको विकास अस्ट्रलोपिथेकसबाट अफ्रिकाको तान्जानियामा भएको देखिन्छ । यसको मष्तिस्क अस्ट्रलोपिथेकसकाभन्दा ४५% ले ठुलो छ । यसले सिकार र आफ्नो रक्षाका लागि ढुंगाका हतियार प्रयोग गर्न थाले । ढुंगे युग यसै मानव जातिबाट शुरु हुन्छ ।
२) होमो इरेक्टस ः यो २० लाख वर्ष पहिले अफ्रिका र पूर्वी एशियामा फैलिएको पाइन्छ । होमो हिबिलिसबाट विकसित भएको यस मानिसको विशेष गुण भनेको ठाडो उभिएर हिँड्न सक्ने रहेको छ । कम्तिमा ५ लाख वर्षसम्म होमो हिबिलिसको विभिन्न शाखासँगसँगै होमो इरेक्टसको अस्तित्व रहेको थियो । यसको मष्तिस्कको आकार आजको मानिस होमो सेइपिनको भन्दा थोरै सानो थियो । यसकै पालामा १५ लाख वर्ष अगाडि आगोको प्रयोग, भाषाको प्रयोग, सामुहिक रुपमा शिकार गर्ने, विरामीको रेखदेख र उपचार गर्ने, ढुंगाको हतियारको कारखानाको निर्माण, कलाको विकास आदि भएको देखिन्छ । यसको अस्तित्वको पछिल्लो चरणमा खानेकुरा पकाएर खान पनि थाले । यो अफ्रिकाबाट पश्चिम एशिया र पश्चिम एशियाबाट पूर्वी एशिया, दक्षिण एशिया, फेरि अफ्रिका र युरोपतिर फैलिएको देखिन्छ । यसको अस्तित्व २० लाखदेखि ६.५ लाख वर्षसम्म रहेको देखिन्छ ।
३) होमो सेइपिन ः होमो इरेक्टसबाट विकसित भएर होमो सेइपिन अस्तित्वमा आएको देखिन्छ । ३ लाख वर्ष अगाडि उत्तर अफ्रिका र पूर्वी अफ्रिकामा विकास भएर अस्तित्वमा आएको होमो सेइपिन पश्चिम यशिया र त्यहाँबाट युरोप, पूर्वी, उत्तर, दक्षिण एशिया, अष्टे«लिया, अमेरिकामा फैलिएको देखिन्छ होमो सेइपिनको पनि समय क्रम अनुसार विभिन्न हाँगामा विकास भएर अन्ततः एउटै हाँगा मात्र होमो सेइपिन सेइपिन जसलाई सामान्यतः होमो सेइपिन वा सेइपिन मात्र भन्ने चलन पनि छ, आजसम्म बाँकि रहेको छ र यसको विकास आजको मानिसको रुपमा भएको छ । अरुको अस्तित्व लगभग २५ हजार वर्ष अगाडि समाप्त भयो । होमो सेइपिनका हाँगाहरु यस प्रकारका छन् ः १) होमो सेइपिन रोडेसेन्सिस, २) होमो सेइपिन इडाइटु, ३) होमो सेइपिन डेनिसोभान ४) होमो सेइपिन निन्दरथल र ५) होमो सेइपिन सेइपिन । सेइपिन, निन्डरथल र डेनिसोभान एउटै समयमा र सँगसँगै अस्तित्वमा रहेको पनि देखिन्छ । तर पछिल्लो कालमा निन्डरथल र डेनिसोभान छुट्टै अस्तित्वमा नभए पनि यिनको सेइपिनसँग संसर्ग भएर सेइपिनका रुपमा रहेका मानिसहरुका सन्तान भने आज पनि युरोप र एशियाका विभिन्न ठाउँमा अस्तित्वमा रहेका छन् । निन्डरथलको मष्तिस्क सेइपिनको भन्दा ठुलो रहेको, यसको नाक र जीउडाल पनि ठुलो र भद्दा रहेको, यो चिसो ठाउँमा विकास भएकोले यसको चिसो प्रतिरोध गर्ने क्षमता रहेको थियो । सेइपिनको शरीर छिटोछरिटो रहेको र मष्तिस्क निन्डरथलको तुलनामा केही सानो रहेको भएतापनि बाच्नका लागि संघर्षका दौरानमा सेइपिनको जीत र अरुको हारले अरुको अस्तित्व समाप्त भयो र सेइपिन जुन आजको आधुनिक मानव हुन्, को अस्तित्व एकछत्र रुपमा बाँकि रहेको छ ।
