नेकपा(क्रान्तिकारी माओवादी) सिराहा जिल्लाको आयोजनामा विभिन्न कार्यक्रमहरु सम्पन्न

अभियान टोलीले ८ दिन सिराहामा कार्यक्रम सञ्चालन गर्ने ।

प्रकाशित मिति : २०७६ माघ २८

- सञ्जय सिंह


नेकपा(क्रान्तिकारी माओवादी)ले माघ १५ गते देशका चारै सहरबाट एकसाथ उद्घाटन गरेको ‘राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन विस्तार अभियान’ अहिले पूर्वको सिराहामा पनि सञ्चालन भइरहेको छ । यो अभियान सिराहा जिल्लामा माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जम्मा ८ दिन सम्म चल्ने छ । अभियान टोली सिराहामा २५ गते आइपुग्यो र ३१ गते गो. न.पा. मा सभाद्धारा उद्घाटन कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रमका प्रमुख बक्ता नेकपा(क्रान्तिकारी माओवादी)) १ र २ नं. प्रदेश इन्चार्ज प्रतिक थिए भने उद्घोषक मधेस राष्टिँय मुक्ति मोर्चा(क्रा)का सञ्जयसिंह थिए । प्रमुख बक्ताको रुपमा प्रतिकले राष्ट्रियता, जनतन्त्र र जनजीवीका लगायत एमसीसीको बारेमा व्याख्या र विश्लेष गर्दै देश अहिले दलालहरुको हातमा रहेको र तिनीहरुले एमसीसीजस्तो राष्ट्रघाती सम्झौता गर्न थालेको बताए । राती गो.न.पा. स्थित सैनिक चोकमा अन्तरक्रिया सम्पन्न गरियो ।

र माघ २६ गते विहान गो.न.पा. १मा विहान १० वजे कोणसभा सम्पन्न गरियो । त्यसपछि सिराहाको कराबजार, जिरोमाइल चोक र धनगढीमा कोणसभाहरु सम्पन्न भए । उक्त सभाको उद्घोषक एस.रोशन(सेक्रेटरी) ले गरेका थिए भने बक्ताहरुमा रमेश र आकाश थिए । उनीहरुले नेपालको नक्शा वारे र राष्ट्रियता, जनतन्त्र, जनजीवीका, भ्रष्टाचार र महंगीका विरुद्ध सभा आयोजना गरिएको र त्यसका लागि नेपाली जनता सचेत हुनु पर्ने र भारतीय अतिक्रमणका विरुद्ध एकजुट भएर संघर्षमा उत्रिनु पर्नेमा जोड दिए ।