इखभचखष्भध mबउ या तजभ उभयउष्लिन या तजभ धयचमि बलबतयmष्अबििथ mयमभचल जगmबलक अयmउबचष्कयल या कपगििक या ज्।कबउष्भलक ९भिात० बलम ज्। लभबलमभचतजबभिलकष्क ९चष्नजत०
मानव जातिको महावंश
होमो सेइपिन(मानव) अफ्रिका हुँदै क्रमशः समय क्रममा विश्वभरी फैलिँदै गयो । यस धर्तीको ठाउँ अनुसार हावापानी, वायुमण्डलीय चाप, खानपान फरक हुने हुँदा तिनका असरले कालान्तरमा विभिन्न मानव समुदायका अनुहार, शरीरका विभिन्न अंगका आकारप्रकार, छालाको रंग, कपाल लगायत वंशाणु आदिमा भिन्नता आएका छन् । यसले गर्दा मानव जातिलाई विभिन्न महावंशमा विभाजित गर्न सकिने अवस्था बनेको छ । विश्वका मानव समुदायलाई निम्न महावंशमा विभाजित गरिएको छ ः
१) नेग्रो ः अफ्रिकामा रहेका काला रङ्गको छाला, घँुघुरिएको कपाल, बाक्लो ओँठ भएका मानव समुदाय नेग्रो महावंश भित्र पर्दछ ।
२) आर्यन ः एशियाको ककेशियाबाट फैलिएका गहुँगारो छाला, जीउमा रौँ भएका, लामो नाक र लामो अनुहार भएका अग्ला मानिसहरुको समुदाय आर्य महावंशभित्र पर्दछ । कालान्तरमा यो महावंशका मानिसहरु सबै महादेशमा फैलिएको देखिन्छ ।
३) मंगोल्वाइड ः एशियाका तिब्बत, चीन र मंगोलियामा रहेका गोरा छाला, गोलो अनुहार, थेप्चो नाक, जीउमा रौँ नभएका होचो कद भएका मानव समुदाय यस महावंशभित्र पर्दछ ।
४) द«विड ः भारतीय उपमहादिपमा रहेका रातो कालो रंगको छाला भएको, ठुलो जीउ र अग्ला मानिस समुदाय यस महावंशभित्र पर्दछ ।
५) अष्ट्रोल्वाइड ः अष्ट्रेलिया तथा एशियाको दक्षिणपूर्व एशियामा रहेका रातो रंगको छाला, उठेका काँध, ठुला नाक र गहिरा आँखा भएका मानव समुदाय यस महावंशभित्र पर्दछ ।
नेपाल खाल्डोमा मानव जातिको आगमन र नेवाः जाति
काठमाडौं उपत्यका वा नेपाल खाल्डो दुई करोड वर्ष पहिले हिमाली सृंखला निर्माण हुँदा नै बनेको हो । तर बीचमा भएका वातावरणीय, भौगोलिक, हावापानी आदिमा आएको परिर्वतनले यस भूभागमा पनि अनेकौँ परिवर्तन आयो । भूगर्भशास्त्रीहको अनुसन्धान अनुसार काठमाडौं उपत्यका २८ लाख वर्ष अगाडिदेखि १५ हजार वर्ष अगाडिसम्म तालको रुपमा रह्यो । तालको किनारा त्यति वेला जसरी रह्यो, अहिलेको भौगोलिक अध्ययनसँग मेल खाँदैन । यस्तो हुनुको पछाडि उपत्यकाको दक्षिणी भागको सतह विगत १.२० लाख वर्ष अघिदेखि माथि उठ्दै आएको छ र ३० हजार वर्ष अगाडिसम्ममा तालको गहिराइ २०० मिटर पुग्यो । त्यसपछि चोभारको भूखण्डबाट पानी चुहिन थाल्यो र सम्भवत १५ हजार वर्षभन्दा अगाडि चोभारको डाँडाको एक कमजोर हिस्सा, जहाँबाट अहिले पनि बाग्मती बग्दछ, तालको पानीको चापले वगाएर लग्यो र १५ हजार वर्ष पहिले उपत्यकाको तालको पानी पूर्ण रुपमा बाहिरियो । ३० हजार वर्ष पहिले उपत्यका विशाल तालको रुपमा रहँदा पानीभन्दा माथिका भूभागमा प्रशस्त मात्रामा रुख विरुवा र जनावरहरु रहेको वैज्ञानिकहरुले पुष्टि गरेका छन् । तालको पानी बाहिरीसकेपछि कति वर्षमा जमीन सुक्यो र त्यहाँ रुख विरुवा र जनावरहरुको बसोबास भयो, यो अझै अध्ययनको विषय बनेको छ । त्यसै गरी मानिसको बसोवास काठमाण्डौंं उपत्यकामा कहिलेबाट शुरु भयो भन्ने विषय पनि अझै खोजको विषय नै बनेको छ । ठोस रुपमा यही वेलादेखि मानिसको बसोवास शुरु भएको यकिन रुपमा भन्न नसकिए तापनि विभिन्न तथ्यका आधारमा सत्यको नजिक भने पुग्न सकिन्छ ।
इतिहासमा नेपालको राडिपाखि भारतमा व्यापार हुने कुरा चाणिक्यको अर्थशास्त्रमा उल्लेख गरिएको छ, जुन कुरा २३ सय वर्ष अगाडिको कुरा हो । गौतम बुद्धको शिष्यहरु उनकै समयमा नेपालमा आएको कुरा उल्लेख छ, जुन २५ सय वर्षभन्दा पुरानो हो ।
मानव विकासका क्रममा नव पाषाण युग झण्डै इसापूर्व १२,००० मा शुरु भयो, जबकि चीनमा इसापूर्व २०,००० मा, युरोपमा इसापूर्व ७,००० मा, पाकिस्तानमा इसापूर्व ९,५०० मा, दक्षिण भारतमा इसापूर्व ६,५०० मा शुरु भएर ३,००० मा समाप्त भएको देखिन्छ । समाज विकास पछि परेको ठाउँमा इसापूर्व १००० मा समाप्त भएको देखिन्छ । त्यसैले नवपाषण युगका समाप्ती लगभग ५ हजार वर्ष पहिले र ढिलामा ३ हजार वर्ष पहिले समाप्त भएको देखिन्छ ।
नेपाल खाल्डोमा मानव अवशेष भेट्टाउन सकिएको छैन । तर नवपाषण युगका ढुंगाका हतियार, ज्यावलहरु लुभु, बुढानिलकण्ठलगायत ठाउँठाउँमा भेट्टाइएका छन् । त्यसैले उपत्यकाभित्र ढिलोमा ३ हजार वर्ष पहिले मानिसहरुको बसोवास भएको देखिन्छ । ती भेट्टाइएका सामाग्री कहिले बनेका हुन् ,त्यो उल्लेख छैन । ती सामाग्रीहरु विभिन्न समयका हुन सक्छन् । त्यसैले उपत्यकामा मानिसको उपस्थिति सामान्यतः ५ हजार वर्ष अगाडिदेखि भएको अनुमान गर्न सकिन्छ ।
नेपाल खल्डोमा गोपलवंशले शुरुमा र त्यसपछि महिसपाल अनि किरात वंशले राज्य गरेको गोपालराज वंशावलीमा उल्लेख छ । यो वंशावली झण्डै ५०० वर्ष अगाडि मल्ल कालमा लेखिन थालेको हो । त्यसैले उक्त कुरा गोपाल वंशावलीमा लेखिएको भए पनि हजारौँ वर्ष पहिलेको कुरा विस्वास गरी हाल्ने स्थिति छैन । त्यसमा प्रमाण र तर्क छैन । गोपालवंशी र महिषपालवंशीहरु दक्षिणभारतबाट आएका यादवहरु हिन्दु आर्य हुन् भन्ने छ ।
नेपालमा लिच्छवी शासन सन् २५० तिर जयदेव प्रथमबाट शुरु भएको देखिन्छ तर गोपालवंशावलीमा भूमिदेवबाट लिच्छवीकाल शुरु भएको भनिएको छ । जयदेवको प्रमाणिकता छ । मानदेवले सन् ४६३ बाट शासन गरेका थिए । यसरी हेर्दा किरातकाल इश्वी सम्बतभन्दा अगाडिबाटै शुरु भएको देखिन्छ । इतिहासकार बाबुराम आचार्यका अनुसार ईसापूर्व ७५० वर्ष अगाडि नै नेवार सभ्यता विकास भएको भन्ने रहेको छ । यसरी हेर्दा नेवाःहरु ३००० वर्षभन्दा अगाडिदेखि काठमाडौं खाल्डोमा रहेको देखिन्छ ।
मानवशास्त्रका अनुसार आर्यहरु पाकिस्तान र भारतमा पसेको १८०० इसापूर्वमा आगमन भएको देखिन्छ र र्वतमान नेपालको दक्षिणतिर इसापूर्व ६५० मा भएको देखिन्छ । यसरी हेर्दा गोपालवंश र महिसपाल वंश नेपालको सन्दर्भमा काल्पनिक हो, यथार्य होइन । यदि त्यसो हो भने उपत्यकामा नेवाःहरु कहिले र कहाँबाट आए भन्ने प्रश्न उठछ ।
नेपाल खाल्डोमा सजिलैसँग आउन सक्ने एउटा बाटो बाग्मतीको किनारै किनार हो । तर ३००० वर्षभन्दा अगाडि गंगा नदीको उत्तरतिर घना जंगल रहेको हुँदा शुरुमै गंगा नदीबाट काठमाडौंसम्म आउन सजिलो थिएन । नेपाल खाल्डोमा नेवाः सभ्यता शुरु भएपछि गंगा नदीको उत्तरतिर आइपुगेका थारु, सुनुवार आदि बाग्मती किनारबाट लगभग २५०० वर्ष अगाडिदेखि नेपाल खाल्डोमा आएको देखिन्छ । त्यसै गरी उत्तर हिमालपारीबाट नेपाल खाल्डो आउने कुरा पनि झण्डैझण्डै असम्भव जस्तै छ । लिच्छवीकालमा आएर मात्रा काठमाण्डौं उपत्यका र तिब्बतको नाका खुलेको हो । नेवाःको भाषा भोट बर्मेली भाषा परिवारको हो । नेपालका अन्य अधिकांश आदिवासी जनजातिको भाषा पनि यसै परिवार अन्र्तगत पर्दछ । भोट बर्मेली भाषा परिवारका मानिसहरु तिब्बतको क्विनघार्इिस्थत तिब्बतियन यि कोरिडोरबाट कम्तिमा पनि ६००० वर्ष अगाडि दक्षिणतिर बढेको देखिन्छ र यी समुदायका मानिसहरु भारतको उत्तर पूर्व आसाम आइपुगेको देखिन्छ । यही मानव समुदाय पश्चिमतिर बढ्ने क्रममा नेपालको पूर्वी भूभाग हुँदै हिमालय सृंखलाको पहाडी भूगोलको पश्चिमसम्म पुगेको देखिन्छ । यही भोट बर्मेली भाषा परिवारका मंगोल नश्लका मानव समुदायको एउटा हिस्सा नेपाल खाल्डोमा आइपुगेको देखिन्छ । नेपालको तामाङ्ग र नेवाः जातिका मानिसहरुको नश्ल परिक्षण गर्दा भारतको उत्तरपूर्वका आदिवासीहरुसँग मिल्न गएको छ । यसले पनि भारतको उक्त स्थानबाटै भोटबर्मेली भाषा परिवारका मंगोल मूलका मानव समुदाय आएर सुरुमा नेपालको पहाडी भूभागमा फैलिएको र यही भूमिमा तिनले रगत पसिना बगाएर यस ठाउँलाई बस्न र खान योग्य बनाएको पुष्टि हुन्छ । भारतको गंगा नदीको किनारै किनार पूर्वतिर बढेका आर्य समुदायले पछि पहाडी भूगोलतिर बस्ने मानव समुदायलाई किरात भन्न थाले । काठमाडौं खाल्डोमा आइपुगेका किरात समुदायले यहीँ सभ्यताको विकास गरे । यही नै नेवाः सभ्यता शुरुवात हुन पुग्यो । यसरी हेर्दा नेवाः जातिको इतिहास लगभग ५००० वर्ष पुरानो देखिन्छ ।
काठमाडांै खाल्डोलाई नेपाः वा नेपाल र यहाँका आदिवासीलाई किन नेवाः वा नेपाः भनियो ? काठमाडौं उपत्यकालाई नेपाल किन भनियो भन्ने अनेक तर्कहरु छन् । अधिकांश तर्कहरु गलत छन् । वास्तवमा काठमाडौं खाल्डोमा बस्ने मानिसलाई नेपाः भनिन्थ्यो र नेपाःहरु बस्ने ठाउँलाई पनि पछि नेपाः नै भनियो । यहाँ बस्ने नेपाःलाई पछि नेपाःबाटै नेवाः भनियो । भोट बर्मेली भाषामा ङे भनेको भेडा, बाख्रा जस्ता वस्तुभाउलाई भनिन्छ र पाः भनेको पाल्नेलाई भनिन्छ । यसरी भेडा, बाख्रा पाल्नेहरुको अर्थमा ङेपाः हुन गएको र ङेपाःबाटै नेपाः वा नेपाल भएको देखिन्छ । शुरुमा नेपाः वा नेपाल काठमाडौं खाल्डोमा बस्ने मानिसहरुलाई भनिन्थ्यो भन्ने कुरा टिष्टुङ लगायतका शिलालेखहरुबाट पुष्टि हुन्छ ।
नेवाः सभ्यता
नेपाः खाल्डो वा काठमाडौं उपत्यकालाई प्रकृतिको अनुपम वरदान मान्न सकिन्छ । ताल सुकेर बनेको समथर भूभागको माटो मलिलो छ भने हावापानी समशितोष्ण छ । यहाँको जमीनलाई सिन्चित गर्ने र प्राणीलाई जल प्रदान गर्ने बाग्मती, विष्णुमती लगायतको थुप्रै खोला र नालाहरु रहेका छन् । वर्षातमा हुने मनसुन झरी खेतीपातीको लागि अर्को महत्वपूर्ण जलको स्रोत रहँदै आएको छ ।
झण्डै ५ हजार वर्ष अगाडि नवपाषण युगको अन्त्यतिर नेपाल खाल्डोमा आएका मानव समुदायमा खेतीपाती र वस्तु पालनको प्रशस्त अनुभवसहित आएका देखिन्छ । यस वेलासम्ममा मानिसहरुले माटाका भाँडाहरु प्रयोग गर्न सिकिसकेका थिए । शुरुमा आएका नेवाःहरु बाग्मती, विष्णुमती लगायतका नदीनालाको किनारमा बसे । यहाँको माटो, पानी, हावापानी र समथर भूमागले शुरुका नेवाःहरुलाई उत्साहित बनायो । यहाँ वस्तु र माछा पालनले दुध र मासु तथा कृषिबाट धान, चामल, गहुँ, कोदो, आलुको प्रसस्त उत्पादनले खानाको समस्या रहेन । शुरुमा उपत्यकामा प्रसस्त मात्रामा रुख विरुवा भएका कारण काठको घर बनाएर बसेको अनुमान गर्न सकिन्छ ।
बस्ने र खाने जस्ता कुराको आधारभूत रुपमा हल भएपछि उत्पादन अझ बढाउने र सुविधाका अन्य क्षेत्रमा दिमाग लगाउन सक्ने अवस्था बन्न गयो । शुरुको अवस्थामा प्रसस्त मात्रामा मातृसत्तात्मक अवशेष कविलायी समाजसहित अघि बढेकोे देखिन्छ । जुन कुराको अवशेषको रुपमा अहिले पनि नेवाःभित्र ठुला समारोहमा नकिं भनेर जेष्ठ महिलाको महत्वपूर्ण भुमिका रहने गरेको छ । समाजको विकास क्रममा विभिन्न ठाउँमा ग्रामिण बस्तीहरुको विकास भयो । फर्पिङ, खुर्पासी(खोपासी), ख्वपृङ(भक्तपुर), थम्बू(थैब), बुंगयामी(बुंगमती), लेम्बरी(लेले), सङगा(सांगा), म्हसपृङ(म्हेपि), बेम्पा(बनेपा), हुस्पृङ, दुपृङ, माखोपृङ, जोन्जोडिङ आदि ग्रामीण बस्तीहरुको विकास भयो । समाज विकास प्रकृयामा उत्पादनका सामानहरु सातासात गरी विनिमय गर्ने प्रक्रिया हुँदा क्रमशः विनिमयको स्थलका रुपमा हात बजारको विकास र क्रमशः नगरको विकास हुँदै गएको देखिन्छ । यसै प्रकृयामा विभिन्न स्थानमा रहेका ग्रामीण नेवाःहरु काठमाडौंस्थित बाग्मती र विष्णुमतीको दोभान नजिक केन्द्रीत भई पहिलो व्यवस्थित नगर बस्तीका रुपमा नेवाः जातिले दक्षिण कोलीग्रामको विकास गरे ।
यस किरातकालिक नेवाः सभ्यताको विकास द्रविड नगर सभ्यतासँग परिचित दनुवार, कुम्हालको बाग्मती नदीको किनारै किनार तथा आर्यहरुबाट लखेटिएका द्रविडहरुको नेपाल खाल्डोमा भएको आगमनले नगर सभ्यताको विकासमा सहयोग पुगेको देखिन्छ । गौतम बुद्धको समयमा भारतमा गुप्ताहरुको आक्रमणबाट पराजित वृज संघ राज्यका लिच्छवी, शाक्य, कोसलहरु उत्तर दिशामा भाग्ने क्रममा यस खाल्डोमा आइ पुगेको देखिन्छ । यसले व्यापार व्यवसाय, विभिन्न सामग्रीहरुको उत्पादन, शीप र शिल्पीमा पनि विकास गरेको देखिन्छ । नेवाः सभ्यताको विकासमा यसले सकरात्मक असर पुगेको देखिन्छ । तर नेवाः भाषा, कला, संस्कृति र पराम्परालाई भने नयाँ थोरै संख्यामा आएका आगन्तुक समुदायबाट ठुलो मात्रामा प्रभाव पारेको देखिदैन । बरु आगन्तुकहरु यहाँका नेवाः जातिसँग मिलेर नेवाः भाषा, कला, संस्कृति अपनाएर आफै नेवाः भित्र समाहित भएको देखिन्छ । नेवाः समाजले विकास गरेको संस्कार बेल विवाह तथा विधवा विवाह र म्ह पूजा, जुन नेवाः समाजमा आज पनि विद्यमान छ, ले त्यस वेलाको नेवाः सभ्यताको झल्को दिन्छ । यसका साथै प्रकृति पूजक रहेका नेवाःहरुका बीचमा २५०० वर्ष अगाडि बुद्ध धर्मको प्रचार भए पछि नेवाः समाजले बुद्ध धर्म अपनाएको देखिन्छ ।
त्यस वेला प्रशासन व्यवस्थित रुपमा संचालन गरेको प्रमाणिक रुपमा देखिन्छ । कुथेर कार्यालय जग्गा जमीनसँग सम्बन्धित थिए र यसले कुत तथा मालपोटको काम गर्दथ्यो । मारचोक कार्यालय विहेवारी र सम्बन्ध विच्छेदसँग सम्बन्धित थियो । लिङग्वल वस्तुभाउ खरिद विक्रिसँग सम्बन्धित कार्यालय थियो भने शोल्ल फौजदारी अपराध हेर्ने कार्यालय थियो । यी प्रशासनिक कार्यालयहरु लिच्छवी कालमा पनि निरन्तर जारी रहे । किरातकालिक नेवाः समाज मुल रुपमा गण समाज नै थियो ।
किरातकालिक नेवाः गण राज्यलाई भारतबाट आएका लिच्छवीहरु, जो भारतमा सामन्तवादको विकासको प्रत्यक्ष अनुभव, युद्धको कौशल र अनुभवले समृद्ध थिए, ले सन् २५० तिर सहज रुपमा आफ्नो कब्जामा लिएर जयदेव प्रथमको नेतृत्वमा लिच्छवी शासन सुरु गरेको देखिन्छ । लिच्छवीहरुको शुरुको शासन व्यवस्था गणतान्त्रिक थियो । नेपालमा लिच्छवी शासन व्यवस्थासँगसँगै सामन्तवादको पनि विकास भएको देखिन्छ र पछि वृषदेवले आफ्नो छोरा शंकरदेवलाई युवराज बनाई राजतन्त्रात्मक व्यवस्था शुरु गरे । मानदेवकालमा मुद्राको शुरुवात भयो । अंशुवर्माको पालासम्म सामन्तवादको उत्कर्षमा पुगेको देखिन्छ । लिच्छवी शासकहरुले संस्कृत भाषा, वर्ण व्यवस्था लागू गर्न कोशिस गरेको देखिन्छ तर संभव भएन । सामन्तवादको विकाससँगै यहाँको नेवाःहरु शासित हुन पुगे । तर नेवाः जनताले यहाँको भाषा, कला, संस्कृतिको विकास तथा अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आए । दक्षिण भारतसँग मात्र हुँदै आएको व्यापार लिच्छवीकालमा तिब्बतसँग पनि शुरु भयो । काभ्रेको पलाञ्चोक भगवतीको सुन्दर मुर्तिको निर्माण र प्यागोडा शैलीका मन्दिरको विकास लिच्छवी कालमा भएको देखिन्छ । मानगृह, कैलाशकुट भवन लिच्छवी शासन कालका भव्य दरवारहरु हुन् । यिनको भव्यताको वर्णन चीनियाँ यात्रीहरुले गरेका छन् । यसरी वास्तुकला, मुर्तिकला, चित्रकला आदि भव्य रुपमा विकास भएको देखिन्छ । सन् ८७९ मा राघवदेवको पालामा जनताको ऋण मोचन गरी शंखधर साख्वाःबाट देशको नामबाट नेपाल सम्बत् शुरु गरे ।
बाहौँ शताब्दीमा मल्लहरु शासन व्यवस्था आएको देखिन्छ । मल्ल कालमा मल्लहरुले शासन गर्न सजिलो होस् भनेर सीप भएका आर्य समुदायका मानिसहरु ल्याएका थिए । यस कालमा भाषा, कला, संस्कृति र अर्थतन्त्रको विकास उत्कर्षमा पुगेको थियो । तेह्रौँ शताब्दीमा अरनिको जस्ता महान् वास्तुकलाका कलाकार जन्माउन सफल भयो । मल्लहरु पनि भारतबाट आएका आर्यहरु नै भएका कारणले हिन्दु धर्म, संस्कृत भाषा, वर्ण व्यवस्था लागू गर्न कोशिस भयो । तर यसले पनि सफलता पाउन सकेन । जयस्थिति मल्लले वर्ण व्यवस्था एकहदसम्म लागू गरे । यद्यपि यो भारतको वर्ण व्यवस्थाभन्दा फरक ढंगले लागु भएको देखिन्छ । यहाँ शुद्र भनिएको पोडेहरुले मन्दिरको सफाइ र संरक्षण गर्ने र तिनले दिएको प्रसाद अरुले ग्रहण गर्दछन् । सुन र चाँदीका गहना बनाउने र लुगा सिउने शाक्य, बज्राचार्यहरु माथिल्लो जातका मानिन्छन् । शासकहरुको यो कदमले नेवाः जाति बीचमा अनेकता ल्याउने काम भयो । नेपाल खाल्डोमा पछि आएकाहरुलाई माथिल्लो श्रेणीमा राखेर लामो समयदेखिका यसै भूमिमा रगत पसिना बगाएकालाई तल्लो श्रेणीमा राखेर नेवाः जातिभित्रै भेदभाव र फुट पैदा गर्ने काम भयो । अरु आगन्तुकहरु जस्तै मल्ल राजाहरुले पनि यहाँको भाषा, कला, संस्कृति अपनाएर आफैलाई नेवाः जातिमा समाहित गरे र नेवाः राजा कहलिए । मल्ल कालमा नेपाल भाषामा लिखित साहित्य सिर्जना र विकास भयो । यसै कालमा नेपाल भाषाका धेरै लिपीहरु विकास भए । रञ्जना लिपी र प्रचलित लिपी अहिले पनि प्रयोगमा छन् । रञ्जना लिपीले आज पनि नेपालको लिपीको रुपमा संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गरिरहेको छ । मल्लकालसम्म विकास भएका हाम्रा भाषा, कला, संस्कृति, सम्पदा, बाजागाजा, चाडपर्व, जात्रा, खानाका परिकार, अर्थतन्त्र आदि नेवाः सभ्यताका प्रतीक हुन् र यो विश्व मै अनुपम छ ।
पृथ्वी नारायणको गोर्खा राज्य विस्तारपछि आजको नेवाः जाति
मल्लकालमा सामान्तवाद विकास भएर उत्कर्षमा पुगेको थियो । यहाँको अर्थतन्त्र व्यापारिक पुँजीको रुपमा विकास भएको थियो । सामन्तवाद उत्पादनका लागि बाधकको रुपमा देखा परेको थियो । यसले गर्दा यहाँको सामन्ती राजतन्त्र एक प्रकार कमजोर पनि हुँदै गएको थियो । नेपाल खाल्डोको वैभवता त्यति खेर अति विकसित युरोपका ग्रीक र इटालीको हाराहारी थियो । समाज प्राक पुँजीवादको दिशामा अग्रसर थियो । ठिक यति वेला गोरखाका राजा पृथ्वी नारायण शाहको व्यक्तिगत महत्वकांक्षाले लखनउबाट बन्दुक ल्याइ जनजातिहरुलाई नै प्रयोग गरी गोरखा राज्य विस्तार गर्ने क्रममा षडयन्त्रमुलक ढंगले किर्तिपुरमा चौंथो पटक राती आक्रमण गरी निशस्त्र अवस्थामा रहेका जनतामाथि विभत्स रुपमा दमन गरी जितेको र इन्द्र जात्राको दिनमा राती काठमाडौंमा आक्रमण गरी काठमाडौंलाई कब्जा गर्ने काम भयो । कविलायी अवस्थामा रहेको पृथ्वी नारायणले काठमाडौ उपत्यका जितेपछि सामन्तवादलाई जब्बरजस्ती रुपमा लाद्ने काम भयो र प्राक पुँजीवादतिर गइसकेको नेवाः समाजलाई पुनः सामन्ती सत्ताभित्र जकडेर इतिहासलाई उल्टो दिशातिर फर्काउने काम भयो । पृथ्वी नारायण शाहको यो कदम राष्ट्रिय एकीकरण होइन, गोर्खा राज्य विस्तार थियो । यसले गर्दा तत्कालिन अवस्थाका दमनले नेवाःहरु तितरवितर पार्ने काम भयो । नेवाः जातिको भूमिबाट नेवाःहरुलाई विस्थापित गरी उनका भाइभारदारहरुलाई नेवाः भूमि विर्ताको रुपमा दिने काम भयो । सुगौली सन्धीपछि देशलाई अर्ध उपनिवेश बनाउने काम भयो । राणा कालमा नेवाः व्यापारीहरुलाई विस्थापित गर्ने उद्देश्यसहित माडेहरुलाई नेपाल ल्याउन काम भयो । नेपाल भाषामा लेख्न प्रतिबन्ध लगायो ।
राणापछिका शासकहरुले पनि गोर्खा विस्तार नीतिलाई यथावत जारी राख्यो । नेवाःहरुको भूमि गुठीमा आवद्ध हुने हुँदा राज्यले जब्बरजस्ती कब्जा गरेका भूमि बाहेक अरु जमीनमाथि हस्तक्षेप गर्न सकिरहेको अवस्था थिएन । तर पंचायत कालमा गुठी संस्थान बनाएर गुठी जग्गा रैकर गरी बेचबिखन गर्न पाउने नीति बनाएर रोजगारीबाट विस्थापित नेवाःहरुलाई जमीन बेच्न बाध्य बनाइयो । सामन्ती ब्रम्हाणवादी केन्द्रीत शासनले गर्दा ०४६ सालपछि देशैभरिबाट काठमाडौं उपत्यकामा आप्रवासनको आइरो लाग्यो । ०६३ सालपछि यसको मात्रा कयौँ गुणा बढ्यो र आज उपत्यका कंक्रितको जंगलको रुपमा परिणत भएको छ । नेवाःहरु पुरै विस्थापित भएका छन् र नेवाःहरु आफ्नो आदिथलोमा अत्यन्त अल्प संख्यामा पारिएको छ । खस नेपाली भाषा अन्य जातिहरुमाथि कोचेर तिनका मातृभाषा राज्यबाटै विस्थापित गरियो । सैयौँ नेवाः बाजागाजाहरु लोप बनाइसकिएको छ । नेवाः कला, सीप, संस्कृति नामेट पारिएको छ । आज सडक विस्तार, फास्ट ट्रयाक, सुख्खा बन्दरगाह, आउटर रिङ्गरोड, स्मार्टसिटी जस्ता विकास निर्माणको नाउँमा नेवाःहरुलाई विस्थापित गरी लाखौँलाख आप्रवासन भित्रयाउने काममा प्रतिक्रियावादी सत्ता लागिपरेको छ । यहाँका सम्पदा तथा सभ्यताका प्रतीक रुपमा रहेका टोल बस्तीहरु मासिँदै गएका छन् । कमल पोखरीमाथि छायाँदेवी कम्प्लेक्स ठड्याइएको छ । मल्लकालीन तथा लिच्छवीकालीन ऐतिहासिक धरोहरहरु कंक्रिटको जंगलमा विलिन हुने अवस्थामा पु¥याइएको छ । समग्रमा भन्दा नेवाः जातिको पहिचान जीवन र मरणको दोसाँधमा पु¥याइएको छ ।
दश वर्षको महान् जनयुद्धको आदर्शलाई लात हानेर धोका र गद्दारी गरेका नेतृत्वका कारण आज गणतन्त्र आएतापनि ०७२ सालको संविधानले गर्दा उही पुराना दलाल तथा नोकरशाही र सामन्त वर्गको हातमा राज्य सत्ता रहेको र पुरानै प्रतिक्रियावादी संसदीय व्यवस्थाको निरन्तरताले आदिवासी जनजातिबाट विकास भएर मल्लकालमै राष्ट्र वा जाति बनेको एक मात्र जाति नेवाः जातिको पहिचान आफ्नै आदिथलोमा लोप हुने सबैभन्दा गंभीर स्थितिमा नेवाः जाति पुगेको छ । ब्रम्हाणवादी सत्ता र शासकका कारण लोपन्मुख नेवाः भाषा, कला, संस्कृति, सम्पदा र नेवाः जाति जुन नेपालकै गौरव हो, यसको अन्त्यले कसलाई फाइदा पुग्छ ? यसमा नेवाः सबै आदिवासी जनजाति र आम जनसमुदायले सोच्नु पर्ने वेला आएको छ । आज फेरी पहिचानको शसक्त आन्दोलन अपरिहार्य बनेको छ । यदि पहिचानको आन्दोलन सफल बनाउने हो भने हामीले पहिचानको आन्दोलनलाई नयाँ जनवादी क्रान्तिसँग जोड्नु आवश्यक छ ।